मुख्य समाचार
रुपन्देही प्रतिनिधिसभा क्षेत्र नम्बर ३ मा २०८२ कात्तिक १७ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले निर्वाचन कार्यक्रम सार्वजनिक
रुपन्देही प्रतिनिधिसभा क्षेत्र नम्बर ३ मा २०८२ कात्तिक १७ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले निर्वाचन कार्यक्रम सार्वजनिक

— रुपन्देही प्रतिनिधिसभा क्षेत्र नम्बर ३ मा २०८२ कात्तिक १७ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ ।


आयोगका प्रवक्ता नीता पोखरेल अर्यालका अनुसार निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता असोज २१ गते बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म हुनेछ । सोही दिन बेलुका ५ देखि ७ बजेसम्म प्रारम्भिक उम्मेदवार सूची प्रकाशन गरिनेछ ।

उम्मेदवारको विरोधमा उजुरी दिने म्याद असोज २२ गते दिउँसो ३ बजेसम्म हुनेछ भने सोही उजुरीको जाँचबुझपछि असोज २३ गते बेलुका ७ बजेसम्म अन्तिम सूची प्रकाशन गरिनेछ । नाम फिर्ता असोज २४ गते दिउँसो १ बजेभित्र गर्न सकिनेछ । त्यही दिन अन्तिम उम्मेदवार सूची प्रकाशन तथा निर्वाचन चिह्न वितरण गरिनेछ । मतदान कात्तिक १७ गते बिहान ७ देखि बेलुका ५ बजेसम्म हुनेछ ।

समानुपातिक प्रणालीतर्फ बन्दसूचीमा रहेका व्यक्तिहरू उम्मेदवार बन्न नपाउने कानुनी प्रावधानबारे पनि आयोगले जानकारी गराएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उक्त क्षेत्रबाट निर्वाचित सांसद दीपक बोहराको गत चैत १९ मा निधन भएपछि उक्त क्षेत्र खालि छ । २०७९ को निर्वाचनमा बोहराले कांग्रेस नेता बालकृष्ण खाँणलाई पराजित गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— प्रचारप्रसार गर्न घरदैलो अभियान संचालनका क्रममा निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा रोल्पाबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनसँग निर्वाचन आयोगले स्पष्टीकरण मागेको छ। रोल्पास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार उम्मेदवार पुनमाथि विद्यालय परिसरमा चुनावी कार्यक्रम संचालन गरेको आरोप लागेको हो। चुनाव प्रचारप्रसार गर्न विद्यालय हाताभित्र बाजागाजा बजाएर नाचगान समेत गरेको पुनमाथि ...
— इलामको फाकफोकथुम गाउँपालिका–१ ठिङ्गेपुरमा दिदी–बहिनीबीच झगडा हुँदा बहिनीको ज्यान गएको छ । घरायसी विवादका कारण २९ वर्षीया अञ्जली चेम्जोङ राई र उनका काकाकी छोरी ३७ वर्षीया पुष्पा चेम्जोङ राईबीच झगडा हुँदा बहिनी अञ्जलीको ज्यान गएको हो । इलाका प्रहरी कार्यालय मंगलबारेका अनुसार शुक्रबार दिउँसो १ बजे दिदीबहिनीबीच झगडा भएको थियो । विवाद चर्केर कपाल लुछालुछ हुँदा ...
— प्रहरीले निर्वाचन विरोधी पोस्टर टाँस्दै गरेका एक युवकलाई वीरगन्जबाट पक्राउ गरेको छ । वीरगन्ज महानगरपालिका–१० आदर्शनगर क्षेत्रमा निर्वाचन विरोधी पोस्टर टाँसिरहेको अवस्थामा वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरी टोलीले वीरगन्ज महानगरपालिका-१६ भन्सार क्षेत्रमा बस्ने २० वर्षीय विधान पुलामी मगरलाई शुक्रबार नियन्त्रणमा लिएको हो । मगरले सार्वजनिक स्थानमा निर्वाचन विरोधी सामग्री टाँसेर वातावरण बिथोल्ने प्रयास गरेको सूचनाका ...
: नेपाली कांग्रेसले सामाजिक सञ्जालमा देखिएका प्रतिक्रियाहरू मतदानको आधार नबन्ने स्पष्ट पारेको छ। शनिबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै प्रवक्ता देवराज चालिसेले सामाजिक सञ्जालमा देखिएका प्रतिक्रिया र चुनाबी आकलनले मतदानको आधार नबन्ने र वास्तविक विश्वास मतपत्रबाट देखिने बताए। उनले जनताको निर्णय नै शासनको वैधताको आधार हो भन्ने कुरामा कांग्रेसले पूर्णतः विश्वास राख्ने धारणा राखे। प्रवक्ता ...
ओलीलाई किन दिने मत ? एमालेले अघि सार्‍यो ३५ कारण