मुख्य समाचार
एनसेलले पछिल्लो एक महिनायता सञ्चालनमा ल्याएको ‘सधैं अन करोडपति’ योजना नियामकको हस्तक्षेपपछि बन्द
एनसेलले पछिल्लो एक महिनायता सञ्चालनमा ल्याएको ‘सधैं अन करोडपति’ योजना नियामकको हस्तक्षेपपछि बन्द

— दूरसञ्चार सेवा प्रदायक एनसेलले पछिल्लो एक महिनायता सञ्चालनमा ल्याएको ‘सधैं अन करोडपति’ योजना नियामकको हस्तक्षेपपछि बन्द भएको छ । आफ्ना उत्पादन तथा योजना प्रवर्द्धन गर्न विभिन्न कम्पनीले ग्राहक योजना ल्याउने अभ्यास रहेकोमा नेपाल दूरसञ्चार प्राधिकरणले एनसेलको योजनामा अचानक हस्तक्षेप गरेको हो ।


एनसेलले प्राधिकरणलाई जानकारी दिएर नै आफ्ना ग्राहकलाई पुरस्कृत गर्ने उद्देश्यले योजना सुरु गरिएको दाबी गरेको छ । साउन १ देखि योजना बन्द गरिए पनि विजेता घोषणा भइसकेका ग्राहकलाई पुरस्कार प्रदान गर्ने प्रक्रियालाई भने निरन्तरता दिइने एनसेलले उल्लेख गरेको छ । ‘यसबाट ग्राहकवर्गमा पर्न गएको असुविधाप्रति हामी क्षमाप्रार्थी छौं,’ एनसेलले भनेको छ, ‘सञ्चालन अवधिभित्र यस योजनामा सहभागिता जनाउनु भएका ग्राहकलाई कम्पनीको प्रतिबद्धताबमोजिम विजेता घोषणा गरी पुरस्कृत गरिने व्यहोरा अनुरोध गर्दछौं ।’

नियामक प्राधिकरणले भने एनसेलको ग्राहक योजनालाई चिट्ठा कार्यक्रम भनेको छ । चिट्ठा ऐन २०२५ अनुसार यस्तो योजना बन्द गर्न निर्देशन दिइएको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले बताए ।

‘चिट्ठा ऐनले यस्ता योजना गर्न पाइँदैन भनेको छ,’ अर्यालले भने, ‘एनसेललाई हामीले बन्द गर्न भनेका हौं, किनभने यो ग्राहकको हितमा देखिएन ।’

एनसेलले करोडपति योजनाबारे जानकारी दिएको र त्यस बखत नै रोक्नुपर्नेमा ढिलाइ भएको प्राधिकरणका अधिकारी बताउँछन् । चिट्ठा खोलिसकेको विषयमा के गर्ने भन्ने विषयमा पनि प्राधिकरणले अध्ययन गरिरहेको र अबको १५/२० दिनपछि निर्णय गरिने जनाइएको छ ।

एनसेलले ‘सधैं अन करोडपति योजना’ चार साता पूर्ण रूपमा सञ्चालन गरिसकेको छ । पाँचौं साताको कार्यक्रम चलिरहेका बेला प्राधिकरणले यसलाई तत्काल बन्द गर्न निर्देशन दिएको हो । पाँचौं साताको आइतबारदेखि बुधबारसम्म टिकट जित्नेहरूलाई बिहीबार प्रत्यक्ष प्रसारण गरी विजेता घोषणा गरिएको थियो । बम्पर पुरस्कारस्वरूप १ करोड रुपैयाँका विजेतासमेत घोषणा भइसकेको छ ।

नियामकले बन्द गर्न भने पनि विजेता घोषणा भएकालाई पुरस्कार दिएर जिम्मेवार कम्पनीका रूपमा अघि बढ्ने एनसेलले सूचनामा भनेको छ । कम्पनीले हालसम्म कुल ५० जना विजेता घोषणा गरेको छ भने

तीमध्ये २४ जनाले जनही १ लाख रुपैयाँ पुरस्कार प्राप्त गरिसकेका छन् । बाँकी २६ जनाको प्रमाणीकरण प्रक्रिया जारी छ । प्रमाणीकरणमा कम्पनीले चिट्ठा नम्बरका आधारमा विजेता पहिल्याउने र उनीहरूले एनसेलको सिम लिए/नलिएको पुष्टि गरेर सम्पर्क गर्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गठन गरेको ‘टास्क फोर्स’ ले स्वास्थ्य परीक्षण गर्ने संस्था अनुगमन थालेको छ । वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण गराउँदै आएका स्वास्थ्य संस्थामा टास्क फोर्सले अनुगमन थालेको हो । स्वास्थ्य परीक्षण सम्बन्धी उजुरी आएका मेडिकलहरूमा टास्क फोर्सले अनुगमन थालेको मन्त्रालयले जनाएको छ । मन्त्रालय स्रोतका अनुसार मंगलबारसम्म १६ वटा मेडिकलमा ...
। इलाका प्रहरी कार्यालय खैरहनी, चितवनका इन्स्पेक्टर प्रदीप महत पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले इन्स्पेक्टर महतलाई पक्राउ गरिएको पुष्टि गरेको छ । चितवन प्रहरीका एक अधिकृत भन्छन्, ‘उजुरी परेपछि अनुसन्धानका लागि नियन्त्रणमा लिएका छौं ।’ जबरजस्ती करणी भएको भन्ने उजुरी प्राप्त भएपछि प्रहरीले महतलाई हिरासतमा लिएको हो । उनीमाथि बलात्कारको कसुरमा अनुसन्धान अघि बढाइएको ...
। प्रतिनिधि सभा निर्वाचन लक्षित भर्ना गरिएका निर्वाचन प्रहरीको तालिम सकिएको छ । २१ फागुनमा हुने निर्वाचनका लागि भर्ना गरिएको निर्वाचन प्रहरीको १० दिने तालिम मंगलबार सम्पन्न भएको हो । तालिम सम्पन्न भएपछि फिल्डमा उत्रने बताइएको थियो । तर बन्दोबस्तीका सामान (लौरो, सिट्टी, पोशाक, जुत्ता) हरू तयारी नभएका कारण फिल्डमा उत्रन भने केही दिन लाग्ने भएको ...
। प्रधानमन्त्री सुशीला कार्कीले आसन्न निर्वाचनलाई मुलुकमा सदाचार स्थापनाको एउटा महाअभियानका रुपमा लिनुपर्ने बताएकी छन् । अख्तियारको स्थापना दिवसका अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री कार्कीले प्रतिनिधिसभालाई स्वच्छ छवि र भ्रष्टाचारविरुद्धको स्पष्ट प्रतिबद्धता भएका जनप्रतिनिधिहरुको थलो बनाउनका लागि आसन्न निर्वाचनलाई मुलुकमा सदाचार स्थापनाको एउटा महाअभियानका रुपमा लिनुपर्ने बताएकी हुन् । उनले निर्वाचनपछि नयाँ जनादेशसहित आउने सरकारले जेनजीको ...
। राष्ट्रपति रामचन्द्र पौडेलले सुशासन र पारदर्शिता बिना लोकतन्त्रको प्रतिफल जनताका घरदैलोमा नपुग्ने बताएका छन् । बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५ को स्थापना दिवसका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले यस्तो बताएका हुन् । ‘जनताको ठुलो त्याग, बलिदान र संघर्षबाट जनता आफैँले बनाएको संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र हामीले प्राप्त गरेका छौँ,’ राष्ट्रपति पौडेलले ...