मुख्य समाचार
एनसेलले पछिल्लो एक महिनायता सञ्चालनमा ल्याएको ‘सधैं अन करोडपति’ योजना नियामकको हस्तक्षेपपछि बन्द
एनसेलले पछिल्लो एक महिनायता सञ्चालनमा ल्याएको ‘सधैं अन करोडपति’ योजना नियामकको हस्तक्षेपपछि बन्द

— दूरसञ्चार सेवा प्रदायक एनसेलले पछिल्लो एक महिनायता सञ्चालनमा ल्याएको ‘सधैं अन करोडपति’ योजना नियामकको हस्तक्षेपपछि बन्द भएको छ । आफ्ना उत्पादन तथा योजना प्रवर्द्धन गर्न विभिन्न कम्पनीले ग्राहक योजना ल्याउने अभ्यास रहेकोमा नेपाल दूरसञ्चार प्राधिकरणले एनसेलको योजनामा अचानक हस्तक्षेप गरेको हो ।


एनसेलले प्राधिकरणलाई जानकारी दिएर नै आफ्ना ग्राहकलाई पुरस्कृत गर्ने उद्देश्यले योजना सुरु गरिएको दाबी गरेको छ । साउन १ देखि योजना बन्द गरिए पनि विजेता घोषणा भइसकेका ग्राहकलाई पुरस्कार प्रदान गर्ने प्रक्रियालाई भने निरन्तरता दिइने एनसेलले उल्लेख गरेको छ । ‘यसबाट ग्राहकवर्गमा पर्न गएको असुविधाप्रति हामी क्षमाप्रार्थी छौं,’ एनसेलले भनेको छ, ‘सञ्चालन अवधिभित्र यस योजनामा सहभागिता जनाउनु भएका ग्राहकलाई कम्पनीको प्रतिबद्धताबमोजिम विजेता घोषणा गरी पुरस्कृत गरिने व्यहोरा अनुरोध गर्दछौं ।’

नियामक प्राधिकरणले भने एनसेलको ग्राहक योजनालाई चिट्ठा कार्यक्रम भनेको छ । चिट्ठा ऐन २०२५ अनुसार यस्तो योजना बन्द गर्न निर्देशन दिइएको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले बताए ।

‘चिट्ठा ऐनले यस्ता योजना गर्न पाइँदैन भनेको छ,’ अर्यालले भने, ‘एनसेललाई हामीले बन्द गर्न भनेका हौं, किनभने यो ग्राहकको हितमा देखिएन ।’

एनसेलले करोडपति योजनाबारे जानकारी दिएको र त्यस बखत नै रोक्नुपर्नेमा ढिलाइ भएको प्राधिकरणका अधिकारी बताउँछन् । चिट्ठा खोलिसकेको विषयमा के गर्ने भन्ने विषयमा पनि प्राधिकरणले अध्ययन गरिरहेको र अबको १५/२० दिनपछि निर्णय गरिने जनाइएको छ ।

एनसेलले ‘सधैं अन करोडपति योजना’ चार साता पूर्ण रूपमा सञ्चालन गरिसकेको छ । पाँचौं साताको कार्यक्रम चलिरहेका बेला प्राधिकरणले यसलाई तत्काल बन्द गर्न निर्देशन दिएको हो । पाँचौं साताको आइतबारदेखि बुधबारसम्म टिकट जित्नेहरूलाई बिहीबार प्रत्यक्ष प्रसारण गरी विजेता घोषणा गरिएको थियो । बम्पर पुरस्कारस्वरूप १ करोड रुपैयाँका विजेतासमेत घोषणा भइसकेको छ ।

नियामकले बन्द गर्न भने पनि विजेता घोषणा भएकालाई पुरस्कार दिएर जिम्मेवार कम्पनीका रूपमा अघि बढ्ने एनसेलले सूचनामा भनेको छ । कम्पनीले हालसम्म कुल ५० जना विजेता घोषणा गरेको छ भने

तीमध्ये २४ जनाले जनही १ लाख रुपैयाँ पुरस्कार प्राप्त गरिसकेका छन् । बाँकी २६ जनाको प्रमाणीकरण प्रक्रिया जारी छ । प्रमाणीकरणमा कम्पनीले चिट्ठा नम्बरका आधारमा विजेता पहिल्याउने र उनीहरूले एनसेलको सिम लिए/नलिएको पुष्टि गरेर सम्पर्क गर्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— वर्षाले दोलखाको उत्तरी क्षेत्र सुनखान–साङ्बा सडकमा क्षति गरेपछि यातायात ठप्प भएको छ । शनिबार राति परेको वर्षाले उक्त सडकखण्डअन्तर्गत कालिञ्चोक गाउँपालिका–६ मा क्षति पुर्‍याएपछि पाँच वटा वडा सडक सम्पर्कविहीन भएका छन् । कालिञ्चोक खोलामा आएको बाढीले विगु–८ र कालिञ्चोक–२ जोड्ने पैदलमार्गको ढालानको पुल बगाएको छ । त्यस्तै सोही खोलाको बाढीले ह्यामपाइप बगाउँदा सिंगटी–बाबरे सडकखण्डमा यातायात ...
— आफूहरूको माग पूरा गर्नुपर्ने माग राख्दै कारागार कार्यालय कास्कीमा कैदीले नाराबाजी गरेका छन् । कैदीले आइतबार साँझ ५ बजेदेखि नाराबाजी गरिरहेका छन् । अहिले जिल्ला प्रहरी कार्यालयका डीएसपी हरिबहादुर बस्नेत र वडा प्रहरी कार्यालय कास्कीका डीएसपी सन्तोष निरौला कारागार कार्यालयमा पुगेका छन् । अहिले कारागारमा बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ । कैदीको मागबारे केही खुलिसकेको ...
— चिलिमे जलविद्युत् कम्पनी मुख्य प्रवर्द्धक रहेको सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाट क्षमताको मध्य भोटेकोसी जलविद्युत् आयोजनाले एक महिनाभित्र परीक्षण उत्पादन गर्ने भएको छ। हाल आयोजनाअन्तर्गत सुरुङमा पानी प्रवाह गराई ‘वेट टेस्टिङ’ तथा पावर हाउसका मेसिनहरूको जाँचको काम भइरहेको छ । नेपाल विद्युत् प्राधिकरणले प्रसारण लाइन समयमै निर्माण गर्न नसकेकाले ढिलाइ भएको विद्युत् उत्पादन अब एक महिनाभित्र ...
— धानको राजधानी मानिने मधेश प्रदेशमा साउन पहिलो हप्ता लाग्दासमेत उल्लेख्य रोपाइँ हुन सकेको छैन । मधेशमा आइतबारसम्म धान फल्ने आधा क्षेत्रमा पनि रोपाइँ भएको छैन । सात प्रदेशमध्ये सबैभन्दा काम रोपाइँ मधेशमा भएको बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रले जनाएको छ । केन्द्रका अनुसार मधेशमा ३ लाख ७२ हजार ६ सय ४५ हेक्टरमा ...
— रुपन्देहीको भैरहवास्थित भन्सार कार्यालयले आर्थिक वर्ष २०८१/०८२ मा ९५ अर्ब १९ करोड ३८ लाख ९९ हजार राजस्व असुली गरेको छ । गत वर्ष साउनदेखि असार मसान्तसम्म उक्त रकम संकलन गरेको हो । उक्त असुली लक्ष्यको ८७ दशमलव ०७ प्रतिशत रहेको छ । गत आर्थिक वर्ष भन्सारले १ खर्ब ९ अर्ब ३३ करोड २२ लाख ५२ ...