मुख्य समाचार
पहिरोमा घर पुरिँदा रोल्पामा वृद्धको मृत्यु
पहिरोमा घर पुरिँदा रोल्पामा वृद्धको मृत्यु

— शनिबारदेखि सुरु भएको अविरल वर्षाका कारण पूर्वोत्तर रोल्पाको उवामा पहिरो खस्दा घरमा च्यापिएर एकजनाको ज्यान गएको छ ।


प्रहरीका अनुसार शनिबार बेलुका ६ बजेतिर थबाङ गाउँपालिका–४ उवास्थित थापाखर्कमा स्थानीय ७२ वर्षीय गोठे घर्तीमगरको घरमाथिबाट पहिरो खस्दा उनको मृत्यु भएको हो । उनको घर ढुंगा र माटोबाट बनाइएको थियो

अत्यधिक वर्षा भइरहेका बेला घरभित्र रहेका उनलाई घरसमेत बगाएर झन्डै ३० मिटर मुनि पुर्‍याएको थियो । परिवारका अन्य ५ जना भने घटना हुँदा घर बाहिर भएकाले सुरक्षित अवस्थामा भएको उक्त वडाका अध्यक्ष हिक्मतसिंह घर्तीमगरले बताए ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रोहितकुमार शाहीका अनुसार शव आइतबार दिउँसो सवा ३ बजेतिर पहिरोबाट निकालिएको हो । घटनाबारे थप अनुसन्धान गर्न थबाङस्थित इलाका प्रहरी कार्यालयका इन्चार्ज प्रहरी निरीक्षक रामु पौडेल र इलाका प्रहरी सुलिचौरका इन्चार्ज प्रहरी निरीक्षक अरुण तामाङ नेतृत्वको टोली उवातर्फ गएको छ । उक्त घटनास्थल रोल्पा सदरमुकाम लिबाङबाट झन्डै ६० मिटर उत्तरपूर्वमा पर्छ ।

घटनास्थल दुर्गममा रहेकाले शव पोस्टमार्टमका लागि अस्पताल पुर्‍याउन समस्या भएको वडाध्यक्ष घर्तीमगरले बताए । उनले जिल्लास्थित सुरक्षा अधिकारीहरुसँग समन्वय गरेर छिमेकी जिल्ला रुकुम पूर्वको अस्पतालमा लैजान सजिलो हुने भएकाले समन्वय गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— वर्षाले दोलखाको उत्तरी क्षेत्र सुनखान–साङ्बा सडकमा क्षति गरेपछि यातायात ठप्प भएको छ । शनिबार राति परेको वर्षाले उक्त सडकखण्डअन्तर्गत कालिञ्चोक गाउँपालिका–६ मा क्षति पुर्‍याएपछि पाँच वटा वडा सडक सम्पर्कविहीन भएका छन् । कालिञ्चोक खोलामा आएको बाढीले विगु–८ र कालिञ्चोक–२ जोड्ने पैदलमार्गको ढालानको पुल बगाएको छ । त्यस्तै सोही खोलाको बाढीले ह्यामपाइप बगाउँदा सिंगटी–बाबरे सडकखण्डमा यातायात ...
— आफूहरूको माग पूरा गर्नुपर्ने माग राख्दै कारागार कार्यालय कास्कीमा कैदीले नाराबाजी गरेका छन् । कैदीले आइतबार साँझ ५ बजेदेखि नाराबाजी गरिरहेका छन् । अहिले जिल्ला प्रहरी कार्यालयका डीएसपी हरिबहादुर बस्नेत र वडा प्रहरी कार्यालय कास्कीका डीएसपी सन्तोष निरौला कारागार कार्यालयमा पुगेका छन् । अहिले कारागारमा बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ । कैदीको मागबारे केही खुलिसकेको ...
— चिलिमे जलविद्युत् कम्पनी मुख्य प्रवर्द्धक रहेको सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाट क्षमताको मध्य भोटेकोसी जलविद्युत् आयोजनाले एक महिनाभित्र परीक्षण उत्पादन गर्ने भएको छ। हाल आयोजनाअन्तर्गत सुरुङमा पानी प्रवाह गराई ‘वेट टेस्टिङ’ तथा पावर हाउसका मेसिनहरूको जाँचको काम भइरहेको छ । नेपाल विद्युत् प्राधिकरणले प्रसारण लाइन समयमै निर्माण गर्न नसकेकाले ढिलाइ भएको विद्युत् उत्पादन अब एक महिनाभित्र ...
— धानको राजधानी मानिने मधेश प्रदेशमा साउन पहिलो हप्ता लाग्दासमेत उल्लेख्य रोपाइँ हुन सकेको छैन । मधेशमा आइतबारसम्म धान फल्ने आधा क्षेत्रमा पनि रोपाइँ भएको छैन । सात प्रदेशमध्ये सबैभन्दा काम रोपाइँ मधेशमा भएको बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रले जनाएको छ । केन्द्रका अनुसार मधेशमा ३ लाख ७२ हजार ६ सय ४५ हेक्टरमा ...
— रुपन्देहीको भैरहवास्थित भन्सार कार्यालयले आर्थिक वर्ष २०८१/०८२ मा ९५ अर्ब १९ करोड ३८ लाख ९९ हजार राजस्व असुली गरेको छ । गत वर्ष साउनदेखि असार मसान्तसम्म उक्त रकम संकलन गरेको हो । उक्त असुली लक्ष्यको ८७ दशमलव ०७ प्रतिशत रहेको छ । गत आर्थिक वर्ष भन्सारले १ खर्ब ९ अर्ब ३३ करोड २२ लाख ५२ ...