मुख्य समाचार
पहिरोमा घर पुरिँदा रोल्पामा वृद्धको मृत्यु
पहिरोमा घर पुरिँदा रोल्पामा वृद्धको मृत्यु

— शनिबारदेखि सुरु भएको अविरल वर्षाका कारण पूर्वोत्तर रोल्पाको उवामा पहिरो खस्दा घरमा च्यापिएर एकजनाको ज्यान गएको छ ।


प्रहरीका अनुसार शनिबार बेलुका ६ बजेतिर थबाङ गाउँपालिका–४ उवास्थित थापाखर्कमा स्थानीय ७२ वर्षीय गोठे घर्तीमगरको घरमाथिबाट पहिरो खस्दा उनको मृत्यु भएको हो । उनको घर ढुंगा र माटोबाट बनाइएको थियो

अत्यधिक वर्षा भइरहेका बेला घरभित्र रहेका उनलाई घरसमेत बगाएर झन्डै ३० मिटर मुनि पुर्‍याएको थियो । परिवारका अन्य ५ जना भने घटना हुँदा घर बाहिर भएकाले सुरक्षित अवस्थामा भएको उक्त वडाका अध्यक्ष हिक्मतसिंह घर्तीमगरले बताए ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रोहितकुमार शाहीका अनुसार शव आइतबार दिउँसो सवा ३ बजेतिर पहिरोबाट निकालिएको हो । घटनाबारे थप अनुसन्धान गर्न थबाङस्थित इलाका प्रहरी कार्यालयका इन्चार्ज प्रहरी निरीक्षक रामु पौडेल र इलाका प्रहरी सुलिचौरका इन्चार्ज प्रहरी निरीक्षक अरुण तामाङ नेतृत्वको टोली उवातर्फ गएको छ । उक्त घटनास्थल रोल्पा सदरमुकाम लिबाङबाट झन्डै ६० मिटर उत्तरपूर्वमा पर्छ ।

घटनास्थल दुर्गममा रहेकाले शव पोस्टमार्टमका लागि अस्पताल पुर्‍याउन समस्या भएको वडाध्यक्ष घर्तीमगरले बताए । उनले जिल्लास्थित सुरक्षा अधिकारीहरुसँग समन्वय गरेर छिमेकी जिल्ला रुकुम पूर्वको अस्पतालमा लैजान सजिलो हुने भएकाले समन्वय गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— गृहमन्त्री सुधन गुरुङले स्तरोन्नतिको क्रममा रहेको नागढुंगा–मुग्लिङ सडक आयोजनाको स्थलगत अनुगमन गरेका छन् । त्यस क्रममा उनले निर्माण कार्यमा ढिलासुस्ती गर्ने र गुणस्तरहीन काम गर्ने निर्माण व्यवसायीलाई कडा कारबाही गर्ने चेतावनी दिएका छन् । उनले भने, ‘काममा कुनै पनि बहानामा ढिलासुस्ती सह्य हुने छैन । यदि सम्झौताअनुसार काम भएन र गुणस्तरमा सम्झौता गरियो भने ...
— सिद्धार्थ राजमार्गअन्तर्गत सिद्धबाबा सुरुङमार्गको सम्झौता सम्पन्न मिति एक वर्षमात्रै बाँकी रहँदा ६७.२७ प्रतिशत भौतिक प्रगति भएको छ । २०८३ चैत ८ गते सम्झौता सम्पन्न मिति सकिनेछ । तर कामले भने पछिल्लो समय गति लिन सकेको छैन । सुरुङ ‘ब्रेक थ्रु’ सम्म तीव्र गतिमा काम गरेको निर्माण कम्पनी पछिल्लो समय सुस्ताएपछि कामले तीव्रता नपाएको हो ...
— पेट्रोलियम पदार्थको मुल्यवृद्धि भएपछि बागमती प्रदेश सरकारले सार्वजनिक सवारी साधनको नयाँ भाडादर लागू गरेको छ । प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले प्रदेश राजपत्रमा सूचना प्रकाशित गर्दै शनिबार (चैत २८)देखि लागू हुने गरी नयाँ भाडादर कायम गरेको हो । प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयमातहतको भाडा निर्धारण तथा समायोजन समितिको शुक्रबारको बैठकले काठमाडौं ...
: झापाको बुद्धशान्ति गाउँपालिका–३ धाईजनस्थित मेची राजमार्गमा तीन वटा मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। मृत्यु हुनेमा इलाम नगरपालिका–६ का अन्दाजी २५ वर्षीय भूपेन्द्र श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। प्रहरीका अनुसार आज अपराह्न करिब साढे ४ बजेको समयमा चारआलीबाट बुधबारेतर्फ आउँदै गरेको प्र १ ...
: दाङको तुलसीपुरमा इँट्टाभट्टाको पर्खाल भत्किँदा च्यापिएर एक मजदुरको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् । आइतबार तुलसीपुर उपमहानगरपालिका–१६, जहदागाउँस्थित सेवा इँट्टाभट्टामा काम गरिरहेका बेला अचानक पर्खाल भत्किएको हो । पर्खालले च्यापिँदा भारतको बहराइच जिल्ला सरैया निवासी ३० वर्षीय तीर्थराम पासवानको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनापछि उनलाई ...