मुख्य समाचार
गएको २४ घण्टामा सबैभन्दा बढी पानी कास्कीको लुम्लेमा (२१५.८ मिलिमिटर) परेको छ
गएको २४ घण्टामा सबैभन्दा बढी पानी कास्कीको लुम्लेमा (२१५.८ मिलिमिटर) परेको छ

— गएको २४ घण्टामा सबैभन्दा बढी पानी कास्कीको लुम्लेमा (२१५.८ मिलिमिटर) परेको छ । अहिले पनि मधेशबाहेक सबै प्रदेशका विभिन्न जिल्लामा पानी परिरहेको हुनाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।


महाशाखाका अनुसार त्रिवेणी, धनकुटामा १९५ मिलिमिटर वर्षा भएको छ । त्यस्तै माईपोखरीमा १८१.२ मिलिमिटर र मछुवाघाटमा १७३.२ मिलिमिटर वर्षा भएको छ ।

एक दिनमै १ सयदेखि २ सय मिलिमिटर पानी पर्दा त्यसलाई भारी वर्षा भन्ने गरिन्छ । त्यस्तै २४ घण्टाको अवधिमा २ सय मिलिमिटरभन्दा बढी पानी परेमा त्यसलाई अतिभारी वर्षा भनिन्छ । त्यसैगरी ५० मिलिमिटरदेखि १ सय मिलिमिटरसम्मलाई सामान्य, १० मिलिमिटरदेखि ५० मिलिमिटरसम्मलाई मध्यम र १० मिलिमिटरभन्दा कमलाई हल्का वर्षाका रूपमा वर्गीकरण गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इन्टरनेट सर्भिस प्रोभाइडर एसोसिएसन अफ नेपाल (आईएसपीएएन) ले अब सुपथ मूल्य र कम स्पिडका इन्टरनेट प्याकेजहरू उपलब्ध नगराउने घोषणा गरेको छ । संघ अध्यक्ष सुधीर पराजुलीका नामबाट आइतबार जारी विज्ञप्ति अनुसार इन्टरनेट सेवा प्रदायकले १९ असोज सोमबारदेखि लागु हुने गरी सुपथ मूल्य र कम स्पिडका इन्टनेट प्याकेज उपलब्ध नगराइने उल्लेख छ । विगतका वर्षहरूका मूल्यवृद्धि, मध्यपूर्वको ...
: च्याटजीपीटीको मातृ कम्पनी ओपनएआईले आन्तरिक नियम उल्लंघन गरेको आरोपमा आफ्ना तीन अनुसन्धानकर्तालाई बर्खास्त गरेको छ। कम्पनीका प्रवक्ताले अनुसन्धानका क्रममा ती व्यक्तिहरूले कम्पनीले तय गरेका प्रक्रियाबाहिर संवेदनशील जानकारीको दुरुपयोग गरेको, कम्पनीका नीतिहरू उल्लंघन गरेको र आफ्नो सञ्चालनका लागि आवश्यक विश्वास कमजोर बनाएको पुष्टि भएको बताएका छन्। ओपनएआईले ती अनुसन्धानकर्ताहरूले कुन जानकारी प्राप्त गरेका थिए वा त्यसको कसरी ...
। मेटाका सीईओ मार्क जुकरबर्गले आफ्ना प्रतिस्पर्धी कम्पनी एप्पलमाथि कटाक्ष गर्दै ‘म्युज चार्म’ नामको नयाँ एआई डिभाइस सार्वजनिक गरेका छन्। स्टिभ जब्सको शैलीमा आयोजित मेटाको वार्षिक ‘मेटा कनेक्ट’ सम्मेलनमा पकेट वाच आकारको यो नयाँ ग्याजेट प्रस्तुत गरिएको हो । जसले मेटाको भाइरल एआई एजेन्ट ‘म्युज’लाई भौतिक रूपमा मानिसको हातसम्म पुर्‍याउनेछ। ग्याजेटको मद्दतले प्रयोगकर्ताहरूले स्मार्टफोनका एआई एपहरू ...
। अमेरिकी एआई कम्पनीहरू एन्थ्रोपिक र ओपनएआईले मंगलबार एकै दिन नयाँ, सस्तो एआई मोडलहरू सार्वजनिक गरेका छन्। दुवै कम्पनीका कार्यकारीहरूले केही दिनअघि मात्र एआई विकासमा ढिलाइ र कडा सुरक्षा उपायको आह्वान गरेपछि नै यो मोडल सार्वजनिक गरेका हुन्। एन्थ्रोपिकले क्लड ओपस ५.५ सार्वजनिक गरेको छ, जसले कम्पनीको फ्ल्यागसिप मोडल क्लड फेबल ५.१ जस्तै पर्फमेन्स दिने र अघिल्लो ...
ओपनएआईका प्रमुख कार्यकारी अधिकृत साम अल्टम्यानले सबैभन्दा उन्नत एआईको विकास केही समयका लागि सुस्त बनाउनुपर्ने प्रस्तावलाई समर्थन गरेका छन् । साथै उनले मानवताको सुरक्षा आवश्यक परे ओपनएआईले आफ्ना सबै जीपीयू पगाल्न समेत तयार रहेको समेत बताएका हुन् । यद्यपि यो अवस्था आउने कुरा एउटा हाइपोथेसिस मात्र रहेको उनले बताएका छन् । अल्टम्यानले एन्थ्रोपिकका प्रमुख कार्यकारी अधिकृत डारियो ...