मुख्य समाचार
पुष्पकमल दाहालसँगको भेटघाटपछि कांग्रेस नेता शेखर कोइरालाले आइतबार पार्टीभित्र आफू निकटका मन्त्री र सांसदहरुसँग चरणबद्ध छलफल
पुष्पकमल दाहालसँगको भेटघाटपछि कांग्रेस नेता शेखर कोइरालाले आइतबार पार्टीभित्र आफू निकटका मन्त्री र सांसदहरुसँग चरणबद्ध छलफल

— पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, माओवादी अध्यक्ष पुष्पकमल दाहालसँगको भेटघाटपछि कांग्रेस नेता शेखर कोइरालाले आइतबार पार्टीभित्र आफू निकटका मन्त्री र सांसदहरुसँग चरणबद्ध छलफल गरेका छन् । कांग्रेस नेतृत्वमा वैकल्पिक गठबन्धन बनाउन प्रयासरत कोइरालाको पछिल्लो गतिविधिलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।


कोइरालाले बिहान अनुपम फुडल्याण्ड पार्टी प्यालेस र दिउँसो याक एण्ड यतिमा सांसदहरुसँग छलफल गरेका थिए । कोइराला निकट सांसद हृदयराम थानीका अनुसार मुलुकमा बिग्रँदो परिस्थितिका बारेमा सांसदहरुसँग सुझाव लिने काम भएको बताए ।

‘शासकीय बेथिति र भ्रष्टाचारबाट आम नागरिकमा जनआक्रोश बढिरहेको परिप्रेक्षमा पार्टी र सरकारलाई सच्चिनकै लागि दबाब दिने छलफल गरिएको हो,’ थानीले भने ।

कोइरालाले राखेको छलफलले पार्टीभित्र संसदीय दलको नेतानै फेर्ने सम्मको लक्ष्य हो कि भन्ने प्रश्नमा थानीले अहिले त्यस्तो जोखिम लिने काम नहुने बताए । ‘शेखर कोइराला अहिले त्यस्तो बाटोमा जानु हुन्न । उहाँको राजनीतिक सक्रियता मुलुकमा बिग्रँदो परिस्थितिप्रति संवदेनशील बन्न पार्टीभित्र र सरकारलाई दबाब दिनका लागि हो ।’

कोइरालाले गत बिहीबार माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई भेटेका थिए भने त्यसको भोलिपल्टै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका थिए । उनले केही दिनभित्र संसद्‌मा रहेका अन्य विपक्षी दलका नेताहरुसँग पनि भेटघाट गर्ने योजना बनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि अलपत्र पारी रुग्ण बनाइएका सिँचाइतर्फका ठेक्का तोड्न सुरु
केपी शर्मा ओलीले बैठकमा पार्टीको ११ औँ महाधिवेशन आगामी मङ्सिर २७, २८ र २९ गते गर्ने प्रस्ताव
एमाले बैठकमा ५० जनाले राखे धारणा, दिए यस्ता सुझाव
कांग्रेस कार्यसम्पादन समितिको बैठक आज, दिउँसो केन्द्रीय समितिको बैठक बस्दै
— कास्कीको मादी गाउँपालिका–११ बरालडाँडाका ७० वर्षीय चित्रबहादुर गुरुङ सुगर–प्रेसरका दीर्घरोगी हुन् । एक्कासि स्वास्थ्य बिग्रेपछि उनी ३ दिनदेखि पोखरा नयाँबजारस्थित गण्डकी मेडिकल कलेज (जीएमसी) को सघन उपचार कक्ष (आईसीयू) मा उपचाररत थिए । उनलाई उपचारका लागि मंगलबार पोखराकै अर्को अस्पताल स्थानान्तरण गरिएको छ । जीएमसीका नर्स आन्दोलित भएपछि उनलाई अर्को अस्पताल लगिएको हो । अस्पतालबाट ...