: वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी कुवेत पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका-७ बस्ने झापा शिवसताक्षी नगरपालिका-८ घर भएका ४२ वर्षीय सन्तोष सुनुवार रहेका छन्।
सन्तोष कुवेत पठाइदिन्छु भन्दै एकजना पीडितबाट १ लाख ५३ हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले उनलाई ललितपुर महालक्ष्मी नगरपालिका-७ बाट पक्राउ गरेको हो।
उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको छ।