मुख्य समाचार
एमालेको पोलिटब्युरो बैठकले विधान संशोधन प्रस्ताव पारित
एमालेको पोलिटब्युरो बैठकले विधान संशोधन प्रस्ताव पारित

: नेकपा एमालेको पोलिटब्युरो बैठकले विधान संशोधन प्रस्ताव पारित गरेको छ। ललितपुर च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा शुक्रबार र शनिबार बसेको पोलिटब्युरो बैठकले सामान्य सुझावलाई समावेश गरेर विधान संशोधन प्रस्ताव पारित गरेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।



पार्टीभित्र दुई सदस्यताको व्यवस्था गर्ने र उमेरहदको व्यवस्था खारेज गर्ने निर्णय भएको उनले बताए। उनले भने, 'विधान संशोधनसम्बन्धी प्रस्तावलाई पोलिटब्यूरो बैठकले स्वीकार गरेको छ। सामान्य सुझावलाई समावेश गर्नेगरी पारित गरेको छ। त्यसभित्रका महत्त्वपूर्ण कुरा भनेको पार्टीभित्र दुई सदस्यताको व्यवस्था र उमेरहदको व्यवस्था खारेज गर्ने कुरा हो। त्यसलाई स्वीकार गर्दै आजको बैठकद्वारा निर्णय गरेका छौँ।’



गौतमले बैठकमा ६८ जना पोलिटब्युरो सदस्यले धारणा राखेको बताए। यस्तै, जिल्ला कमिटी कार्यकारी कमिटीकै रूपमा लैजाने विधानमा सहमति भएको छ।



यसअघि बसेको एमाले सचिवालय बैठकले पार्टी अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णुप्रसाद पौडेलेको विधान संशोधन प्रतिवेदन र महासचिव शंकर पोखरेलको सांगठनिक प्रतिवेदनको प्रस्ताव पारित गरेको थियो।

एमालेको केन्द्रमा तीनवटा संरचना हुने प्रस्ताव गरिएको छ। सचिवालय बैठकले सचिवालयको व्यवस्था हटाउने भएको छ। स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी गरी तीन तह मात्रै राख्ने भएको छ। राष्ट्रिय महाधिवेशनले अध्यक्ष, उपाध्यक्ष ३, महासचिव, उपमहासचिव ३, सचिव ७ समेत केन्द्रीय कमिटीको संख्या २ सय ५१ मा झार्ने भएको छ। वरिष्ठ उपाध्यक्ष पद हटाइएको छ।

वरिष्ठ उपाध्यक्षको सट्टा पहिलो वरीयताको उपाध्यक्ष बन्ने उल्लेख गरिएको छ। पदाधिकारी १५ सदस्यीय बनाउने निर्णय पनि गरेको छ। हाल केन्द्रीय कमिटी ३०१ सदस्यीय छ भने पदाधिकारीको संख्या १९ छ। प्रदेश कमिटीका अध्यक्षहरू केन्द्रीय कमिटीका पदेन सदस्य हुनेछन्। केन्द्रीय कमिटीको निवर्तमान अध्यक्ष स्वतः वरिष्ठ नेता हुने वा अनिर्वाचित व्यक्ति कार्यकारी कमिटीको दोस्रो वरीयताका पदाधिकारी हुने लोकतान्त्रिक प्रणालीको मर्मविपरीत हुने भन्दै हटाइएको छ।

पोलिटब्युरोबाट पारित प्रस्ताव साउन ५ गते बस्ने केन्द्रीय कमिटी बैठकमा प्रस्तुत हुनेछ। एमालेको दोस्रो विधान महाधिवेशन आगामी भदौ २०, २१ र २२ ललितपुरको गोदावरीमा हुँदैछ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— वर्षाले दोलखाको उत्तरी क्षेत्र सुनखान–साङ्बा सडकमा क्षति गरेपछि यातायात ठप्प भएको छ । शनिबार राति परेको वर्षाले उक्त सडकखण्डअन्तर्गत कालिञ्चोक गाउँपालिका–६ मा क्षति पुर्‍याएपछि पाँच वटा वडा सडक सम्पर्कविहीन भएका छन् । कालिञ्चोक खोलामा आएको बाढीले विगु–८ र कालिञ्चोक–२ जोड्ने पैदलमार्गको ढालानको पुल बगाएको छ । त्यस्तै सोही खोलाको बाढीले ह्यामपाइप बगाउँदा सिंगटी–बाबरे सडकखण्डमा यातायात ...
— आफूहरूको माग पूरा गर्नुपर्ने माग राख्दै कारागार कार्यालय कास्कीमा कैदीले नाराबाजी गरेका छन् । कैदीले आइतबार साँझ ५ बजेदेखि नाराबाजी गरिरहेका छन् । अहिले जिल्ला प्रहरी कार्यालयका डीएसपी हरिबहादुर बस्नेत र वडा प्रहरी कार्यालय कास्कीका डीएसपी सन्तोष निरौला कारागार कार्यालयमा पुगेका छन् । अहिले कारागारमा बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ । कैदीको मागबारे केही खुलिसकेको ...
— चिलिमे जलविद्युत् कम्पनी मुख्य प्रवर्द्धक रहेको सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाट क्षमताको मध्य भोटेकोसी जलविद्युत् आयोजनाले एक महिनाभित्र परीक्षण उत्पादन गर्ने भएको छ। हाल आयोजनाअन्तर्गत सुरुङमा पानी प्रवाह गराई ‘वेट टेस्टिङ’ तथा पावर हाउसका मेसिनहरूको जाँचको काम भइरहेको छ । नेपाल विद्युत् प्राधिकरणले प्रसारण लाइन समयमै निर्माण गर्न नसकेकाले ढिलाइ भएको विद्युत् उत्पादन अब एक महिनाभित्र ...
— धानको राजधानी मानिने मधेश प्रदेशमा साउन पहिलो हप्ता लाग्दासमेत उल्लेख्य रोपाइँ हुन सकेको छैन । मधेशमा आइतबारसम्म धान फल्ने आधा क्षेत्रमा पनि रोपाइँ भएको छैन । सात प्रदेशमध्ये सबैभन्दा काम रोपाइँ मधेशमा भएको बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रले जनाएको छ । केन्द्रका अनुसार मधेशमा ३ लाख ७२ हजार ६ सय ४५ हेक्टरमा ...
— रुपन्देहीको भैरहवास्थित भन्सार कार्यालयले आर्थिक वर्ष २०८१/०८२ मा ९५ अर्ब १९ करोड ३८ लाख ९९ हजार राजस्व असुली गरेको छ । गत वर्ष साउनदेखि असार मसान्तसम्म उक्त रकम संकलन गरेको हो । उक्त असुली लक्ष्यको ८७ दशमलव ०७ प्रतिशत रहेको छ । गत आर्थिक वर्ष भन्सारले १ खर्ब ९ अर्ब ३३ करोड २२ लाख ५२ ...