मुख्य समाचार
विद्यादेवी भण्डारीलाई पार्टीले स्वागत गरेर अगाडि बढ्नुपर्ने बताए
विद्यादेवी भण्डारीलाई पार्टीले स्वागत गरेर अगाडि बढ्नुपर्ने बताए

। नेकपा एमालेका पोलिटब्युरो सदस्य आनन्द पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीले स्वागत गरेर अगाडि बढ्नुपर्ने बताएका छन् ।

च्यासलमा बसेको पोलिटब्युरो बैठकमा पोखरेलले पूर्वराष्ट्रपतिलाई रोक्नेगरी मनसाय बनाउन नहुने बताएका हुन् ।




‘हामी एउटा वडाध्यक्ष पार्टीमा प्रवेश गर्ने भयो भन्दा खुशी हुन्छौं, स्वागत गर्छौ’ पोखरेलले भने, ‘पूर्वराष्ट्रपति आउँछु काम गर्छु भन्दा नआउनुस् भन्न हुन्न ।’

यद्यपि यसबारे पार्टीले आवश्यक निर्णय लिनुपर्ने उनले बताए ।


‘सबै सुविधा त्यागेर आउने भनेपछि स्वागत गर्नुपर्छ । हामीले कसकसलाई त स्वागत गरेका छौं’, पोखरेलले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— वर्षाले दोलखाको उत्तरी क्षेत्र सुनखान–साङ्बा सडकमा क्षति गरेपछि यातायात ठप्प भएको छ । शनिबार राति परेको वर्षाले उक्त सडकखण्डअन्तर्गत कालिञ्चोक गाउँपालिका–६ मा क्षति पुर्‍याएपछि पाँच वटा वडा सडक सम्पर्कविहीन भएका छन् । कालिञ्चोक खोलामा आएको बाढीले विगु–८ र कालिञ्चोक–२ जोड्ने पैदलमार्गको ढालानको पुल बगाएको छ । त्यस्तै सोही खोलाको बाढीले ह्यामपाइप बगाउँदा सिंगटी–बाबरे सडकखण्डमा यातायात ...
— आफूहरूको माग पूरा गर्नुपर्ने माग राख्दै कारागार कार्यालय कास्कीमा कैदीले नाराबाजी गरेका छन् । कैदीले आइतबार साँझ ५ बजेदेखि नाराबाजी गरिरहेका छन् । अहिले जिल्ला प्रहरी कार्यालयका डीएसपी हरिबहादुर बस्नेत र वडा प्रहरी कार्यालय कास्कीका डीएसपी सन्तोष निरौला कारागार कार्यालयमा पुगेका छन् । अहिले कारागारमा बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ । कैदीको मागबारे केही खुलिसकेको ...
— चिलिमे जलविद्युत् कम्पनी मुख्य प्रवर्द्धक रहेको सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाट क्षमताको मध्य भोटेकोसी जलविद्युत् आयोजनाले एक महिनाभित्र परीक्षण उत्पादन गर्ने भएको छ। हाल आयोजनाअन्तर्गत सुरुङमा पानी प्रवाह गराई ‘वेट टेस्टिङ’ तथा पावर हाउसका मेसिनहरूको जाँचको काम भइरहेको छ । नेपाल विद्युत् प्राधिकरणले प्रसारण लाइन समयमै निर्माण गर्न नसकेकाले ढिलाइ भएको विद्युत् उत्पादन अब एक महिनाभित्र ...
— धानको राजधानी मानिने मधेश प्रदेशमा साउन पहिलो हप्ता लाग्दासमेत उल्लेख्य रोपाइँ हुन सकेको छैन । मधेशमा आइतबारसम्म धान फल्ने आधा क्षेत्रमा पनि रोपाइँ भएको छैन । सात प्रदेशमध्ये सबैभन्दा काम रोपाइँ मधेशमा भएको बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रले जनाएको छ । केन्द्रका अनुसार मधेशमा ३ लाख ७२ हजार ६ सय ४५ हेक्टरमा ...
— रुपन्देहीको भैरहवास्थित भन्सार कार्यालयले आर्थिक वर्ष २०८१/०८२ मा ९५ अर्ब १९ करोड ३८ लाख ९९ हजार राजस्व असुली गरेको छ । गत वर्ष साउनदेखि असार मसान्तसम्म उक्त रकम संकलन गरेको हो । उक्त असुली लक्ष्यको ८७ दशमलव ०७ प्रतिशत रहेको छ । गत आर्थिक वर्ष भन्सारले १ खर्ब ९ अर्ब ३३ करोड २२ लाख ५२ ...