मुख्य समाचार
नेपाली यू-२३ राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणबाट ८ खेलाडी बाहिरिए
नेपाली यू-२३ राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणबाट ८ खेलाडी बाहिरिए

। नेपाली यू-२३ राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणबाट ८ खेलाडी बाहिरिएका छन् ।

अन्तिम चरणमा ४० खेलाडी बन्द प्रशिक्षणमा थिए । त्यसबाट मुख्य प्रशिक्षक नविन न्यौपानेले खेलाडी संख्या घटाएर ३२ मा झार्दा ८ खेलाडी बाहिरिएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।




नेपाली यू-२३ टोलीले आगामी सेप्टेम्बर ३ देखि ९ सम्म ताजिकिस्तानमा आयोजना हुने एएफसी यू-२३ एसियन कप छनोट प्रतियोगितामा भाग लिनेछ । त्यसैका लागि अहिले टिम तयारीमा जुटेको हो ।

छनोटमा नेपाल समूह के मा छ । यस समूहमा ताजिकिस्तान, सिरिया र फिलिपिन्स पनि छन् ।


प्रशिक्षणमा रहेका खेलाडीहरू : अभिषेक स्याङ्तान, अभिषेक वाइबा, आयुष घलान, आयुष तिम्सिना, अमित तामाङ, अनिल बम्जन, अनिश छेत्री, एरन थापा, विवेक गुरुङ, बिशाल केसी, बिशाल नेपाली, दिपेश गुरुङ, दिपेश राई, जन्मजय धामी, जियारत सेख, कृशल मोक्तान, कृतीश रत्न छुन्जु, लाहन सुब्बा, निङ्मा लामा, निराज कार्की, निराजन धामी, पेम्बा लामा, पुजन थापा, राम थापा, रोहन खड्गी, सबिन घिमिरे, संजीव लामा, शंकर थारु, सन्तोष खत्री, सेमान्त थापा, सुजन मगर, सुमित श्रेष्ठ

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल भलिबल लिग (एनभीएल) का लागि कर्णाली शिवराजले दोस्रो विदेशी खेलाडीका रूपमा बेलारुसका आर्टसियोम कुड्रासोउलाई अनुबन्ध गरेको छ । आउटसाइड हिटर पोजिसनमा खेल्ने कुड्रासोउको आगमनसँगै कर्णाली शिवराजको आक्रमण थप बलियो हुने अपेक्षा गरिएको टोलीले जनाएको छ । यसअघि कर्णाली शिवराजले पोल्याण्डका सेटर एमिलियन स्मेटेकलाई पहिलो विदेशी खेलाडीका रूपमा अनुबन्ध गरिसकेको छ ।
: अर्जेन्टिनाका कप्तान एवं विश्वप्रसिद्ध फुटबलर लियोनल मेसीले राष्ट्रिय टिमबाट संन्यास लिने घोषणा गरेका छन्। लामो समयदेखि राष्ट्रिय टिममा बिताएको यात्रापछि मेसीले आफूले अब राष्ट्रिय टिमलाई थप दिन बाँकी नरहेको भन्दै संन्यासको निर्णय सार्वजनिक गरेका हुन्। मेसीले सामाजिक सञ्जालमार्फत भावुक वक्तव्य जारी गर्दै यो निर्णय आफ्ना लागि निकै पीडादायी भए पनि अब समय आएको महसुस गरेको ...
: एसीसी प्रिमियर कपको पहिलो खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गरेको छ। मलेसियाको वाङ्गेस्थित युकेएम वाइएसडी ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको बहराइन ३६.२ ओभरमा ८७ रन बनाउँदै अलआउट भएको हो। बहराइनले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले २१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो। नेपालको ओपनर ब्याटर अर्जुन कुमालले सर्वाधिक ३६ रन बनाए । ...
: नेपाली एकदिवसीय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले विनाशकारी बाढीबाट प्रभावितको राहतका लागि एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने घोषणा गरेका छन्। सन्दीपले नेपाल क्रिकेट संघ (क्यान) बाट प्राप्त हुने एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिने घोषणा गरेका हुन्। एसीसी प्रिमियर कपमा प्रतिस्पर्धा गर्न मलेसियामा रहेका नेपाली टोलीका कप्तान ...
। २४ पटकका ग्रान्डस्लाम विजेता नोभाक जोकोभिच २०२६ युएस ओपन टेनिसको पहिलो चरणबाटै बाहिरिएका छन् । अर्जेन्टिनाका मारियानो नवोनले पाँच सेटको रोमाञ्चक भिडन्तमा जोकोभिचलाई ७-६, ५-७, ४-६, ६-२, ६-१ ले पराजित गर्दै करियरकै सबैभन्दा ठूलो जित निकाले । न्यूयोर्कमा भएको खेलमा सुरुआती सेट जितेका नवोनविरुद्ध जोकोभिचले लगातार दोस्रो र तेस्रो सेट जित्दै पुनरागमन गरेका थिए । तर ...