मुख्य समाचार
वैदेशिक रोजगारीमा पठाइदिने भन्दै रकम ठगी गरेर वडा सदस्य फरार
वैदेशिक रोजगारीमा पठाइदिने भन्दै रकम ठगी गरेर वडा सदस्य फरार

: वैदेशिक रोजगारीमा पठाइदिने भन्दै रकम ठगी गरेर वडा सदस्य फरार भएका छन्। रामेछापको रामेछाप नगरपालिका-७ का निर्वाचित वडा सदस्य महेन्द्रबहादुर मगरले आफ्नै वडाका युवाहरूलाई ठगेर सम्पर्कविहीन बनेका हुन्।



कांग्रेसबाट निर्वाचित वडा सदस्य मगरले वडाका युवाहरूलाई आकर्षक काम र कमाई हुने भन्दै यूरोप पठाइदिने आश्वासन दिएर ठगेका हुन्। उनले धेरै युवासँग यूरोप जानका लागि भारत गएर भिसा लगाउनुपर्ने र त्यसका लागि ५० हजार लाग्ने भन्दै पैसा लिएका थिए।



पैसा र पासपोट बुझाएको १ वर्ष भइसक्दा पनि भिसा आउनु त परेको कुरा वडा सदस्य मगर नै सम्पर्क विहीन भएको अस्मिता महताराले बताइन्। ‘३ महिना भित्र भिसा आउँछ भनेर वडा सदस्य जस्तो जिम्मेवार मानिसले भनेपछि पैसा र पासपोर्ट बुझाएको तर अहिले १ वर्ष भैसक्यो,उनले भनिन्। वडा सदस्य मगर अहिले उनीहरु कसैको पनि सम्पर्कमा छैनन्। उनको मोबाइल अफ छ भने सामाजिक सञ्जाल फेसबुकको अकाउन्टसमेत डिएक्टिभेट गरेका छन्।




वडा सदस्य मगरले अरु युवाहरुलाई पनि विदेश पठाइदिन्छु भन्दै ठगी गरेको पाइएको छ। उनले आफ्नै गाउँका युवाहरूलाई समेत ठगेका छन्। रामेछाप - ७ का सागर कार्कीले पनि वडा सदस्य मगरलाई ८ महिना अघि पासपोर्ट बुझाए। कार्कीसँग भिसा लगाउन पैसा लाग्ने भन्दै मागेको भएपनि उनले दिएनन्। अहिले मगर सम्पर्कविहिन भएपछि अर्को देश जानका लागि कार्कीलाई फेरि पासपोर्ट बनाउनुपर्ने बाध्यता आइलागेको छ।
अस्मिता र सागर त वडा सदस्य मगरबाट ठगिएका प्रतिनिधि पात्र मात्रै हुन्। उनीहरू जस्ता धेरै युवाहरू ठगिएर बसेका छन्। जनप्रतिनिधि जस्तो जिम्मेवार व्यक्तिको विश्वास गरेर रकम बुझाएकाहरु अहिले तनावमा छन्। यता रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले वडा सदस्य मगरले रकम ठगी गरेको प्रमाणसहित उजुरी परे कारबाही प्रक्रिया अघि बढाइने बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी कुवेत पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका-७ बस्ने झापा शिवसताक्षी नगरपालिका-८ घर भएका ४२ वर्षीय सन्तोष सुनुवार रहेका छन्। सन्तोष कुवेत पठाइदिन्छु भन्दै एकजना पीडितबाट १ लाख ५३ हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका ...
। बुटवल-नारायणगढ सडकअन्तर्गतको दाउन्ने खण्ड एक वर्षमा ६३ पटक अवरुद्ध भएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिका–२ अन्तर्गत पर्ने दाउन्ने क्षेत्र २०८१ साउन १ गतेदेखि २०८२ असार ३२ गतेसम्म ६३ पटक अवरुद्ध भएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) का प्रमुख जनक बन्जाराका अनुसार पछिल्लो एक वर्षमा उक्त सडक पूर्ण ...
। फुटसल खेलेर आराम गरिरहँदा बेहोस भएका व्यक्ति उपचारका क्रममा निधन भएको छ । काठमाडौं महानगरपालिका–३द्द स्थित कोटेश्वर जडिबुटीस्थित फुटसलमा फुटसेल खेलेर थाकेका रेस्ट गरिरहेका थिए । सो क्रममा बेहोस भएपछि तत्काल नयाँ बानेश्वरस्थित सिभिल अस्पताल पुर्‍याइएको थियो । मृत्यु हुनेमा दोलखाको लिखु गाउँपालिका–४ घर भएका काँडाघारी बस्दै आएका २३ वर्षीय खिमराज वली रहेका छन् ।
: काठमाडौं महानगरपालिका-१३ ताहाचल डेरा गरी बस्ने सर्लाहीको लालबन्दी नगरपालिका-११ घर भएका ३२ वर्षीय बिम्मा छिरिङ दोर्जे लामाको कोठाबाट जुवातास खेलिरहेको अवस्थामा ५ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ। प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ३५ हजार ३ सय रुपैयाँ र २४ बुक ताससहित पक्राउ गरेको हो। यसैगरी काठमाडौं महानगरपालिका-३१ भुपिशेरचन ...
। भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नेपालका पुलका डिजाइनहरू फेल भइरहेको बताएका छन् । शनिबार ललितपुरमा ६३ औं इन्जिनियर्स डेको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । आफूले फेल भएका पुलका डिजाइनहरूको रिपोर्ट निकाल्न सडक विभागका महानिर्देशकलाई निर्देशन दिइसकेको बताए । किन पुलका डिजाइनहरू फेल भए भन्नेकुरा खोज्न र आगामी दिनमा सच्याउन जरुरी ...