मुख्य समाचार
तोडफोड र कुटपिट गरेको भन्दै प्रहरीले दुई जनालाई प्रहरीले पक्राउ
तोडफोड र कुटपिट गरेको भन्दै प्रहरीले दुई जनालाई प्रहरीले पक्राउ

: तोडफोड र कुटपिट गरेको भन्दै प्रहरीले बिरुवा र हरिनास गाउँपालिकाका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। बिरुवा गाउँपालिकाका २७ वर्षीया बिक्रम राना र हरिनास गाउँपालिकाका २१ वर्षीय सविन भन्ने योगेन्द्र मानन्धरलाई कास्कीबाट पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाइएको प्रशन्नराज चौधरीले जानकारी दिए।



उनीहरूले दुवै जनामाथि असार १० गतेका दिन हरिनास गाउँपालिका -१ मा लेगौडा - विरुवा सडकमा गुडिरहेको बोलेरो जीप रोकी २ जना यात्रुलाई कुटपिट गर्नुका साथै जीप समेत तोडफोड गरेका थिए।



त्यसपश्चात उनीहरु फरार रहेका थिए। उनीहरू दुबैलाई अभद्र व्यवहार मुद्दामा ७ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको प्रहरीको भनाई छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। संघीय खानेपानी मन्त्री प्रदीप यादवले नेपालमा रहेका कुनै पनि समुदाय विकासको मूलधारबाट पछाडि नपरोस् भन्ने सरकारको स्पष्ट एवं प्रमुख उद्देश्य रहेको बताएका छन् । सुनसरीस्थित ‘झुम्का सहरी खानेपानी तथा सरसफाइ आयोजना’ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री यादवले सरकारको प्रयास, खानेपानी क्षेत्रलाई सामाजिक न्याय र समावेशी विकाससँग जोड्दै सबै समुदायलाई समान रूपमा सेवा पुर्‍याउने दिशामा ...
वर्षमानको आरोप- आरजु र जयवीर देखाएर ओलीले कांग्रेस तर्साइरहेका छन्
। काभ्रेको भुम्लु गाउँपालिका–८ पौवास्थित भित्री सडक खण्डमा यात्रुबाहक बस दुर्घटनामा परेको छ । शनिबार दिउँसो भएको उक्त दुर्घटना ब्रेक फेल भएर भएको बताइएको छ । यद्यपि घटनाबारे थप अनुसन्धान जारी छ । रामेछापको डोरखानीबाट काठमाडौंतर्फ जाँदै गरेको बा ३ ख ८४०८ नम्बरको बस दुर्घटनामा परेको हो । बस सडकको भित्तामा ठोक्किएर दुर्घटनामा परेको थियो । बसमा सवार ...
। उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले पार्टीका नेता कार्यकर्ताहरूले आफूलाई अबको पार्टी सभापतिका रुपमा हेर्न चाहेको बताएका छन् । शनिबार राष्ट्रिय समाचार समिति (रासस) सँगको संवादका क्रममा सिंहले आफू सभापति र प्रधानमन्त्रीबाहेक सबै पदमा रहिसकेको दृष्टान्त सुनाउँदै सभापतिको स्वभाविक दाबेदार रहने बताएका हुन् । आफू सामान्य कार्यकर्ता हुँदै काम गर्दै आएको, सभापतिमा पनि एक पटक ...
: नेकपा एमालेको पोलिटब्युरो बैठक दोस्रो दिन पनि जारी छ। ललितपुर च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकमा विधान महाधिवेशनमा प्रस्तुत गरिने प्रतिवेदनका सम्बन्धमा छलफल भइरहेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए। एमालेको विधान महाधिवेशनको पूर्वतयारीका क्रममा बिहीबार बसेको सचिवालय बैठकले पार्टी अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन, ...