मुख्य समाचार
(रास्वपा)सांसद मनिष झाले रास्वपा प्रदेश सभा खारेज गर्ने पक्षमा रहेको बताए
(रास्वपा)सांसद मनिष झाले रास्वपा प्रदेश सभा खारेज गर्ने पक्षमा रहेको बताए

। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सांसद मनिष झाले रास्वपा प्रदेश सभा खारेज गर्ने पक्षमा रहेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले प्रदेश रहने तर प्रदेश सभा खारेज गर्ने रास्वपाको नीति रहेको बताए ।

प्रदेश सभामा पुग्ने प्रदेशको स्थानीय तह बनाउने गरी आफूहरू अघि बढिरहेको बताउँदै उनले पालिकाहरूको प्रतिनिधि पुगेर प्रदेश सभा गर्ने व्यवस्था हुनुपर्ने आफूहरूको तयारी रहेको उनले बताए ।




‘हामी २१ वटा मन्त्रालयबाट १५ मा झार्न चाहन्छौँ । प्रदेश रहन्छ, प्रदेश सभा खारेज गर्न चाहन्छौँ । त्यो प्रदेशको सभामा पुग्ने त्यही प्रदेशको स्थानीय तह । पालिकाहरूको प्रतिनिधि पुगेर सभा गर्दछ,’ सांसद झाले भने ।

पार्टीका प्रवक्ता समेत रहेका सांसद झाले रास्वपाले संघमा २१ वटा मन्त्रालयबाट १५ मा झार्ने योजनाअनुसार आफ्नो नीति अघि बढाइरहेको पनि उनले जानकारी गराए ।


‘प्रदेश र स्थानीयको तादम्यता एक अर्काको कोर्डिनेशन झनै प्रभावकारी हुन्छ । अहिले त एक अर्काले चिन्ने, बुझ्नै चाहँदैन । यसरी हामीले हाम्रो योजना र नीतिहरुको व्याख्या गर्न सक्नुपर्छ,’ सांसद झाले भनेका छन्, ‘हामी कहाँ खर्च कटौती गर्दछौँ, लगभग ११२ वटा आयोग, नियोगहरू छ । त्यो विभिन्न कालखण्डमा बनाइएको थियो, अहिले पनि त्यसको गाडी चल्ने, पदाधिकारी, कर्मचारी, अफिस खर्च छ । तर त्यसको काम छैन । ११२ वटा बन्द गरिदिने बित्तिकै हाम्रो वार्षिक दुई चार अर्ब बचिहाल्छ ।’

सांसद झाले नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरूको आफ्नो योजना, सिद्धान्त, रणनीति केही नरहेको र रास्वपाका नेताहरूको जवाफ दिएर बस्ने काम गरिरहेको आरोप पनि लगाए ।

सत्तापक्षाले संसद्मा प्रतिपक्षको खण्डन नगर्ने भन्दै अब सत्तापक्षलाई संसदीय अभ्यास रास्वपाले सिकाउने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। संघीय खानेपानी मन्त्री प्रदीप यादवले नेपालमा रहेका कुनै पनि समुदाय विकासको मूलधारबाट पछाडि नपरोस् भन्ने सरकारको स्पष्ट एवं प्रमुख उद्देश्य रहेको बताएका छन् । सुनसरीस्थित ‘झुम्का सहरी खानेपानी तथा सरसफाइ आयोजना’ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री यादवले सरकारको प्रयास, खानेपानी क्षेत्रलाई सामाजिक न्याय र समावेशी विकाससँग जोड्दै सबै समुदायलाई समान रूपमा सेवा पुर्‍याउने दिशामा ...
वर्षमानको आरोप- आरजु र जयवीर देखाएर ओलीले कांग्रेस तर्साइरहेका छन्
। काभ्रेको भुम्लु गाउँपालिका–८ पौवास्थित भित्री सडक खण्डमा यात्रुबाहक बस दुर्घटनामा परेको छ । शनिबार दिउँसो भएको उक्त दुर्घटना ब्रेक फेल भएर भएको बताइएको छ । यद्यपि घटनाबारे थप अनुसन्धान जारी छ । रामेछापको डोरखानीबाट काठमाडौंतर्फ जाँदै गरेको बा ३ ख ८४०८ नम्बरको बस दुर्घटनामा परेको हो । बस सडकको भित्तामा ठोक्किएर दुर्घटनामा परेको थियो । बसमा सवार ...
: तोडफोड र कुटपिट गरेको भन्दै प्रहरीले बिरुवा र हरिनास गाउँपालिकाका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। बिरुवा गाउँपालिकाका २७ वर्षीया बिक्रम राना र हरिनास गाउँपालिकाका २१ वर्षीय सविन भन्ने योगेन्द्र मानन्धरलाई कास्कीबाट पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाइएको प्रशन्नराज चौधरीले जानकारी दिए। उनीहरूले दुवै जनामाथि असार १० गतेका दिन हरिनास गाउँपालिका ...
। उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले पार्टीका नेता कार्यकर्ताहरूले आफूलाई अबको पार्टी सभापतिका रुपमा हेर्न चाहेको बताएका छन् । शनिबार राष्ट्रिय समाचार समिति (रासस) सँगको संवादका क्रममा सिंहले आफू सभापति र प्रधानमन्त्रीबाहेक सबै पदमा रहिसकेको दृष्टान्त सुनाउँदै सभापतिको स्वभाविक दाबेदार रहने बताएका हुन् । आफू सामान्य कार्यकर्ता हुँदै काम गर्दै आएको, सभापतिमा पनि एक पटक ...