मुख्य समाचार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्रिक्स देशमाथि १० प्रतिशत भन्सार लगाउने आफ्नो चेतावनी दोहोर्‍याए
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्रिक्स देशमाथि १० प्रतिशत भन्सार लगाउने आफ्नो चेतावनी दोहोर्‍याए

: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्रिक्स देशमाथि १० प्रतिशत भन्सार लगाउने आफ्नो चेतावनी दोहोर्‍याएका छन्।



डोनाल्ड ट्रम्पले भने,‘जब मैले ६ ब्रिक्स देशबारे सुनेँ, उनीहरूले ठुलो क्षति बेहोरेका छन्। यदि उनीहरू अगाडि बढे भने चाँडै नै समाप्त हुनेछन्।’



ट्रम्पले यो भन्दै गर्दा कुनै पनि देशको नाम लिएनन्। ट्रम्पले भने, ‘हामी कुनै पनि देशलाई हामीसँग खेल खेल्न दिने छैनौँ।’



ट्रम्प र ब्रिक्स देशबीचको विवाद यसै महिना सुरु भएको थियो।

ब्रिक्स देशहरूको १७ औँ शिखर सम्मेलन यस महिनाको सुरुमा रियो दि जेनेरियोमा आयोजना भएको थियो।

ब्रिक्स रियो घोषणापत्रमा विश्वव्यापी शासन सुधार र अन्तर्राष्ट्रिय स्थिरताबारे कुरा गरिएको थियो। यस्तै एकपक्षीय भन्सार र गैर–भन्सार जस्ता मुद्दामा पनि छलफल गरिएको थियो।

यस वर्षको सुरुमा दोस्रो पटक अमेरिकी राष्ट्रपति बनेपछि डोनाल्ड ट्रम्पले कर युद्ध सुरु गरेका थिए।

ब्रिक्स रियो घोषणापत्र पछि राष्ट्रपति ट्रम्पले भने, ‘ब्रिक्सको अमेरिका विरोधी नीतिहरूसँग मिल्ने कुनै पनि देशलाई थप १० प्रतिशत भन्सार शुल्क लाग्नेछ। यस नीतिमा कुनै छुट हुनेछैन। यस विषयमा तपाईंको ध्यानाकर्षणका लागि धन्यवाद।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। युक्रेनले पश्चिमा सहयोगीहरूबाट दृढ सुरक्षा ग्यारेन्टी प्राप्त गरेमा नाटोमा सामेल हुने आफ्नो लामो समय देखिको लक्ष्य त्याग्न सक्ने इच्छा राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बर्लिनमा अमेरिकी दूत र युरोपेली साझेदारहरूसँगको प्रमुख बैठक अघि व्यक्त गरेका छन् । वर्षौं देखि नेटो सदस्यतालाई भविष्यको रूसी आक्रमण विरुद्ध बलियो सुरक्षाको रूपमा अगाडि बढाउने सोच गरेको युक्रेनले यसको सट्टा, संयुक्त राज्य ...
। करोना संक्रमण फैलिएको बेला बन्द गरिएको नाका अहिलेसम्म नखोलिएको भन्दै रौतहटका एक व्यक्ति आमरण अनशन बसेका छन् । रौतहटको परोहा नगरपालिका–९ रामपुर खापमा रहेको छोटी भन्सार कार्यालय खुलाउन सिमाना संघर्ष समितिका अध्यक्ष तजमुल हक (पूर्व शिक्षक) आइतबार दिउँसो ३ बजेदेखि आमरण अनशन बसेका हुन् । कोरोना संक्रमण अघिसम्म खुल्ला रहेको रामपुर खाप सीमाबाट चारपांग्रे सवारी साधन ...
काठमाडौंमा जारी नेकपा एमालेको एघारौं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि हुने मतदान पूर्वनिर्धारित समयभन्दा ढिलो हुने
। चीनको १२औँ राष्ट्रिय अपाङ्गता खेलकुद प्रतियोगिता र ९औँ राष्ट्रिय विशेष ओलम्पिक खेलकुद प्रतियोगितामा प्रविधिले अपाङ्गता भएका खेलाडी र सहभागीहरूको लागि अभूतपूर्व सहयोग पुर्‍याइरहेको छ । यी प्रतियोगिता हाल गुआङ्ग्डोङ, हङकङ र माकाओमा आयोजना भइरहेका छन् । कुल सात हजार ८२४ खेलाडीहरू ३४ टिमबाट सहभागी भएका छन् । मुख्य प्रतिस्पर्धा मङ्गलबारबाट सुरु भएको हो, र यो ...
— अस्ट्रेलियाको बोन्डाई तटमा भएको आक्रमणका दौरान आक्रमणकारीसँग बन्दूक खोसेर सर्वसाधारणको ज्यान जोगाउन महत्वपूर्ण भूमिका खेल्ने व्यक्ति ४३ वर्षका अहमद अल अहमद रहेको खुलेको छ । उनी अहिले अस्पतालमा उपचार गराइरहेका छन् । सिरियाली मुलका अहमदको हात र पाखुरामा गोली लागेको छ । उनी अहिले अस्पतालमा छन् ।शल्यक्रिया सफलतापूर्वक सम्पन्‍न भएको छ । अहमद फलफूल पसले ...