मुख्य समाचार
ट्रम्पले मे महिनामा भारत र पाकिस्तानबीच भएको द्वन्द्वमा पाँच लडाकु विमान खसालिएको दाबी
ट्रम्पले मे महिनामा भारत र पाकिस्तानबीच भएको द्वन्द्वमा पाँच लडाकु विमान खसालिएको दाबी

: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मे महिनामा भारत र पाकिस्तानबीच भएको द्वन्द्वमा पाँच लडाकु विमान खसालिएको दाबी गरेका छन्। शुक्रबार राति ह्वाइट हाउसमा रिपब्लिकन सांसदहरूसँगको रात्रिभोजको क्रममा उनले कुन देशका कति लडाकु विमान क्षतिग्रस्त भए भन्ने कुरा भनेनन्।



यसअघि पाकिस्तानले पनि भारतका पाँच लडाकु विमान खसालेको दाबी गरेको थियो। यद्यपि, भारतले सधैँ यी दाबीलाई अस्वीकार गर्दै आएको छ।



यसबाहेक ट्रम्पले भारत र पाकिस्तानबीच युद्धविरामको दाबी पनि गर्दै आएका छन्।


ट्रम्पले भारत र पाकिस्तानसँग व्यापार बन्द गर्ने धम्की दिएको समेत बताएका थिए। त्यसपछि दुवै देश युद्धविराममा सहमत भएको उनको भनाइ छ।

मे महिनामा भारत र पाकिस्तानबीचको सैन्य द्वन्द्वको समयमा अमेरिकी उपराष्ट्रपति जेडी भान्सले प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुरा गरेका थिए।
अमेरिकाले यो वार्तालापलाई युद्धविरामको रूपमा प्रस्तुत गरेको थियो। ट्रम्पले सामाजिक सञ्जालमा युद्धविरामको घोषणा गरेका थिए।

ट्रम्पले के भने ?

ट्रम्पले अमेरिकाले धेरै युद्ध रोकेको र ती सबै गम्भीर युद्ध भएको बताए । उनले भने, ‘भारत र पाकिस्तानबीच पनि त्यस्तै भइरहेको थियो। त्यहाँ विमानहरू खसालिएका थिए। मलाई लाग्छ वास्तवमा पाँचवटा जेट खसालिएका थिए। दुवै आणविक हतियार सम्पन्न देश हुन् र एकअर्कामाथि आक्रमण गरिरहेका थिए।’

उनले थप भने,‘यो युद्धको नयाँ तरिका जस्तो देखिन्छ। हामीले हालसालै इरानलाई के गर्‍यौँ भनेर तपाईंले देख्नुभयो। हामीले उनीहरूको आणविक क्षमतालाई पूर्ण रूपमा नष्ट गर्‍यौँ।’

ट्रम्पले भारत र पाकिस्तानबीचको द्वन्द्व बढ्दै गइरहेको र यसलाई व्यापार मार्फत समाधान गरेको बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फासीवाद विरोधी समूह एन्टिफा (फासीवाद विरोधी)लाई आतंकवादी संगठन घोषणा गरेका छन्। एन्टिफाका सदस्य वा यस विचारधारासँग सम्बन्धित व्यक्तिहरूले नव–नाजीवाद, नव–फासीवाद, गोरा सर्वोच्चतावाद र जातीय भेदभाव जस्ता रूढिवादी अति दक्षिणपन्थी विचारधाराविरुद्ध आवाज उठाउँदै आएका छन्। ट्रम्पले सामाजिक सञ्जालमा पोस्ट गर्दै भने,ʻम एक खतरनाक र कट्टरपन्थी वामपन्थी संगठन एन्टिफालाई एक प्रमुख आतंकवादी संगठनको रूपमा ...
: गाजा शहरबाट प्यालेस्टिनीहरूको पलायन जारी छ। एक दिनअघि इजरायलले गाजा सहर कब्जा गर्ने उद्देश्यले आक्रमण सुरु गरेको घोषणा गरेपछि हजारौँ प्यालेस्टिनीहरूले सहर छोड्न थालेका छन्। रातभर बमबारीका बीचमा गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले तीन अलग–अलग आक्रमणमा बाल अस्पताललाई लक्षित गरिएको बताएको छ। मन्त्रालयका अनुसार अस्पतालका आधा बिरामी र उनीहरूका परिवार भाग्न बाध्य भएका ...
: भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको जन्मदिनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फोन गरेर शुभकामना दिएका छन्। भारतीय प्रधानमन्त्री मोदीलाई फोनबाट शुभकामना दिएको ट्र्म्पले जानकारी दिएका छन्। उनले सोही क्रममा रुस र युक्रेन युद्धबारे पनि आफूहरूबिच छलफल भएको बताएका छन्। ट्रम्पले ट्रुथ सोसलमा पोस्ट गर्दै भनेका छन्,'मेरो साथी प्रधानमन्त्री नरेन्द्र मोदीसँग फोनमा धेरै राम्रो कुराकानी भयो। मैले ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सम्पत्तिबारे अष्ट्रेलियाका पत्रकारले सोधेको प्रश्नको कडा जफा दिएका छन्। एक अष्ट्रेलियाका पत्रकारले राष्ट्रपति ट्रम्पलाई राष्ट्रपतिको कार्यकाल सुरू भएदेखि तपाईं कति धनी भन्दै प्रश्न गरेका थिए। त्यसको जवाफमा ट्रम्पले प्रश्नले नै अष्ट्रेलियालाई ठूलो चोट पु्र्‍याएको प्रतिक्रिया दिएका छन्। उनले भने,'मेरो विचारमा तपाईं अहिले अष्ट्रेलियालाई धेरै क्षति पुर्‍याइरहनु भएको छ।' अष्ट्रेलियाका ब्रोडकास्टिङ ...
: अमेरिकी सेनाले अन्तर्राष्ट्रिय पानी सीमामा भेनेजु्एलाको लागुऔषध बोकेको डुंगामा आक्रमण गरी ध्वस्त बनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकातर्फ गइरहेको उक्त डुंगा आक्रमण गरी ध्वस्त बनाएको बताएका छन्। ट्रमका अनुसार उक्त घटनामा तीनजनाको मृत्यु भएको छ। उनले यो कारवाही 'हिंसक लागुऔषध तस्करी गिरोह'विरुद्ध भएको दावी गरेका छन्। यद्दपि उनले डुंगामा लागुऔषध रहेको कुनै प्रमाण दिएका ...