मुख्य समाचार
मुस्ताङको मार्चे लेकमा याक र चौँरीको आलो रगत खाने मेला सुरु
मुस्ताङको मार्चे लेकमा याक र चौँरीको आलो रगत खाने मेला सुरु

। मुस्ताङको थासाङ गाउँपालिका स्थित थाक सातसय क्षेत्रको सामुहिक चरनक्षेत्र मार्चे लेकमा याक र चौँरीको आलो रगत खाने मेला सुरु भएको छ । मार्चे याक नाक कृषक समुहले बिहीबारदेखि मेला आयोजना गरेको हो ।

हिमाली तथा उच्चपहाडी जिल्लाहरुमा जिउँदो याक र चौँरीको रगत खाने मेला सदियौँदेखि परम्पराको रुपमा छ । प्राकृतिक उपचार पद्दति मध्येको एक मानिने चौरीको आलो रगत खाँदा मानिसको पेट सम्बन्धी सम्पूर्ण रोग निको हुने जनविश्वास छ ।




समूद्री सतहदेखि करिब चार हजार मिटर उचाईमा अवस्थित प्राकृतिक सौन्दर्यताले भरिपूर्ण मार्चे लेकमा मार्चे याक नाक कृषक समुहका १० वटा गोठ रहेको समुहका सदस्य सोजन हिराचनले जानकारी दिए ।

हिउँदमा बेंसी र गर्मीयाममा मार्चे लेक पु-याएर याक र चौँरी पालन गर्ने प्रचलन छ । मार्चे लेकमा १० घरको करिब ८०० बढी याक तथा चौंरी छन् । यहाँ थाक सात सय क्षेत्र अन्तर्गत सौरु, सिर्खुम, लार्जुङ, नाउरिकोट र ताक्लुङलगायतका याक र चौँरी कृषकहरुको गोठ रहेका छन् ।


यो लेक निलगिरी हिमालको फेंदैमा अवस्थित छ । रमणीय मार्चे बुगिनमा बर्सेनि साउन महिनामा आलो रगत पिउने मेला लाग्छ । हिउँदयाममा भने बेंसी सारिएका याक र चौँरी उच्चलेकमा सार्नु अघि वैशाखमा थासाङको घट्टे खोलामा आलो रगत पिउने मेला लाग्ने गर्छ ।

बर्खायाममा उच्चलेकको चरनक्षेत्रमा पर्याप्त हरियो घाँस पलाउने र उच्चलेकका याक तथा चौँरीले प्राकृतिक जडिबुटी सेवन गर्ने भएकाले रगत स्वास्थ्यवद्र्धक मानिन्छ । याक तथा चौँरीले यार्सागुम्बा, पाँच औले, निरमसी, जटामसी, सतुवा ,चिची, भोलु चिया, कुरिलो, तोरा चिची, जिम्बु र बन लसुनलगायत वनस्पति खाने भएकाले याक र चौँरीको शरीरको रगतले ग्याष्ट्रिक, गानोगोला, दम, उच्च रक्तचाप, चिनि रोग र यौन शक्तिको क्षमतामा ह्रास देखिने समस्या समाधान गर्ने स्थानीय बताउँछन् । यसरी मेलामा रगत पिउनका लागि उल्लेख्य सङ्ख्यामा मानिसहरु आउने गरेको समुहका सदस्य सोजन हिराचनले बताउनुभयो ।

मार्चे बुगिन लेकमा दश दिनसम्म सो मेला सञ्चालन हुने जनाइएको छ । मेला सञ्चालन पूर्व गत बुधबार मार्चे लेकमा सामुहिक गोठ पुजा गरिएको मार्चे याक नाक कृषक समुहका अध्यक्ष बुद्ध गौचनले जानकारी दिए ।

यसवर्ष याक र चौँरीको आलो रगत प्रति गिलास २५० रुपैयाँमा बिक्री गरिएको छ । ‘यसवर्ष पनि विगतकाझैँ चौँरीको रगत पिउने मेलाको सबै व्यवस्थापन गरिसकेका छौँ, आ-आफ्ना गोठहरुमा टहरा बनाएर होटल पनि चलाएका छौँ,’ अध्यक्ष गौचनले भने, ‘करिब तीन सय भन्दा बढी सर्वसाधारणको उपस्थिति हुने अनुमान गरिएको छ।’

मार्चे लेक पुग्न बेनी—जोमसोम मुख्य राजमार्गदेखि कालीगण्डकी पूर्व करिब तीनदेखि पाँच घण्टाको उकालो यात्रा गर्नुपर्छ । यहाँ सौरु र चिमाङबाट पनि आइपुग्न सकिने दुई वटा गोरेटो छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। संघीय खानेपानी मन्त्री प्रदीप यादवले नेपालमा रहेका कुनै पनि समुदाय विकासको मूलधारबाट पछाडि नपरोस् भन्ने सरकारको स्पष्ट एवं प्रमुख उद्देश्य रहेको बताएका छन् । सुनसरीस्थित ‘झुम्का सहरी खानेपानी तथा सरसफाइ आयोजना’ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री यादवले सरकारको प्रयास, खानेपानी क्षेत्रलाई सामाजिक न्याय र समावेशी विकाससँग जोड्दै सबै समुदायलाई समान रूपमा सेवा पुर्‍याउने दिशामा ...
वर्षमानको आरोप- आरजु र जयवीर देखाएर ओलीले कांग्रेस तर्साइरहेका छन्
। काभ्रेको भुम्लु गाउँपालिका–८ पौवास्थित भित्री सडक खण्डमा यात्रुबाहक बस दुर्घटनामा परेको छ । शनिबार दिउँसो भएको उक्त दुर्घटना ब्रेक फेल भएर भएको बताइएको छ । यद्यपि घटनाबारे थप अनुसन्धान जारी छ । रामेछापको डोरखानीबाट काठमाडौंतर्फ जाँदै गरेको बा ३ ख ८४०८ नम्बरको बस दुर्घटनामा परेको हो । बस सडकको भित्तामा ठोक्किएर दुर्घटनामा परेको थियो । बसमा सवार ...
: तोडफोड र कुटपिट गरेको भन्दै प्रहरीले बिरुवा र हरिनास गाउँपालिकाका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। बिरुवा गाउँपालिकाका २७ वर्षीया बिक्रम राना र हरिनास गाउँपालिकाका २१ वर्षीय सविन भन्ने योगेन्द्र मानन्धरलाई कास्कीबाट पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाइएको प्रशन्नराज चौधरीले जानकारी दिए। उनीहरूले दुवै जनामाथि असार १० गतेका दिन हरिनास गाउँपालिका ...
। उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले पार्टीका नेता कार्यकर्ताहरूले आफूलाई अबको पार्टी सभापतिका रुपमा हेर्न चाहेको बताएका छन् । शनिबार राष्ट्रिय समाचार समिति (रासस) सँगको संवादका क्रममा सिंहले आफू सभापति र प्रधानमन्त्रीबाहेक सबै पदमा रहिसकेको दृष्टान्त सुनाउँदै सभापतिको स्वभाविक दाबेदार रहने बताएका हुन् । आफू सामान्य कार्यकर्ता हुँदै काम गर्दै आएको, सभापतिमा पनि एक पटक ...