मुख्य समाचार
धरानको खानेपानीसम्बन्धी समस्या दीर्घकालीन रूपमा समाधान गर्न सबै सरोकार भएका निकाय तथा स्थानीयबीच समन्वय र सहकार्य अपरिहार्य रहेको बताए
धरानको खानेपानीसम्बन्धी समस्या दीर्घकालीन रूपमा समाधान गर्न सबै सरोकार भएका निकाय तथा स्थानीयबीच समन्वय र सहकार्य अपरिहार्य रहेको बताए

। खानेपानीमन्त्री प्रदीप यादवले धरानको खानेपानीसम्बन्धी समस्या दीर्घकालीन रूपमा समाधान गर्न सबै सरोकार भएका निकाय तथा स्थानीयबीच समन्वय र सहकार्य अपरिहार्य रहेको बताएका छन् ।

शुक्रबार धरानमा सुनसरी उद्योग वाणिज्य संघले यहाँ आयोजना गरेको भेटघाट कार्यक्रममा उनले धरानको खानेपानीसम्बन्धी समस्याको दीर्घकालीन समाधानका लागि सबै तहका सरकार, सरोकार भएका निकाय तथा स्थानीय बासिन्दाबीच हातेमालो आवश्यक रहेकामा जोड दिए ।




मन्त्री यादवले आफू राजनीति गर्न मात्र नभई विद्यमान समस्याको समाधान खोज्न आएकाले सहकार्यमार्फत विकल्प खोजिने स्पष्ट पारे । खानेपानीसम्बन्धी समस्या समाधानका लागि तत्काल छलफल गरी विकल्पसहित सहकार्य अपरिहार्य रहेको उनले खाँचो औंल्याए ।

‘प्रधानमन्त्री स्वयंले धरानको समस्या समाधान गर्न मलाई पटकपटक निर्देशन दिनुभएको छ । तर यहाँ छलफल गर्न आएको बेलामा धरान नगरप्रमुखले समय दिनुभएन, यो दु:खद् हो’, उनले भने ।


मन्त्री यादवका अनुसार संघीय सरकारले धरानको खानेपानी समस्या समाधानका लागि चालु आर्थिक वर्षमा चार करोड बजेट विनियोजन गरिसकेको छ ।

‘धरान नगरपालिकाले उक्त बजेट लिन मानेको छैन, यसले समाधान प्रक्रिया ढिलो बनाइरहेको छ’, उनले भने, ‘समस्या समाधानका लागि विनियोजित बजेट स्वीकार गरी सहकार्यमार्फत दीर्घकालीन उपाय अवलम्बन गरौँ ।’

संघ, प्रदेश र स्थानीय सरकारबीच समन्वय भएमात्र देशभरका खानेपानी समस्या समाधान सम्भव हुने मन्त्री यादवले विश्वास व्यक्त गरे । ‘खानेपानी मन्त्रालयको नेतृत्व सम्हालेसँगै जनतालाई समस्याबाट मुक्त गराउनु मेरो पहिलो प्राथमिकता र दायित्व हो’, यादवले भने ।

मन्त्री यादवले खानेपानीजस्तो आधारभूत विषयमा राजनीतिक पूर्वाग्रह नराख्न सबैलाई आग्रह गर्दै सबै पक्षले गम्भीरताका साथ हातेमालो गर्नुपर्नेमा जोड दिए । ‘छलफल गरेरमात्र समाधानको बाटो खुल्छ । सस्तो लोकप्रियताका लागि होइन, जनताको हितका लागि सबै मिलेर अघि बढ्न जरुरी छ’, उनले भने ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। संघीय खानेपानी मन्त्री प्रदीप यादवले नेपालमा रहेका कुनै पनि समुदाय विकासको मूलधारबाट पछाडि नपरोस् भन्ने सरकारको स्पष्ट एवं प्रमुख उद्देश्य रहेको बताएका छन् । सुनसरीस्थित ‘झुम्का सहरी खानेपानी तथा सरसफाइ आयोजना’ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री यादवले सरकारको प्रयास, खानेपानी क्षेत्रलाई सामाजिक न्याय र समावेशी विकाससँग जोड्दै सबै समुदायलाई समान रूपमा सेवा पुर्‍याउने दिशामा ...
वर्षमानको आरोप- आरजु र जयवीर देखाएर ओलीले कांग्रेस तर्साइरहेका छन्
। काभ्रेको भुम्लु गाउँपालिका–८ पौवास्थित भित्री सडक खण्डमा यात्रुबाहक बस दुर्घटनामा परेको छ । शनिबार दिउँसो भएको उक्त दुर्घटना ब्रेक फेल भएर भएको बताइएको छ । यद्यपि घटनाबारे थप अनुसन्धान जारी छ । रामेछापको डोरखानीबाट काठमाडौंतर्फ जाँदै गरेको बा ३ ख ८४०८ नम्बरको बस दुर्घटनामा परेको हो । बस सडकको भित्तामा ठोक्किएर दुर्घटनामा परेको थियो । बसमा सवार ...
: तोडफोड र कुटपिट गरेको भन्दै प्रहरीले बिरुवा र हरिनास गाउँपालिकाका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। बिरुवा गाउँपालिकाका २७ वर्षीया बिक्रम राना र हरिनास गाउँपालिकाका २१ वर्षीय सविन भन्ने योगेन्द्र मानन्धरलाई कास्कीबाट पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाइएको प्रशन्नराज चौधरीले जानकारी दिए। उनीहरूले दुवै जनामाथि असार १० गतेका दिन हरिनास गाउँपालिका ...
। उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले पार्टीका नेता कार्यकर्ताहरूले आफूलाई अबको पार्टी सभापतिका रुपमा हेर्न चाहेको बताएका छन् । शनिबार राष्ट्रिय समाचार समिति (रासस) सँगको संवादका क्रममा सिंहले आफू सभापति र प्रधानमन्त्रीबाहेक सबै पदमा रहिसकेको दृष्टान्त सुनाउँदै सभापतिको स्वभाविक दाबेदार रहने बताएका हुन् । आफू सामान्य कार्यकर्ता हुँदै काम गर्दै आएको, सभापतिमा पनि एक पटक ...