मुख्य समाचार
नेपालमा आयात हुने सबै वस्तुमा ‘नेपाल गुणस्तर चिह्न’ (एनएस) प्रमाणपत्र अनिवार्य बनाइनुपर्ने
नेपालमा आयात हुने सबै वस्तुमा ‘नेपाल गुणस्तर चिह्न’ (एनएस) प्रमाणपत्र अनिवार्य बनाइनुपर्ने

। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालमा आयात हुने सबै वस्तुमा ‘नेपाल गुणस्तर चिह्न’ (एनएस) प्रमाणपत्र अनिवार्य बनाइनुपर्ने बताएका छन् ।

नेपाल गुणस्तर परिषद्को ११५औं बैठकमा मन्त्री भण्डारीले नेपाल बाहेक अन्य देशले वस्तु आयात गर्दा आफ्नो देशको नियम अनुसार गुणस्तर अनिवार्य गरी वाह्य वस्तु आयातमा कडाइ गर्ने गरेको बताए ।




‘हामीले पनि उपभोक्ता हितलाई ध्यानमा राख्दै नेपाली बजारमा आउने वस्तुमा नेपाल गुणस्तर ९एनएस० अनिवार्य लागु हुने गरी अविलम्ब कार्य प्रारम्भ गर्नुपर्ने भएको छ,’ मन्त्री भण्डारीले भने, ‘नेपालमा दैनिक उपभोग्यदेखि औद्योगिक प्रयोजनका धेरै सामान विदेशबाट आयात भइरहेका छन् । तीमध्ये धेरै वस्तु गुणस्तरहीन छन्, जसको प्रत्यक्ष असर आम उपभोक्ताको स्वास्थ्य, सुरक्षा र आर्थिक हानिमा देखिएको छ । त्यसैले अब नेपाल आउने वस्तुहरूमा अनिवार्य रूपमा नेपाल गुणस्तर लागु गरिनु अत्यावश्यक छ ।’

बैठकमा मन्त्री भण्डारीले न्यून गुणस्तरका वस्तुहरू नेपाल भित्रिनु उपभोक्तामाथि अन्याय भएको र यस्तो कार्यले दीर्घकालमा राष्ट्रिय अर्थतन्त्रमा समेत नकारात्मक असर पार्ने धारणा व्यक्त गरे ।


उक्त बैठकमा नेपालमै उत्पादन हुने वस्तुहरूमा कसरी ‘नेपाल गुणस्तर चिह्न’ प्रदान गर्ने, गुणस्तर मापनका मापदण्ड सुधार गर्ने, बजार अनुगमन प्रभावकारी बनाउने तथा गुणस्तरहीन वस्तु आयातमा कसरी नियन्त्रण गर्ने भन्ने विषयमा समेत छलफल भएको छ ।

नेपाल गुणस्तर परिषद् अन्तर्गत उपभोक्ता हितका लागि प्रभावकारी नीति निर्माण तथा गुणस्तर अनुगमन प्रणाली बलियो बनाउने विषयमा मन्त्रालयले प्राथमिकता दिइरहेको समेत बैठकमा उल्लेख गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। संघीय खानेपानी मन्त्री प्रदीप यादवले नेपालमा रहेका कुनै पनि समुदाय विकासको मूलधारबाट पछाडि नपरोस् भन्ने सरकारको स्पष्ट एवं प्रमुख उद्देश्य रहेको बताएका छन् । सुनसरीस्थित ‘झुम्का सहरी खानेपानी तथा सरसफाइ आयोजना’ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री यादवले सरकारको प्रयास, खानेपानी क्षेत्रलाई सामाजिक न्याय र समावेशी विकाससँग जोड्दै सबै समुदायलाई समान रूपमा सेवा पुर्‍याउने दिशामा ...
वर्षमानको आरोप- आरजु र जयवीर देखाएर ओलीले कांग्रेस तर्साइरहेका छन्
। काभ्रेको भुम्लु गाउँपालिका–८ पौवास्थित भित्री सडक खण्डमा यात्रुबाहक बस दुर्घटनामा परेको छ । शनिबार दिउँसो भएको उक्त दुर्घटना ब्रेक फेल भएर भएको बताइएको छ । यद्यपि घटनाबारे थप अनुसन्धान जारी छ । रामेछापको डोरखानीबाट काठमाडौंतर्फ जाँदै गरेको बा ३ ख ८४०८ नम्बरको बस दुर्घटनामा परेको हो । बस सडकको भित्तामा ठोक्किएर दुर्घटनामा परेको थियो । बसमा सवार ...
: तोडफोड र कुटपिट गरेको भन्दै प्रहरीले बिरुवा र हरिनास गाउँपालिकाका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। बिरुवा गाउँपालिकाका २७ वर्षीया बिक्रम राना र हरिनास गाउँपालिकाका २१ वर्षीय सविन भन्ने योगेन्द्र मानन्धरलाई कास्कीबाट पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाइएको प्रशन्नराज चौधरीले जानकारी दिए। उनीहरूले दुवै जनामाथि असार १० गतेका दिन हरिनास गाउँपालिका ...
। उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले पार्टीका नेता कार्यकर्ताहरूले आफूलाई अबको पार्टी सभापतिका रुपमा हेर्न चाहेको बताएका छन् । शनिबार राष्ट्रिय समाचार समिति (रासस) सँगको संवादका क्रममा सिंहले आफू सभापति र प्रधानमन्त्रीबाहेक सबै पदमा रहिसकेको दृष्टान्त सुनाउँदै सभापतिको स्वभाविक दाबेदार रहने बताएका हुन् । आफू सामान्य कार्यकर्ता हुँदै काम गर्दै आएको, सभापतिमा पनि एक पटक ...