मुख्य समाचार
बामदेव गौतमले नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्नका लागि आफूलाई ४ वर्ष लागेको बताए
बामदेव गौतमले नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्नका लागि आफूलाई ४ वर्ष लागेको बताए

। नेकपा एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्नका लागि आफूलाई ४ वर्ष लागेको बताएका छन् ।

शुक्रबार काठमाडौंमा माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीसँग एकता अभियानलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।




‘आजभन्दा ४ वर्ष पहिलेदेखि यात्रा गरेँ । एकीकृत समाजवादीसम्म आउन मलाइ ४ वर्ष लाग्यो । ४ वर्षपछि मैले भनेजसरी हामी एकीकृत हुँदैछौं,’ गौतमले भने, ‘म ७ वर्षको उमेरमा कम्युनिस्ट पार्टीको झन्डा समातेको हुँ । त्यो गणना गर्दा ७० वर्ष भएछ । अहिले ७७ वर्षको छु ।’

उनले आफू कम्युनिष्ट आन्दोलनमा लाग्ने क्रममा शैक्षिक योग्यता पनि अघि बढाउन नसकेको सम्बोधनको क्रममा बताए । पछिल्लो पटक नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच एकता हुँदा आफू अत्यन्त खुसी भएको बताउँदै त्यो खुसी टिक्न नसकेकोमा चिन्ता व्यक्त गरे ।


‘मैले मेरो हातबाट कम्युनिस्ट पार्टीको झन्डा त्यसबेला फहराएँ । त्यो मैले झुक्न दिएको छैन । म धेरै हन्डर, ठक्कर खाएर कमसेकम अनेक पक्षलाई विचार गर्दा १९ २० वर्ष भूमिगत रहेर पार्टी काम गरेको छु,’ नेता गौतमले भने, ‘यो सबै कालमा आफ्नो शैक्षिक क्षेत्र बढाउन लागिनँ । म पार्टीमात्रै परेँ । पार्टी लेखेँ । पार्टी नाचेँ । गीत लेखेँ । म एसएलसी पास गरेको मान्छे मात्रै हुँ । त्यो पनि थर्ड डिभिजनमा बल्ल बल्ल पास गरेँ ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। मुस्ताङको थासाङ गाउँपालिका स्थित थाक सातसय क्षेत्रको सामुहिक चरनक्षेत्र मार्चे लेकमा याक र चौँरीको आलो रगत खाने मेला सुरु भएको छ । मार्चे याक नाक कृषक समुहले बिहीबारदेखि मेला आयोजना गरेको हो । हिमाली तथा उच्चपहाडी जिल्लाहरुमा जिउँदो याक र चौँरीको रगत खाने मेला सदियौँदेखि परम्पराको रुपमा छ । प्राकृतिक उपचार पद्दति मध्येको एक मानिने ...
: खानेपानी मन्त्री प्रदीप यादवले धरानका मेयर हर्क साम्पाङको कारण खानेपानी आयोजना अघि बढाउन नसकिएको बताएका छन्। शुक्रबार धरानका सरोकारवाला नागरिकहरूको छलफल कार्यक्रममा मन्त्री यादवले धरानका मेयर साम्पाङको कारण ६ अर्बको खानेपानी आयोजनाको काम अघि बढाउन नसकिएको बताएका हुन्। मन्त्री यादवले प्रधानमन्त्री केपी ओली र सुनसरी क्षेत्र नम्बर-१ का प्रतिनिधिसभा सदस्य अशोक राईको विशेष आग्रहमा ...
। मेडिकल व्यवसायी दुर्गा प्रसाईंले विद्युतिय अपराध (साईबर क्राईम)को आरोपबाट सफाई पाएका छन् । जिल्ला अदालत काठमाडौंले बुधबार उनलाई दुईवटा साईबर अपराधको मुद्दामा सफाई दिएको हो । न्यायाधीश डा. राजेन्द्र कुमार आचार्यको इजलासले छुट्टाछुट्टै दुईवटा मुद्दामा प्रसाईंलाई सफाई दिएको हो । उनी विरुद्ध रोशन सुवेदी र टीका संग्रौलाले जाहेरी दिएपछि प्रहरीले साइबर अपराधको मुद्दा दायर गरेको थियो ...
: गृहमन्त्री रमेश लेखकले देशमा शान्ति सुरक्षाको स्थिति अनुकूल रहेको बताएका छन्। शुक्रबार सिंहदरबारमा बसेको राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा उनले एक वर्ष अघिको तुलनामा अहिले शान्ति सुरक्षाको स्थिति अनुकूल रहेको बताएका हुन्। मन्त्री लेखकले संघीय व्यवस्थालाई समाप्त गर्ने अवस्था नरहेको र संविधानको सुरक्षाका लागि काम गरिरहेको धारणा राखे। अपराध ...
: झापाको बाह्रदशीमा सवारी दुर्घटना परी घाइते भएकी कचनकवल गाउँपालिका–३ डाकोपरा निवासी उर्मिला राजवंशीको मृत्यु भएको छ। दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ। गत असार २५ गते दिउँसो ३:४० बजे बाह्रदशी गाउँपालिका–१ खयरबारीस्थित भित्री सडक खण्डमा राजगढबाट कुटीतर्फ जाँदै गरेको बीआर ३७ एजेड ६४४० नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्र १–०१–०१६ ...