मुख्य समाचार
नेपालमा सवारी दुर्घटनाबाट औसत दैनिक ७ जनाको मृत्यु
नेपालमा सवारी दुर्घटनाबाट औसत दैनिक ७ जनाको मृत्यु

। नेपालमा सवारी दुर्घटनाको स्थिति भयावह रहेको तथ्यांकले देखाएको छ ।

प्रहरी महानिरीक्षक दीपक थापाका अनुसार आर्थिक वर्ष २०८१/८२ मा २८ हजार ६ सय ९२ वटा सवारी दुर्घटनामा २ हजार ५४९ जनाको मृत्यु भएको छ । यो तथ्यांकले के देखाउँछ भने सवारी दुर्घटनामा परी एक दिनमा औसत ७ जनाको मृत्यु हुन्छ । दुर्घटनामा परी मर्नेको संख्या मधेश प्रदेशमा बढी रहेको उनले बताए ।




महानिरीक्षक थापाका अनुसार आव २०८०/८१ को भन्दा आव २०८१/८२ मा अपराधका घटनाहरूमा वृद्धि भएको छ ।

शुक्रबारको संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उनले आर्थिक वर्ष २०८०/८१ को भन्दा आव २०८१/८२ मा झन्डै १.२४ प्रतिशतले कसुरको मात्रा बढेको हो ।


उनका अनुसार २०८०/८१ को असार मसान्तसम्म देशभरि ५८ हजार ४ सय ७० वटा मुद्दा दर्ता भएको थियो ।

आव २०८१/८२ मा ५९ हजार २ सय ४ घटना दर्ता भएका छन् ।

सबैभन्दा धेरै मुद्दा दर्ता काठमाडौं उपत्यकामा नै दर्ता भएको र कूल मुद्दामध्ये काठमाडौं उपत्यकामा दर्ता भएका मुद्दाको संख्या १६ हजार १ सय ७२ रहेको छ ।

त्यसपछि सबैभन्दा धेरै मधेश प्रदेश र कोशी प्रदेश रहेको छ । कर्णालीमा सबैभन्दा कम मुद्दा दर्ता भएका छन् ।

महानिरीक्षक थापाले भने, ‘अपराधको वर्तमान अवस्थाको कुरा गर्दा गत वर्षको २०८०/८१ को असार मसान्तसम्म देशभरि ५८ हजार ४ सय ७० वटा मुद्दा दर्ता भएको थियो । अहिले ५९ हजार २ सय ४ घटना दर्ता भएको छ ।

गत वर्षभन्दा झन्डै १.२४ प्रतिशतले अहिले कसुरको मात्रा र मुद्दा बढेको अवस्था देखिन्छ । केही मुद्दाहरू देवानी रहेका छन् । सबैभन्दा धेरै मुद्दा दर्ता काठमाडौं भ्याली नै हो । ५९ हजार २ सय ४ मुद्दामा १६ हजार १ सय ७२ मुद्दा यहीँ नै छन् । त्यसपछि मधेश प्रदेश र कोशी प्रदेशमा बढी छन् । कर्णाली प्रदेशमा कम छन् ।

महानिरीक्षक थापाले शान्ति सुरक्षा सही ठाउँमा रहेको बताए । एक दिनमा नेपाल प्रहरीले २ सय २६ वटा सवारी गस्ती, चेकिङ ६ सय ९, पैदल गस्ती १ हजार १ सय १०, ग्रामीण गस्ती ७ सय १२ हुने गरेको बताए ।

२४ घण्टामा ३० हजार ३ सय ७४ जनशक्ति सुरक्षामा खटिने गरेको बताए । नेपाल प्रहरीलाई नेपालभरि २४ घण्टामा ७ हजार २ सय ५५ वटा आउने गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। मुस्ताङको थासाङ गाउँपालिका स्थित थाक सातसय क्षेत्रको सामुहिक चरनक्षेत्र मार्चे लेकमा याक र चौँरीको आलो रगत खाने मेला सुरु भएको छ । मार्चे याक नाक कृषक समुहले बिहीबारदेखि मेला आयोजना गरेको हो । हिमाली तथा उच्चपहाडी जिल्लाहरुमा जिउँदो याक र चौँरीको रगत खाने मेला सदियौँदेखि परम्पराको रुपमा छ । प्राकृतिक उपचार पद्दति मध्येको एक मानिने ...
: खानेपानी मन्त्री प्रदीप यादवले धरानका मेयर हर्क साम्पाङको कारण खानेपानी आयोजना अघि बढाउन नसकिएको बताएका छन्। शुक्रबार धरानका सरोकारवाला नागरिकहरूको छलफल कार्यक्रममा मन्त्री यादवले धरानका मेयर साम्पाङको कारण ६ अर्बको खानेपानी आयोजनाको काम अघि बढाउन नसकिएको बताएका हुन्। मन्त्री यादवले प्रधानमन्त्री केपी ओली र सुनसरी क्षेत्र नम्बर-१ का प्रतिनिधिसभा सदस्य अशोक राईको विशेष आग्रहमा ...
। मेडिकल व्यवसायी दुर्गा प्रसाईंले विद्युतिय अपराध (साईबर क्राईम)को आरोपबाट सफाई पाएका छन् । जिल्ला अदालत काठमाडौंले बुधबार उनलाई दुईवटा साईबर अपराधको मुद्दामा सफाई दिएको हो । न्यायाधीश डा. राजेन्द्र कुमार आचार्यको इजलासले छुट्टाछुट्टै दुईवटा मुद्दामा प्रसाईंलाई सफाई दिएको हो । उनी विरुद्ध रोशन सुवेदी र टीका संग्रौलाले जाहेरी दिएपछि प्रहरीले साइबर अपराधको मुद्दा दायर गरेको थियो ...
: गृहमन्त्री रमेश लेखकले देशमा शान्ति सुरक्षाको स्थिति अनुकूल रहेको बताएका छन्। शुक्रबार सिंहदरबारमा बसेको राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा उनले एक वर्ष अघिको तुलनामा अहिले शान्ति सुरक्षाको स्थिति अनुकूल रहेको बताएका हुन्। मन्त्री लेखकले संघीय व्यवस्थालाई समाप्त गर्ने अवस्था नरहेको र संविधानको सुरक्षाका लागि काम गरिरहेको धारणा राखे। अपराध ...
: झापाको बाह्रदशीमा सवारी दुर्घटना परी घाइते भएकी कचनकवल गाउँपालिका–३ डाकोपरा निवासी उर्मिला राजवंशीको मृत्यु भएको छ। दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ। गत असार २५ गते दिउँसो ३:४० बजे बाह्रदशी गाउँपालिका–१ खयरबारीस्थित भित्री सडक खण्डमा राजगढबाट कुटीतर्फ जाँदै गरेको बीआर ३७ एजेड ६४४० नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्र १–०१–०१६ ...