मुख्य समाचार
जम्मु–कश्मिरको पहलगाममा एक नेपालीसहित २६ जनाको हत्या गरेको द रेजिस्टेन्स फ्रन्ट (टीआरएफ)लाई अमेरिकाले आतंकवादी संगठन घोषणा
जम्मु–कश्मिरको पहलगाममा एक नेपालीसहित २६ जनाको हत्या गरेको द रेजिस्टेन्स फ्रन्ट (टीआरएफ)लाई अमेरिकाले आतंकवादी संगठन घोषणा

। जम्मु–कश्मिरको पहलगाममा एक नेपालीसहित २६ जनाको हत्या गरेको द रेजिस्टेन्स फ्रन्ट (टीआरएफ)लाई अमेरिकाले आतंकवादी संगठन घोषणा गरेको छ । अमेरिकी विदेश मन्त्रालयले विज्ञप्ति जारी गरेर यो जानकारी दिएको हो ।

विज्ञप्तिमा अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भनेका छन्, ‘लश्कर ए तोयबा (एलईटी)को शाखा टीआरएफले पहलगाममा २२ अप्रिलमा भएको हमलाको जिम्मेवारी लिएको थियो । यसमा २६ जनाको मृत्यु भएको थियो ।’




गत वैशाख ९ गते भारत प्रशासित जम्मुकश्मिरको पर्यटकीय क्षेत्र पहलगाममा घुम्न गएका रुपन्देहीका सुदीप न्यौपानेसहित २६ जनाको गोली हानेर हत्या भएको थियो । अमेरिकाले यो घटनालाई सन् २००८ को मुम्बई हमलापछि भारतमा नागरिकहरुमाथि भएको सबैभन्दा घातक हमला भनेको छ ।

भारतीय विदेश सचिव विक्रम मिश्रले सो घटनापछि प्रेस ब्रिफिङको क्रममा टीआरएफ नै आक्रमणमा संलग्न भएको बताएका थिए । लगत्तै सुरक्षा एजेन्सीहरुले आक्रमणकारीको स्केच सार्वजनिक गरेका थिए ।


आतंकवादीहरूले पर्यटकहरूलाई घेराबन्दीमा पारिसकेपछि सोधपुछ गर्दै गोली दागेर हत्या गरेको भागेर ज्यान बचाएकाहरूले सुनाए । घटनाको केही घण्टापछि प्रतिबन्धित आतंकवादी समूह लश्कर–ए–तोयबा (एलईटी)को शाखा मानिने द रेजिस्टेन्स फ्रन्टले बर्बर हत्याको जिम्मा लियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। मुस्ताङको थासाङ गाउँपालिका स्थित थाक सातसय क्षेत्रको सामुहिक चरनक्षेत्र मार्चे लेकमा याक र चौँरीको आलो रगत खाने मेला सुरु भएको छ । मार्चे याक नाक कृषक समुहले बिहीबारदेखि मेला आयोजना गरेको हो । हिमाली तथा उच्चपहाडी जिल्लाहरुमा जिउँदो याक र चौँरीको रगत खाने मेला सदियौँदेखि परम्पराको रुपमा छ । प्राकृतिक उपचार पद्दति मध्येको एक मानिने ...
: खानेपानी मन्त्री प्रदीप यादवले धरानका मेयर हर्क साम्पाङको कारण खानेपानी आयोजना अघि बढाउन नसकिएको बताएका छन्। शुक्रबार धरानका सरोकारवाला नागरिकहरूको छलफल कार्यक्रममा मन्त्री यादवले धरानका मेयर साम्पाङको कारण ६ अर्बको खानेपानी आयोजनाको काम अघि बढाउन नसकिएको बताएका हुन्। मन्त्री यादवले प्रधानमन्त्री केपी ओली र सुनसरी क्षेत्र नम्बर-१ का प्रतिनिधिसभा सदस्य अशोक राईको विशेष आग्रहमा ...
। मेडिकल व्यवसायी दुर्गा प्रसाईंले विद्युतिय अपराध (साईबर क्राईम)को आरोपबाट सफाई पाएका छन् । जिल्ला अदालत काठमाडौंले बुधबार उनलाई दुईवटा साईबर अपराधको मुद्दामा सफाई दिएको हो । न्यायाधीश डा. राजेन्द्र कुमार आचार्यको इजलासले छुट्टाछुट्टै दुईवटा मुद्दामा प्रसाईंलाई सफाई दिएको हो । उनी विरुद्ध रोशन सुवेदी र टीका संग्रौलाले जाहेरी दिएपछि प्रहरीले साइबर अपराधको मुद्दा दायर गरेको थियो ...
: गृहमन्त्री रमेश लेखकले देशमा शान्ति सुरक्षाको स्थिति अनुकूल रहेको बताएका छन्। शुक्रबार सिंहदरबारमा बसेको राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा उनले एक वर्ष अघिको तुलनामा अहिले शान्ति सुरक्षाको स्थिति अनुकूल रहेको बताएका हुन्। मन्त्री लेखकले संघीय व्यवस्थालाई समाप्त गर्ने अवस्था नरहेको र संविधानको सुरक्षाका लागि काम गरिरहेको धारणा राखे। अपराध ...
: झापाको बाह्रदशीमा सवारी दुर्घटना परी घाइते भएकी कचनकवल गाउँपालिका–३ डाकोपरा निवासी उर्मिला राजवंशीको मृत्यु भएको छ। दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ। गत असार २५ गते दिउँसो ३:४० बजे बाह्रदशी गाउँपालिका–१ खयरबारीस्थित भित्री सडक खण्डमा राजगढबाट कुटीतर्फ जाँदै गरेको बीआर ३७ एजेड ६४४० नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्र १–०१–०१६ ...