मुख्य समाचार
संयुक्त अरब इमिरेट्स (युएई)ले १२० जना नेपालीलाई आममाफी
संयुक्त अरब इमिरेट्स (युएई)ले १२० जना नेपालीलाई आममाफी

: संयुक्त अरब इमिरेट्स (युएई)ले १२० जना नेपालीलाई आममाफी दिएका छन्। इस्लाम धर्मावलम्बीहरूको महान् पर्व ईद अल-अदाहको अवसरमा युएईको जेलमा रहेका १२० जना नेपालीलाई आममाफी दिएको हो।



युएईस्थित नेपाली राजदूतावासले उनीहरूको बाँकी सजाय अवधि मिनाहा गरी आममाफी दिएको जानकारी दिएको छ। दूतावासले विज्ञप्ति जारी गरेर युएई सरकारलाई धन्यवाद दिएको छ।



वैदेशिक रोजगारीका लागि युएई पुगेका नेपालीहरूले विभिन्न अपराधमा मुछिएर कैद सजाय भोग्नुपरेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: भिक्टोरिया राज्यको ग्रामीण क्षेत्रमा भएको एउटा दुर्घटनामा एउटै परिवारका ३ सदस्यको मृत्यु भएको छ। जसमा एक सानो बच्चा पनि भएको प्रहरीले जनाएको छ। उनीहरू नेपाली भएको पनि प्रहरीले पुष्टि गरेको छ। मेलबर्नदेखि केही टाढा एक ट्रक र कार आपसमा ठोक्किदा यहाँ बस्दै आएका कारमा सवार नेपालीको मृत्यु भएको हो। दुई दिनअघि बलाराटको पश्चिमस्थित ...
। कतारको दोहास्थित नेपाली दूतावासले आफ्नो कार्यालय परिसरमा सेवाग्राहीहरूले अनुशासन पालन गर्न अनुरोध गर्दै सूचना जारी गरेको छ। दूतावासले जारी गरेको सूचनामा बिहान ५ बजेदेखि नै कार्यालय परिसर बाहिर भिडभाड गर्ने, खुला स्थानमा सवारीसाधन पार्किङ गर्ने, ठूलो आवाजमा कुराकानी गर्ने वा होहल्ला गर्ने कार्य नगर्न अनुरोध गरिएको छ । दूतावास परिसर आसपास बसोबास गर्नेहरूले असहज महसुस गरेको ...
। लन्डनमा एक नेपाली विद्यार्थीको सुतेकै अवस्थामा निधन भएको छ । एक वर्षअघिमात्र अध्ययनका लागि बेलायत आएका सल्यानको भल्चौर ७ का योमन चन्दको मंगलबार बिहान ९:३० बजे लन्डन एजवेयरमा निधन भएको उनीसँगै बस्ने मनोज कुँवरले जानकारी दिए । युनिभर्सिटी अफ हर्टफोर्डसायर, ह्याटफिल्डमा एमएस्सी कम्युनिकेसन्स् एण्ड इन्फर्मेसन इन्जिनियरिङ अध्ययनका लागि आएका २६ वर्षीय चन्दले आफ्नो पढाइ उत्तीर्ण गरेर ...
— विभिन्न प्रलोभनमा म्यानमार पुगेका १४ जना नेपालीको उद्धार गरी नेपाल फर्काइएको छ । म्यानमारस्थित नेपाली राजदूतावास र थाइल्याण्डका सम्बन्धित निकायहरूको सहयोगमा उनीहरुको उद्धार गरी थाइल्यान्ड पुर्‍याएर बुधबार नेपाल फर्काइएको हो । थाइल्यान्डस्थित नेपाली दूतावासका अनुसार थाइल्याण्डको टाक प्रान्तको अध्यागमन कार्यालय मेसोट हुँदै बिहीबार नेपाल एयरलाइन्समार्फत् फर्काइएको छ । यस्तै अनुसार म्यानमारमा रहेका थप ११ जना नेपालीको ...
— राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल सुरु भएयता १० महिनामा ३ सय ६ जना नेपालीलाई अमेरिकाबाट निष्कासित गरिएको छ । ट्रम्पको दोस्रो कार्यकाल सुरु भएयता २०२५ जनवरीदेखि अक्टोबरसम्मको १०महिना अवधिमा गैरकानुनी रूपमा अमेरिकामा बसोबास गर्दै आएका ३ सय ६ जना नेपालीलाई निष्कासित गरिएको हो । यूएस इमिग्रेसन एन्ड कस्टम इन्फोर्समेन्ट (आइस) ले गैरकानुनी रूपमा अमेरिकामा बसोबास ...