मुख्य समाचार
फिफा विश्वकप २०२६ का लागि पहिलो चरणका टिकटको आवेदन १० सेप्टेम्बर २०२५ मा खुला हुने
फिफा विश्वकप २०२६ का लागि पहिलो चरणका टिकटको आवेदन १० सेप्टेम्बर २०२५ मा खुला हुने

: फिफा विश्वकप २०२६ का लागि पहिलो चरणका टिकटको आवेदन १० सेप्टेम्बर २०२५ मा खुला हुने भएका छन्।



फुटबलको सर्वोच्च निकाय फिफाले विश्वकप २०२६ को पहिलो टिकट ड्रका लागि आवेदन प्रक्रिया बुधबार १० सेप्टेम्बर २०२५ बाट सुरु हुने जनाएको हो।



दर्शकले FIFA.com/tickets मा गएर आफ्नो टिकट किन्ने र फिफा आइडी बनाउने प्रक्रियामा सहभागी हुनसक्ने फिफाले जनाएको छ।




फिफा अध्यक्ष जियानी इनफान्टिनोले संयुक्त राज्य अमेरिकामा आयोजित फिफा क्लब विश्वकपको अद्भुत सफलतापछि अब फिफा विश्वकप २०२६ को उत्साह चरमचुलीमा पुगेको बताए।

क्यानडा, मेक्सिको र संयुक्त राज्य अमेरिकाले संयुक्त रूपमा आयोजना गर्न गइरहेको यो प्रतियोगिता अहिलेसम्मकै सबैभन्दा ठुलो र भव्य खेलकुद कार्यक्रम हुने उनले बताए।

२०२६ को फिफा विश्वकप ११ जुन २०२६ मा मेक्सिको सिटीबाट सुरु हुनेछ। अन्तिम खेल १९ जुलाई २०२६ मा न्यूयोर्क न्यू जर्सीमा हुनेछ।

यी सहरले गत आइतबार फिफा क्लब विश्वकपको फाइनल सफलतापूर्वक आयोजना गरेका हुन्।

६.५ मिलियनभन्दा बढी दर्शकको उपस्थिति रहने अपेक्षा गरिएको फिफा विश्वकप २०२६ मा ४८ टिम र १०४ खेलसहित अहिलेसम्मकै सबैभन्दा ठुलो हुने फिफाले जनाएको छ। फिफाले दर्शकलाई अहिले नै योजना बनाएर आफ्नो स्थान सुरक्षित गर्न भनेको छ।

टिकटको अत्यधिक माग हुने भएकाले विभिन्न चरणमा बिक्री गरिने फिफा बताएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। एसियन गेम्सको महिला क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले चीनलाई १९ रनले पराजित गरेको छ । नेपालले दिएको १२६ रनको लक्ष्य पछ्याएको चीनले २० ओभरमा ५ विकेट गुमाएर १०६ रन बनायो । कप्तान झु मिङ्गेले सर्वाधिक ३० रन बनाइन् । वान हुइङले २१ रन बनाइन् । वेइ हाइटिङले १८ तथा लि जियापिङले १५ रन ...
। पानामाले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । टोलीमा जोसे कोर्डोबा समावेश छन् । २४ वर्षीय डिफेन्डर कोर्डोबा इंग्लिस क्लब नर्विच सिटीबाट खेल्दै आएका छन् र टोलीमा रहेका एकमात्र बेलायतमा खेल्ने खेलाडी हुन् । पानामा समूह ‘एल’ मा रहेको छ, जहाँ उसले इङ्ल्यान्ड, क्रोएसिया र घानासँग प्रतिस्पर्धा गर्नेछ । इंग्ल्यान्डविरुद्धको ...
। अमेरिकाले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । प्रशिक्षक माउरिसियो पोचेटिनोले टोलीमा टायलर एडम्स र एनटनी रोबिन्सनलाई समेटेका छन् । साथै क्रिस्टियन पुलिसिक, वेस्टन म्याककेनी, जियो रेना र हाजी राइट पनि टोलीमा परेका छन् । आयोजक अमेरिकाले समूह ‘डी’ मा जुन १३ मा पाराग्वे विरुद्ध पहिलो खेल खेल्नेछ । त्यसपछि ...
। मोरक्कोले फिफा विश्वकप २०२६ का लागि आफ्नो अन्तिम टोली घोषणा गरेको छ । टोलीमा कप्तान अचरफ हाकिमी चोटका बाबजुद समावेश भएका छन् । अचरफ हाकिमी अप्रिलमा बायर्न म्युनिखविरुद्धको च्याम्पियन्स लिग सेमिफाइनलमा घाइते भएपछि मैदानबाहिर छन् । तर उनलाई विश्वकप टोलीमा स्थान दिइएको छ । टोलीमा नुसाएर मजराउई, इसा डियोप, ब्राहिम डियाज, सोफियान अम्राबात र बिलाल एल ...
। फिफा विश्वकप २०२६ का लागि स्पेनको अन्तिम टोली घोषणा भएको छ । घोषित टोलीमा रियल मड्रिडका कुनै पनि खेलाडी परेका छैनन् । विश्वकप इतिहासमा पहिलो पटक स्पेनको टोलीमा रियल मड्रिडका एक जना पनि खेलाडी नपरेका हुन् । चोटका कारण डानी कार्भाजाल बाहिर छन् भने डिन हुइसेन पनि अन्तिम टोलीमा अटाएनन् । यता ला लिगा च्याम्पियन बार्सिलोनाबाट ...