मुख्य समाचार
छाउगोठ बनाउने र बस्न बाध्य पार्नेलाई सुविधा कटौती गर्छौं : गृहमन्त्री
छाउगोठ बनाउने र बस्न बाध्य पार्नेलाई सुविधा कटौती गर्छौं : गृहमन्त्री

। गृहमन्त्री रमेश लेखकले छाउगोठ बनाएको पाइए र महिनावारी हुँदा छाउगोठमा बस्न बाध्य पार्नेलाई स्थानीय तहबाट पाउने निश्चित सुविधामा पुर्नविचार गर्ने गरी मुलुकभरका स्थानीय तहलाई परिपत्र गरिने बताएका छन् ।

बिहीबार अन्तर पार्टी महिला सञ्जालका पदाधिकारीहरुसँगको भेटघाटमा मन्त्री लेखकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई अनुरोध गरी देशभरका स्थानीय तहलाई यस्तो परिपत्र गर्ने गरी गृहकार्य गरिने बताए ।




‘महिनावारीमा ठुलो अन्धविश्वासले काम गरेको छ,’ मन्त्री लेखकले भने, ‘यसको निर्मलीकरणका लागि कसरी अगाडि बढ्ने अन्तर पार्टी महिला सञ्जालको पनि सहयोग र सुझाव आवश्यक छ।’

महिलामाथि हुने हिंसा, बलात्कार लगायतका घटनामा सरकार गम्भीर रहेको मन्त्री लेखकको भनाइ छ । ‘महिलाहरुको मर्यादा, गरिमा, स्वाभिमान र सुरक्षामा गम्भीर छु।’ उनले भने, ‘अपराध गर्नेहरुलाई कारबाहीको दायरामा ल्याउने काम पनि भइरहेको छ।’


सो क्रममा अन्तर पार्टी महिला सञ्जालका अध्यक्ष ममता गिरीसहितको टोलीले महिला बालबालिकामाथि हुने गरेको विभेद र हिंसाका घटनाहरु घटिरहेको भन्दै त्यसको नियन्त्रणका लागि मन्त्री लेखकलाई ज्ञापन पत्र समेत बुझाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार भ्रष्टाचारमा लिप्त रहेको भन्दै सडक आन्दोलनको चेतावनी दिएका छन् । साथै उनले वर्तमान सरकार भ्रष्टाचारमा लिप्त रहेको भन्दै यस्तै रवैया रहिरहे बाध्य भएर छिट्टै सडकबाटै आन्दोलनबाट प्रतिवाद गर्ने चेतावनी दिएका हुन् । बिहीबार ललितपुरको बालकुमारी चौर, सुनाकोठीमा आयोजित ’श्रम र उत्पादनमा वाइसिएल अभियान’ कार्यक्रमको उद्घाटन गर्दै प्रचण्डले देश ...
। नेकपा एमाले सांसद सुहाङ नेम्वाङले जनताको करबाट हुने विदेश भ्रमणबाट भएका उपलब्धीबारे ध्यान दिनुपर्ने बताएका छन् । बिहीबार सिंहदरबारमा नेपाल—बेलायत संसदीयमैत्री समूहको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । ‘हामीले विदेश भ्रमण गरेको नतिजा फलदायी भएको छ की छैन भन्ने कुराको पनि अध्ययन गर्नुपर्छ । जनताको करबाट विदेश भ्रमण गर्ने तर हेरेर आइसकेपछि केही पनि नगर्ने ...
: मोरङको धनपालथान गाउँपालिका–१ स्थित गदिया खोलाको किनारबाट प्रहरीले ठुलो परिमाणमा गाँजा बरामद गरेको छ। इलाका प्रहरी कार्यालय रंगेलीले बिहीबार बिहान ३ सय २३ किलो गाँजा बरामद गरेको हो। खोला किनारमा बेवारिसे अवस्थामा उक्त गाँजा फेला परेको मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले बताइन्। उनका अनुसार १० वटा बोरामा प्याक गरेर राखिएको अवस्थामा गाँजा फेला ...
: १५ महिनाअघि जबरजस्ती करणी कसुर मुद्दामा कैद सजाए तोकिएपछि फरार रहेका खुमकुमारी दर्जी पक्राउ परेकी छन्। पुतलीबजार नगरपालिका-१३ का ५४ वर्षीया दर्जीलाई २ महिना २३ दिन कैद तोकिएपछि फरार रहेको प्रहरीले जनाएको छ। जिल्ला अदालत स्याङ्जाको २०८१ वैशाख १६ गतेको फैसलाले दर्जीलाई बिहीबार विशेष अप्रेसन टोलीले पक्राउ गरेको प्रहरी नायब उपरीक्षक प्रशन्नराज चौधरीले बताए। ...
। टीकापुर नगरपालिकाले प्लाष्टिकका झोला प्रयोगलमा प्रतिबन्ध लगाएको छ । पालिकाले आजदेखि लागु हुनेगरी त्यस्तो व्यवस्था गरेको हो । नगर प्रमुख रामलाल थारूले दुई महिनाअघिदेखि पालिकालाई प्लाष्टिकमुक्त क्षेत्र बनाउने अभियानमा आफू जुटेको जनाउँदै प्लाष्टिकजन्य वस्तुको प्रयोग हुन नदिन स्थानीय राजनीतिक दल, व्यापारी, उद्योग वाणिज्य सङ्घका पदाधिकारी र सङ्घ संस्था, पत्रकार र समाजसेवीलाई आग्रह गरेका छन् ...