: १५ महिनाअघि जबरजस्ती करणी कसुर मुद्दामा कैद सजाए तोकिएपछि फरार रहेका खुमकुमारी दर्जी पक्राउ परेकी छन्।
पुतलीबजार नगरपालिका-१३ का ५४ वर्षीया दर्जीलाई २ महिना २३ दिन कैद तोकिएपछि फरार रहेको प्रहरीले जनाएको छ।
जिल्ला अदालत स्याङ्जाको २०८१ वैशाख १६ गतेको फैसलाले दर्जीलाई बिहीबार विशेष अप्रेसन टोलीले पक्राउ गरेको प्रहरी नायब उपरीक्षक प्रशन्नराज चौधरीले बताए।
अदालतका फैसला कार्यान्वयनलाई चुस्त, दुरुस्त र प्रभावकारी बनाई न्यायिक कारबाहीको पूर्णता, सुरक्षित र न्यायपूर्ण समाज निर्माण लागि प्रहरीले आफ्नो कार्यलाई अघि बढाएको स्याङ्जा प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक दधिराम न्यौपानेको भनाइ छ।
पक्राउ परेसँगै दर्जीलाई कैद भुक्तानको लागि आवश्यक प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।