मुख्य समाचार
राष्ट्रिय स्वतन्त्र पार्टीको नाम र चुनाव चिन्ह संशोधनको माग गर्दै निर्वाचन आयोगमा निवेदन
राष्ट्रिय स्वतन्त्र पार्टीको नाम र चुनाव चिन्ह संशोधनको माग गर्दै निर्वाचन आयोगमा निवेदन

: राष्ट्रिय स्वतन्त्र पार्टीको नाम र चुनाव चिन्ह संशोधनको माग गर्दै निर्वाचन आयोगमा निवेदन परेको छ। सामाजिक अभियन्ता युवराज सफलले राष्ट्रिय पहिचान र धार्मिक आस्था भएको घण्टीलाई कुनै पनि रुपमा चुनाव चिन्ह बनाउन नमिल्ने र स्वतन्त्र शब्दले उम्मेदवारहरूलाई समेत असर पार्ने भएकाले संशोधनको माग गर्दै आयोगमा निवेदन दिएका हुन्।



'राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो नाममा जोडेको स्वतन्त्र भन्ने शब्दले स्वतन्त्र उम्मेदवारहरुको स्वतन्त्र भएर चुनाव लड्न पाउने कानुनी अधिकार र पहिचानलाई समेत मेटाएको स्वन्तन्त्र भन्ने शब्दको चिर हरण भएको आम जनतलाई भ्रम छर्न र आफूहरु स्वतन्त्र हो भनी भोट बटुल्ने जनता र मतदाताको आँखामा छारो हालेर आफ्नो निहित स्वार्थ पुरा गर्न खोजेको साथै कुनै पनि राजनीतिक दल गठन हुन निश्चित विचार सिद्धान्त उद्देश्य नीति,कार्यक्रमहरूको आवश्यकता पर्ने गर्दछ अत राजनीतिक दल केही नभएको स्वतन्त्र हुन सक्दैन । पार्टी स्वतन्त्र हुन सक्दैन पार्टीले आफ्ना कार्यक्रमहरू स्वतन्त्र तरिकाले गर्न सक्छ तर पार्टी आफैँ स्वतन्त्र समेत हुन सक्दैन अत तत्काल राष्ट्रिय स्वतन्त्र पार्टीको स्वतन्त्र भन्ने शब्द सच्याई सो शब्द पार्टीको नामबाट हटाउनु अनुरोध गर्दछु,'उनले निवेदनमा उल्लेख गरेका छन्।




उनले हिन्दु धर्माबलम्बीहरूले पुजा पाठमा प्रयोग गर्ने घण्टीलाई पार्टीको चुनाव चिन्ह बनाउनु राजनीतिक दुरुपयोग भएको उनको तर्क छ। निर्वाचन आयोगले राष्ट्रिय पहिचान भएका तस्बिर वा चिन्ह दललाई प्रदान नगर्ने निर्यण गरेकाले सोही निर्णयअनुसार दलहरूलाई पार्टीको नाम र चुनाव चिन्ह उपलब्ध गराउन आयोगलाई आग्रह गरेका छन्।

'हिन्दु धर्माबलम्बीहरुले पुजा पाठमा प्रयोग गर्ने घण्टीलाई पार्टीको चुनाव चिन्ह बनाउनु भनेको धार्मिक मान्यता इतिहास बोकेको घण्टीको राजनीतिक दुरुपयोग हो। अत राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिन्ह घण्टी दुई तिहाई भन्दा बढी धर्मावलम्बीहरुको आस्था विश्वासको केन्द्र रहेकोले त्यसरी कसैको आस्थामाथि प्रहार गरी घण्टीलाई चुनाव चिन्ह दिन मिल्दैन । साथै निर्वाचन आयोगले नेपालको राष्ट्रिय झण्डा नेपालको राष्ट्रिय निशान छाप राष्ट्रिय फूल लालिगुराँस राष्ट्रिय रंग सिम्रिक राष्ट्रिय जनावर गाई राष्ट्रिय पंक्षी डाफँ नेपालको नक्सा राष्ट्रिय पहिचान बोकेका व्यक्तिहरुका तस्वीर वा राष्ट्रिय पहिचान भएका तस्वीर वा चिन्ह दललाई प्रदान नगर्ने भनी निर्णय समेत गरेको अवस्था छ,'उनले निवेदनमा भनेका छन्,' यदि कसैले त्यस्तो चुनाव चिन्ह प्राप्त गरेको रहेछ भने सो चुनाव चिन्ह पुनरावलोकन गर्ने पनि आयोगले निर्णय गरेको छ । राष्ट्रिय पहिचान भएको घण्टीलाई कुनै पनि रुपमा चुनाव चिन्ह बनाउन पाइँदैन।'

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार भ्रष्टाचारमा लिप्त रहेको भन्दै सडक आन्दोलनको चेतावनी दिएका छन् । साथै उनले वर्तमान सरकार भ्रष्टाचारमा लिप्त रहेको भन्दै यस्तै रवैया रहिरहे बाध्य भएर छिट्टै सडकबाटै आन्दोलनबाट प्रतिवाद गर्ने चेतावनी दिएका हुन् । बिहीबार ललितपुरको बालकुमारी चौर, सुनाकोठीमा आयोजित ’श्रम र उत्पादनमा वाइसिएल अभियान’ कार्यक्रमको उद्घाटन गर्दै प्रचण्डले देश ...
। नेकपा एमाले सांसद सुहाङ नेम्वाङले जनताको करबाट हुने विदेश भ्रमणबाट भएका उपलब्धीबारे ध्यान दिनुपर्ने बताएका छन् । बिहीबार सिंहदरबारमा नेपाल—बेलायत संसदीयमैत्री समूहको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । ‘हामीले विदेश भ्रमण गरेको नतिजा फलदायी भएको छ की छैन भन्ने कुराको पनि अध्ययन गर्नुपर्छ । जनताको करबाट विदेश भ्रमण गर्ने तर हेरेर आइसकेपछि केही पनि नगर्ने ...
: मोरङको धनपालथान गाउँपालिका–१ स्थित गदिया खोलाको किनारबाट प्रहरीले ठुलो परिमाणमा गाँजा बरामद गरेको छ। इलाका प्रहरी कार्यालय रंगेलीले बिहीबार बिहान ३ सय २३ किलो गाँजा बरामद गरेको हो। खोला किनारमा बेवारिसे अवस्थामा उक्त गाँजा फेला परेको मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले बताइन्। उनका अनुसार १० वटा बोरामा प्याक गरेर राखिएको अवस्थामा गाँजा फेला ...
। गृहमन्त्री रमेश लेखकले छाउगोठ बनाएको पाइए र महिनावारी हुँदा छाउगोठमा बस्न बाध्य पार्नेलाई स्थानीय तहबाट पाउने निश्चित सुविधामा पुर्नविचार गर्ने गरी मुलुकभरका स्थानीय तहलाई परिपत्र गरिने बताएका छन् । बिहीबार अन्तर पार्टी महिला सञ्जालका पदाधिकारीहरुसँगको भेटघाटमा मन्त्री लेखकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई अनुरोध गरी देशभरका स्थानीय तहलाई यस्तो परिपत्र गर्ने गरी गृहकार्य गरिने ...
: १५ महिनाअघि जबरजस्ती करणी कसुर मुद्दामा कैद सजाए तोकिएपछि फरार रहेका खुमकुमारी दर्जी पक्राउ परेकी छन्। पुतलीबजार नगरपालिका-१३ का ५४ वर्षीया दर्जीलाई २ महिना २३ दिन कैद तोकिएपछि फरार रहेको प्रहरीले जनाएको छ। जिल्ला अदालत स्याङ्जाको २०८१ वैशाख १६ गतेको फैसलाले दर्जीलाई बिहीबार विशेष अप्रेसन टोलीले पक्राउ गरेको प्रहरी नायब उपरीक्षक प्रशन्नराज चौधरीले बताए। ...