मुख्य समाचार
यादवले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीको विषयमा सरकार मौन रहेको भन्दै आपत्ति जनाए
यादवले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीको विषयमा सरकार मौन रहेको भन्दै आपत्ति जनाए

। जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीको विषयमा सरकार मौन रहेको भन्दै आपत्ति जनाएका छन् ।

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ‘बा’ सम्बोधन गर्दै उनले बालुवाटार र च्यासलको शीरमा राज रहुन्जेल मन्त्री अधिकारीलाई जे गर्न पनि छुट भएको आरोप लगाएका छन् ।




सामाजिक सञ्जालमा सचिवालयमार्फत आफ्नो धारणा व्यक्त गर्दै यादवले भनेका छन्, ‘ढुक्क हुनुस्, भूमिमन्त्री बलराम अधिकारीले राजीनामा दिनु पर्दैन । बालुवाटार र च्यासलको शीरमा ‘बा’ को राज रहुन्जेल उनका सगोत्री पार्टनरहरूलाई जे गर्न पनि छुट छ ।’

उस्तै प्रकृतिको भ्रष्टाचार आरोपमा राजकुमार गुप्तालाई पदबाट राजीनामा दिन बाध्य पारिएको भन्दै मधेशी मूलको भएका कारणले त्यस्तो गरिएको उनको भनाइ छ ।


‘सामान्य प्रशासन मन्त्री पदबाट भर्खरै राजीनामा दिएका राजकुमार गुप्ता मधेश मूलका थिए, र उनलाई राजीनामा दिन बाध्य पारियो,’ यादवले भनेका छन्, ‘बिचौलिया, कमिशनखोर र भ्रष्टाचारीहरूका संरक्षक शिरोमणि ‘बा’ का उनी सगोत्री भएको भए अझै ठूलो काण्ड गरेनी ‘बा’ को शिरमा विराजमान भइरहन्थे ।’

भूमिमन्त्री अधिकारीको अडिओ लगायतका प्रमाणहरू छ्यापछ्याप्ती भएपछि ‘बा’ र अधिकारीका सगोत्री समुदाय मौन रहेको उनले बताएका छन् ।

‘भूमि मन्त्री अधिकारी, गुप्ताजीकै केस र अडियो काण्डमा मुछिएका हुन् । अडियो लगायतका प्रमाणहरू मिडियामा छ्यापछ्याप्ती छन् । तर, ‘बा’ र अधिकारीको सगोत्री समुदाय मौन छ,’ यादवले अघि भनेका छन्, ‘बलराम अधिकारीको ठाउँमा कुनै मधेशी, थारु, दलित वा जनजाति समुदायको व्यक्ति मन्त्री भएको भए यो केसमा ‘बा’ ले राजीनामाको फरमान जारी गर्न एकपल पनि खेर फाल्ने थिएनन् ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार भ्रष्टाचारमा लिप्त रहेको भन्दै सडक आन्दोलनको चेतावनी दिएका छन् । साथै उनले वर्तमान सरकार भ्रष्टाचारमा लिप्त रहेको भन्दै यस्तै रवैया रहिरहे बाध्य भएर छिट्टै सडकबाटै आन्दोलनबाट प्रतिवाद गर्ने चेतावनी दिएका हुन् । बिहीबार ललितपुरको बालकुमारी चौर, सुनाकोठीमा आयोजित ’श्रम र उत्पादनमा वाइसिएल अभियान’ कार्यक्रमको उद्घाटन गर्दै प्रचण्डले देश ...
। नेकपा एमाले सांसद सुहाङ नेम्वाङले जनताको करबाट हुने विदेश भ्रमणबाट भएका उपलब्धीबारे ध्यान दिनुपर्ने बताएका छन् । बिहीबार सिंहदरबारमा नेपाल—बेलायत संसदीयमैत्री समूहको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । ‘हामीले विदेश भ्रमण गरेको नतिजा फलदायी भएको छ की छैन भन्ने कुराको पनि अध्ययन गर्नुपर्छ । जनताको करबाट विदेश भ्रमण गर्ने तर हेरेर आइसकेपछि केही पनि नगर्ने ...
: मोरङको धनपालथान गाउँपालिका–१ स्थित गदिया खोलाको किनारबाट प्रहरीले ठुलो परिमाणमा गाँजा बरामद गरेको छ। इलाका प्रहरी कार्यालय रंगेलीले बिहीबार बिहान ३ सय २३ किलो गाँजा बरामद गरेको हो। खोला किनारमा बेवारिसे अवस्थामा उक्त गाँजा फेला परेको मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले बताइन्। उनका अनुसार १० वटा बोरामा प्याक गरेर राखिएको अवस्थामा गाँजा फेला ...
। गृहमन्त्री रमेश लेखकले छाउगोठ बनाएको पाइए र महिनावारी हुँदा छाउगोठमा बस्न बाध्य पार्नेलाई स्थानीय तहबाट पाउने निश्चित सुविधामा पुर्नविचार गर्ने गरी मुलुकभरका स्थानीय तहलाई परिपत्र गरिने बताएका छन् । बिहीबार अन्तर पार्टी महिला सञ्जालका पदाधिकारीहरुसँगको भेटघाटमा मन्त्री लेखकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई अनुरोध गरी देशभरका स्थानीय तहलाई यस्तो परिपत्र गर्ने गरी गृहकार्य गरिने ...
: १५ महिनाअघि जबरजस्ती करणी कसुर मुद्दामा कैद सजाए तोकिएपछि फरार रहेका खुमकुमारी दर्जी पक्राउ परेकी छन्। पुतलीबजार नगरपालिका-१३ का ५४ वर्षीया दर्जीलाई २ महिना २३ दिन कैद तोकिएपछि फरार रहेको प्रहरीले जनाएको छ। जिल्ला अदालत स्याङ्जाको २०८१ वैशाख १६ गतेको फैसलाले दर्जीलाई बिहीबार विशेष अप्रेसन टोलीले पक्राउ गरेको प्रहरी नायब उपरीक्षक प्रशन्नराज चौधरीले बताए। ...