मुख्य समाचार
वीरगन्ज नाकामा रहेका दुवै भन्सार कार्यालयको राजस्व संकलन बढ्यो
वीरगन्ज नाकामा रहेका दुवै भन्सार कार्यालयको राजस्व संकलन बढ्यो

: वीरगन्ज नाकामा रहेका दुवै भन्सार कार्यालयको राजस्व संकलन बढेको छ। गत आर्थिक वर्ष २०८१/८२ मा वीरगन्ज भन्सार कार्यालय र सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालय भन्सार विभागले दिएको लक्ष्य पूरा गर्न नसके पनि अघिल्लो आर्थिक वर्ष २०८०/८१ को भन्दा बढी नै राजस्व संकलन गरेका छन्।



नेपालमा हुने आयात–निर्यातको अन्तर्राष्ट्रिय कारोबारको ७० प्रतिशत हिस्सा वीरगन्ज नाकाबाटै हुने गरेको छ। यस्तै देशको कूल राजस्व संकलनमा वीरगन्ज नाकामा रहेका दुवै भन्सार कार्यालयको योगदान ४० प्रतिशतभन्दा बढी नै रहने गरेको छ।



गत आर्थिक वर्ष २०८१/८२ मा वीरगन्ज भन्सार कार्यालयले १ खर्ब ७५ अर्ब ९३ करोड ६५ लाख रुपैयाँ राजस्व संकलन गरेको छ। भन्सार विभागले गत आर्थिक वर्ष २०८१/८२ का लागि २ खर्ब १८ अर्ब ९५ करोड ५९ लाखको लक्ष्य दिएकोमा वीरगन्ज भन्सारले लक्ष्यको ८० दशमलव ३५ प्रतिशत राजस्व संकलन गरेको प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले बताए।




अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा भने वीरगन्ज भन्सारले लक्ष्यको ६४ दशमलव ०१ प्रतिशत मात्रै अर्थात १ खर्ब ५७ अर्ब ४० करोड ३१ लाख २८ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो। अघिल्लो आर्थिक वर्ष २०८०/८१ को भन्दा गत आर्थिक वर्ष २०८१/८२ मा १६ प्रतिशत बढी राजस्व संकलन भएको लामिछानेले बताए।

आर्थिक वर्ष २०७९/८० मा लक्ष्यको ६० दशमलव १९ प्रतिशत मात्र अर्थात १ खर्ब ५७ अर्ब ८ करोड रुपैयाँ राजस्व संकलन गरेको वीरगन्ज भन्सारले त्यसअघिको आर्थिक वर्ष २०७८/७९ मा भने लक्ष्य भन्दा शून्य दशमलव ५४ प्रतिशतले बढि नै अर्थात् २ खर्ब ४ अर्ब १२ करोड २७ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो। तर त्यसअघिका पाँच वर्ष (आर्थिक वर्ष २०७२/०७३ देखि २०७७/७८ सम्म) मा भने वीरगन्ज भन्सार राजस्व असुलीको लक्ष्य पुरा गर्न लगातार असफल नै भएको थियो।

यता वीरगन्ज नाकामै रहेको सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालयको पनि गत आर्थिक वर्ष २०८१/८२ मा राजस्व संकलन बढेको छ। सुक्खा बन्दरगाह भन्सारले गत आर्थिक वर्ष २०८१/८२ मा ४९ अर्ब ८२ करोड ३७ लाख १८ हजार रुपैयाँ राजस्व संकलन गरेको छ। गत आर्थिक वर्ष २०८१/८२ मा ६० अर्ब चार करोड ८७ लाख ९७ हजारको लक्ष्य पाएको सुक्खा बन्दरगाह भन्सारले लक्ष्यको ८२ दशमलव ९७ प्रतिशत राजस्व संकलन गरेको हो।

अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा भने सुक्खा बन्दरगाह भन्सारले लक्ष्यको ७१ दशमलव.७५ प्रतिशत मात्र अर्थात ४७ अर्ब ३१ करोड रुपैयाँमात्र राजस्व संकलन गरेको थियो। त्यसअघिको आर्थिक वर्ष २०७९/८० मा लक्ष्यको ६२.८८ प्रतिशत मात्रै अर्थात ४२ अर्ब ४० करोड २२ लाख ९२ हजार राजस्व संकलन गर्न सकेको सुक्खा बन्दरगाह भन्सारले आर्थिक वर्ष २०७८/७९ मा भने लक्ष्यको ९४.९८ प्रतिशत राजस्व संकलन गरेको थियो।

वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले गत आर्थिक वर्ष २०८१/८२ मा समग्रमा भारत तथा तेस्रो मुलुकबाट मालसामानको आयात बढेका कारणले राजस्व संकलनमा सुधार देखिएको बताए। उनले आर्थिक वर्ष २०८१/८२ मा अघिल्लो आर्थिक वर्ष २०७९/८० को भन्दा १६ प्रतिशत बढीले राजस्व संकलन भएको बताए।

राजस्व बढी उठ्ने इन्धन, औद्योगिक कच्चा पदार्थ, निर्माण सामग्री लगायतको आयात बढेका कारण राजस्व संकलन पनि बढेको उनले बताए। सरकारले दिएको राजस्व संकलनको लक्ष्य त फेरि पनि पुरा भएन नि ? भन्ने प्रश्नमा भने लामिछानेले जवाफ दिँदै भने,‘समग्र देशको अर्थ व्यवस्था नै अहिले पहिलाको जस्तो पूर्ण लयमा फर्किन सकेको छैन। त्यसकारण सरकारले दिएको लक्ष्य भने पुरा हुन सकेन। यद्यपि अघिल्ला आर्थिक वर्षको तुलनामा अहिले भन्सार राजस्व संकलनमा निकै सुधार देखिएको छ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सरकारले वैकल्पिक विकास वित्त कोषको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ । उक्त प्रयोजनका लागि अर्थ मन्त्रालयले छनोट सम्बन्धी कार्यविधि बनाएको छ । सरकारले चालु आर्थिक वर्षको बजेट मार्फत वैकल्पिक विकास वित्त कोष कार्यान्वयन घोषणा गरेको थियो । सोही अनुसार वैकल्पिक विकास वित्त परिचालन ऐन २०८३ समेत स्वीकृत गरी कार्यान्वयनमा ल्याएको ...
। नेपाल राष्ट्र बैंकले नियमित कार्यालय समयमा खुद्रा नोट सटही सुविधा उपलब्ध गराएको छ । यसपालि दसैंमा केन्द्रीय बैंकले मिति तोकेर नयाँ नोट वितरण नगरी नियमित कामकै रूपमा यस्तो सेवा दिने भएको हो । केन्द्रीय बैंकले यसपालि नयाँ तथा खुद्रा नोट सटहीको औपचारिक सूचना जारी नगर्ने राष्ट्र बैंकका कार्यकारी निर्देशक अनुज दाहालले बताए । ‘दसैंका बेला नयाँ ...
। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको छ । इन्डियन आयल कर्पोरेसनबाट मूल्यवृद्धि भएर आएको भएपनि भोटेकोशीमा आएको असाधारण बाढीपहिरोका कारण सिर्जित परिस्थिति, आउँदै गरेका चाडपर्व तथा उपभोक्ताको हितलाई हेरेर मूल्य यथावत् राखेको निगमले जनाएको छ । निगमका विज्ञप्तिअनुसार यसरी पेट्रोलियम पदार्थको मूल्य यथावत् राख्दा निगमलाई पाक्षिक ३ अर्ब २० करोड ३८ लाख घाटा हुने ...
। नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष पदमा चयन भएको छ । कतारको राजधानी दोहामा जारी बैंकको गभर्नर परिषद्को ११औँ वार्षिक बैठकको अवसरमा नेपाललाई आगामी वर्षका लागि गैर–क्षेत्रीय सदस्य मुलुकतर्फको उपाध्यक्ष पदमा चयन गरिएको हो । एआईआईबीको संगठनात्मक संरचनाअनुसार एक जना अध्यक्ष तथा क्षेत्रीय र गैर–क्षेत्रीय सदस्य मुलुकहरूबाट उपाध्यक्ष रहने प्रावधान छ । यस ...
: नेपाल राष्ट्र बैंकले १ हजार रुपैयाँ दरको नयाँ नोट आजदेखि चलनचल्तीमा ल्याएको छ। राष्ट्र बैंकले साविककै आकारमा रङमा परिवर्तन गरेर नयाँ विशेषतासहितको ‘सिरिज २०२५’ को १ हजार रुपैयाँको नोट चलनचल्तीमा ल्याएको जनाएको छ। एक सूचना जारी गर्दै राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले आजदेखि नयाँ नोट चलनचल्तीमा आउने जानकारी दिएको छ। नयाँ नोटमा बैजनी रङको ...