मुख्य समाचार
नेपालले श्रीलंकालाई ७–० गोलले हराए
नेपालले श्रीलंकालाई ७–० गोलले हराए

: साफ यु-२० महिला च्याम्पियनसिपमा श्रीलंकामाथि नेपालको शानदार जित भएको छ। बंगलादेशको राजधानी ढाकास्थित बसुन्धरा किङ्स इरिनाको अभ्यास मैदानमा भएको खेलमा नेपालले श्रीलंकालाई ७–० गोलले हराएको हो।



पहिलो हाफमा ४ गोल गरेको नेपालले दोस्रो हाफमा ३ गोल थप्यो। नेपालका लागि कुसुम खतिवडा र समीक्षा मगरले समान २/२ गोल गरे। पूर्णिमा राई, बिर्सना चौधरी र सरिता नाथले १-१ गोल गरे।



१६औँ मिनेटमा नेपालका लागि पूर्णिमा राईले गोल गर्दै सेनु परियारले दायाँ तर्फबाट दिएको क्रसमा श्रीलङ्काका डिफेन्डरले क्लियर गर्न खोज्दा माथिल्लो बारमा लाग्दै रिबाउन्ड भयो। सोही बलमा पूर्णिमा राईले हेडर गरेकी थिइन्। उनको हेडर पनि दोस्रो बारमा रिबाउन्ड हुँदा रिबाउन्डमा र दोस्रो प्रयासमा गोलमा परिणत गरेकी हुन्।




खेलको ३५ औँ मिनेटमा वैकल्पिक खेलाडीको रूपमा मैदान प्रवेश गरेकी कुसुम खतिवडाले नेपालका लागि दोस्रो गोल गरिन्। ३३ औँ मिनेटमा सुक्रिया मियाँलाई प्रतिस्थापन गर्दै मैदान छिरेकी कुसुमले २ मिनेट भित्रै गोल गरेकी हुन्। पूर्णिमा राईले बायाँ तर्फबाट दिएको क्रसमा कुसुमले पेनाल्टी बक्स भित्रबाट गोल गरेकी हुन्।

खेलको ४२औँ मिनेटमा सरिता कुमारी नाथले नेपालका लागि तेस्रो गोल गरिन्। उनले मैदानको बायाँ तर्फबाट लङ रेन्जमा फ्री किक मार्फत गोल गरिन्।

कुसुम खतिवडाले ४५ औँ मिनेटमा व्यक्तिगत दोस्रो र नेपालका लागि चौथो गोल गरिन्।

६२ औँ मिनेटमा श्रीलंकाले उत्कृष्ट मौका बनाएको थियो। वान बाइ वानमा नेपालकी गोल किपर लिला जोशी बीट हुँदा गङ्गा रोकायाले गोल लाइनबाट क्लियर गरिन्।

खेलको ६५ औँ मिनेटमा अनिषा राई घाइते हुँदा सीता रोकायाले उनको स्थान लिइन्। त्यस्तै फरवार्डमा पूर्णिमा राईको स्थानमा समीक्षा मगर मैदान प्रवेश गरिन्।

६६ औँ मिनेटमा बल अगाडि बढाउने क्रममा समीक्षा मगरलाई बक्सभित्र लडाउँदा नेपालले पेनाल्टीको अवसर पायो। ६७ औँ मिनेटमा पेनाल्टीमा नेपालकी मिडफिल्डर बिर्सिना चौधरीले पेनाल्टीमा गोल गर्दै नेपालका लागि पाँचौँ गोल गरिन्।

नेपालको लागि ७४ औँ मिनेटमा सरिता नाथले बायाँ तर्फबाट प्रहार गरेको बल किपरले पञ्च गरेर दायाँतर्फ फालेकी थिइन्। सोही बललाई समीक्षा मगरले गोलमा परिणत गरिन्। यो नेपालका लागि छैटौँ गोल थियो।

खेलको ७८औँ मिनेटमा समीक्षा मगरले व्यक्तिगत दोस्रो र नेपालका लागि सातौँ गोल गरिन्।

नेपालले पहिलो खेलमा पनि श्रीलंकालाई ७-० ले हराएको थियो।

नेपालले अर्को खेल भुटानसँग शनिबार खेल्नेछ।

नेपालले लिगको अन्तिम खेल घरेलु मैदान बङ्गलादेशसँग खेल्नेछ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। एसियन गेम्सको महिला क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले चीनलाई १९ रनले पराजित गरेको छ । नेपालले दिएको १२६ रनको लक्ष्य पछ्याएको चीनले २० ओभरमा ५ विकेट गुमाएर १०६ रन बनायो । कप्तान झु मिङ्गेले सर्वाधिक ३० रन बनाइन् । वान हुइङले २१ रन बनाइन् । वेइ हाइटिङले १८ तथा लि जियापिङले १५ रन ...
। पानामाले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । टोलीमा जोसे कोर्डोबा समावेश छन् । २४ वर्षीय डिफेन्डर कोर्डोबा इंग्लिस क्लब नर्विच सिटीबाट खेल्दै आएका छन् र टोलीमा रहेका एकमात्र बेलायतमा खेल्ने खेलाडी हुन् । पानामा समूह ‘एल’ मा रहेको छ, जहाँ उसले इङ्ल्यान्ड, क्रोएसिया र घानासँग प्रतिस्पर्धा गर्नेछ । इंग्ल्यान्डविरुद्धको ...
। अमेरिकाले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । प्रशिक्षक माउरिसियो पोचेटिनोले टोलीमा टायलर एडम्स र एनटनी रोबिन्सनलाई समेटेका छन् । साथै क्रिस्टियन पुलिसिक, वेस्टन म्याककेनी, जियो रेना र हाजी राइट पनि टोलीमा परेका छन् । आयोजक अमेरिकाले समूह ‘डी’ मा जुन १३ मा पाराग्वे विरुद्ध पहिलो खेल खेल्नेछ । त्यसपछि ...
। मोरक्कोले फिफा विश्वकप २०२६ का लागि आफ्नो अन्तिम टोली घोषणा गरेको छ । टोलीमा कप्तान अचरफ हाकिमी चोटका बाबजुद समावेश भएका छन् । अचरफ हाकिमी अप्रिलमा बायर्न म्युनिखविरुद्धको च्याम्पियन्स लिग सेमिफाइनलमा घाइते भएपछि मैदानबाहिर छन् । तर उनलाई विश्वकप टोलीमा स्थान दिइएको छ । टोलीमा नुसाएर मजराउई, इसा डियोप, ब्राहिम डियाज, सोफियान अम्राबात र बिलाल एल ...
। फिफा विश्वकप २०२६ का लागि स्पेनको अन्तिम टोली घोषणा भएको छ । घोषित टोलीमा रियल मड्रिडका कुनै पनि खेलाडी परेका छैनन् । विश्वकप इतिहासमा पहिलो पटक स्पेनको टोलीमा रियल मड्रिडका एक जना पनि खेलाडी नपरेका हुन् । चोटका कारण डानी कार्भाजाल बाहिर छन् भने डिन हुइसेन पनि अन्तिम टोलीमा अटाएनन् । यता ला लिगा च्याम्पियन बार्सिलोनाबाट ...