मुख्य समाचार
पपस्टार बियोन्सेको रिलिज नभैसकेको संगीत समावेश हार्डड्राइभ र अन्य सामग्री चोरी
पपस्टार बियोन्सेको रिलिज नभैसकेको संगीत समावेश हार्डड्राइभ र अन्य सामग्री चोरी

। पपस्टार बियोन्सेको रिलिज नभैसकेको संगीत समावेश हार्डड्राइभ र अन्य सामग्री चोरी भएको छ ।

प्रहरीका अनुसार गतसाता एटलान्टामा आयोजित ‘काउब्वाय कार्टर’ टूरको क्रममा बियोन्सेका कोरियोेग्राफरले भाडामा लिएको कारभित्र ती सामग्री राखिएको थियो ।




जुलाई ८ मा उक्त चोरी भएपछि आफूहरूलाई यसबारे फोन प्राप्त भएको प्रहरीले जनाएको छ ।

‘उनीहरूसँग मेरो कम्प्युटर छ । त्यहाँ साँच्चै महत्वपूर्ण जानकारी पनि छन्’ ९११ नम्बरमा एक अज्ञात व्यक्तिले गरेको फोनकलमा भनिएको छ, ‘म उच्च ओहदाको व्यक्तिसँग काम गर्छु । यसका लागि मलाई कम्प्युटर चाहिन्छ ।’


प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेअनुसार, बियोन्सेका कोरियोग्राफर क्रिस्टोफर ग्रान्ट र उनका ब्याकअप डान्सर डायन्ड्रे ब्लूसँग सम्बन्धित दुई सुटकेस भाडामा लिइएको जीप वागोनियरबाट चोरी भएको थियो ।

चोरी भएका सामानमा वाटरमार्क गरिएको संगीत, अप्रकाशित संगीत, फुटेज, विगत र भविष्यका सेट लिस्ट समावेश दुई ल्यापटप र हार्ड ड्राइभहरू पनि समावेश रहेको रिपोर्टमा उल्लेख छ ।

प्रहरीले बताएअनुसार एक नाम नखुलाइएको संदिग्ध व्यक्तिलाई पक्राउ वारेन्ट जारी गरिएको छ ।

रिपोर्टअनुसार, ग्रान्टले गाडीबाट ४१,००० मूल्यको लुगा, ४५०० मूल्यको टम फोर्डको चश्मा र ४७५० मूल्यको टुमी बुक ब्याग पनि चोरी भएको बताएका छन् । ब्लूले म्याकबुक एयर र हेडफोनको एक जोडी चोरी भएको पनि बताए ।

जुलाई १०, ११ र १३ मा मर्सिडीज-बेन्ज स्टेडियममा प्रस्तुति दिएपछि बियोन्सेले आउने सोमबार राति एटलान्टामा आफ्नो चौथो तथा अन्तिम कन्सर्ट गर्ने तय भएको छ । जुलाई २५ मा लस भेगासमा प्रस्तुति दिने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: बलिउड अभिनेता आमिर खानका भान्जा तथा एक्टर इमरान खानलाई भारतको फरेनर्स रिजनल रजिष्ट्रेशन अफिसले नोटिस जारी गर्दै आगामी अक्टोबर २८ भित्र देश छाड्न निर्देशन दिएको छ। मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारविरुद्ध आयोजना गरिएको एक राजनीतिक विरोध प्रदर्शनमा सहभागी भई 'फरेनर्स एक्ट' (विदेशी सम्बन्धी ऐन) को उलंघन गरेको आरोपमा उनीमाथि यो कारबाही अघि बढाइएको हो। यो मामला ...
: भारतीय सिनेमाका वरिष्ठ तथा बहुप्रतिभावान अभिनेता नाना पाटेकर (विश्वनाथ पाटेकर) को ७५ वर्षको उमेरमा निधन भएको छ। भारतको गोवास्थित डोना पाउला क्षेत्रमा रहेको आफ्नै निवासमा बेहोस अवस्थामा भेटिएपछि उनलाई तत्काल अस्पताल लगिएको भए पनि चिकित्सकहरूले मृत घोषणा गरेका थिए। अस्पतालका डाक्टरहरूले उनलाई होसमा ल्याउन करिब ४५ मिनेटसम्म लगातार सीपीआर दिएर बचाउने कोसिस गरे पनि कुनै ...
। लोकप्रिय नेपाली पप ब्यान्ड ‘मंगोलियन हार्ट’ तीन दशकपछि युरोप भ्रमणमा निस्कने भएको छ । ‘मंगोलियन हार्ट युरोप मिनी टूर २०२६’ अन्तर्गत ब्यान्डले ४ देशमा प्रत्यक्ष सांगीतिक प्रस्तुति दिनेछ । फोर ब्रदर्स इभेन्ट म्यानेजमेन्टको व्यवस्थापनमा टूर हुन लागेको हो । ब्यान्डको ८ सदस्यीय टोली २४ सेप्टेम्बरमा त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम छ । टोलीको लिड भोकलिस्टमा राजु लामा, ...
। के-पप समूह ‘स्ट्रे किड्स’ का सदस्य ब्याङ चानले २० करोड वन (१ लाख ४४ हजार २९५ अमेरिकी डलर) दान गरेका छन् । यो रकम दक्षिण कोरियामा पुनर्स्थापना उपचार र नेपालमा गएको भीषण बाढीपछिको पुनर्लाभका कार्यमा प्रयोग हुने जेवाईपी इन्टरटेनमेन्टले शनिबार जनाएको छ । ब्याङ चानले सोल पुनस्र्थापना अस्पताल र युनिसेफका लागि कोरियाली समितिलाई १०-१० करोड ...
। गायक एड सिरनले आफ्नो पछिल्लो सांगीतिक कार्यक्रममा मञ्चमा एक्लै उपस्थित भएर आफ्ना समर्थकहरूसँग माफी मागेका छन्। प्यालेस्टाइनको पक्षमा वक्तव्य दिएका अमेरिकी र्‍यापर म्याकलमोरलाई टुर प्रोग्रामबाट हटाइएपछि सिर्जित विवादलाई सम्बोधन गर्दै उनले केही ‘गल्ती’ भएको स्वीकारेका छन्। सिरनले भने, ‘म कहिल्यै पनि राजनीतिक रूपमा सक्रिय संगीतकार बन्न चाहन्नथेँ। यो घटनाले मलाई वाक् स्वतन्त्रता र विश्वकै सबैभन्दा जटिल ...