मुख्य समाचार
क्रिकेट मैदानको पारापिटमा सिट जडान हुँदै
क्रिकेट मैदानको पारापिटमा सिट जडान हुँदै

। काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हाल पारापिट निर्माण र फ्लडलाइट जडानको काम भइरहेको छ ।

गत फागुनदेखि सुरु भएर वैशाखसम्म सम्पन्न गर्ने योजनाअनुसार काम पूरा नभएपछि थपिएको असार मसान्तसम्मको समयमा पनि काम पूरा हुनसकेको छैन ।




अब निर्माण कम्पनीले दैनिक हर्जाना बुझाएरै भए पनि काम गरिरहेको छ र एक महिनामा काम सक्ने प्रतिबद्धता जनाएको छ ।

हालसम्म ४ हजार कुर्सी फिटिङ भइसकेको जनाइएको छ भने ६ वटा फ्लडलाइटमध्ये ३ वटा पोल आइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: साफ यु-२० महिला च्याम्पियनसिपमा श्रीलंकामाथि नेपालको शानदार जित भएको छ। बंगलादेशको राजधानी ढाकास्थित बसुन्धरा किङ्स इरिनाको अभ्यास मैदानमा भएको खेलमा नेपालले श्रीलंकालाई ७–० गोलले हराएको हो। पहिलो हाफमा ४ गोल गरेको नेपालले दोस्रो हाफमा ३ गोल थप्यो। नेपालका लागि कुसुम खतिवडा र समीक्षा मगरले समान २/२ गोल गरे। पूर्णिमा राई, बिर्सना चौधरी र सरिता ...
। स्पेनिस क्लब बार्सिलोनाले युवा स्टार लामिन यामललाई क्लबको ऐतिहासिक १० नम्बर जर्सी प्रदान गरेको छ। यो जर्सी सन् २००८ देखि २०२१ सम्म अर्जेन्टिनी स्टार लियोनेल मेस्सीले लगाएका थिए। केही दिनअघि आफ्नो १८औं जन्मदिन मनाएको यमालले अब यो जर्सी आगामी सिजनदेखि लगाउनेछन्। यसअघि मेस्सी बाहिरिएपछि बार्सिलोनामा १० नम्बरको जर्सी अन्सु फातीको थियो । उनी पनि एएस ...
। वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेलले अस्ट्रेलियाविरुद्ध जमैकामा हुने पहिलो दुई टी–२० अन्तर्राष्ट्रिय खेलपछि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन्। ३७ वर्षीय रसेल सन् २०१९ देखि टी–२०आई मात्र खेलिरहेका छन् र हालसम्म ८४ खेल खेलेका छन्। उनको सन्यास आगामी फेब्रुअरी २०२६ मा भारत र श्रीलंकामा हुने टी–२० विश्वकपभन्दा सात महिना अघि आउने भएको हो। उनले ...
। बंगलादेशमा जारी साफ यू-२० महिला च्याम्पियनसिपको आफ्नो चौथो खेलमा नेपालले आज फेरि श्रीलंकासँग खेल्दै छ । डबल राउन्ड रोबिन लिगमा भइरहेको प्रतियोगितामा नेपालले श्रीलंकासँग दोस्रोपटक खेल्न लागेको हो । यो श्रीलंकासँग लगातार खेल पनि हुनेछ । मंगलबार भएको खेलमा नेपाल ७-० ले विजयी भएको थियो । आजको खेल बसुन्धरा स्पोर्ट्स मैदानमा नेपाली समयअनुसार दिउँसो पौने ...
— चीनको युनान प्रादेशिक खेलकुद ब्युरोले राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई खेल सामग्री तथा स्वास्थ्य परीक्षण उपकरण हस्तान्तरण गरेको छ । चिनियाँ राजदूतावासका डेपुटी चिफ दी मिसन वाङ झिनले मंगलबार राखेपका सदस्य–सचिव टंकलाल घिसिङलाई अन्तर्राष्ट्रिय खेलकुद परिसरमा आयोजित कार्यक्रमबीच सामग्री हस्तान्तरण गरे । करिब ८५ लाख रुपैयाँबराबरको विभिन्न ३४ प्रकारका सामग्री हस्तान्तरण गरिएको हो । राखेपका उपाध्यक्ष ...