मुख्य समाचार
अमेरिकाबाट थप १९ जना नेपाली डिपोर्ट
अमेरिकाबाट थप १९ जना नेपाली डिपोर्ट

। अमेरिकाबाट थप १९ जना नेपाली डिपोर्ट भएका छन् ।

अध्यागमन विभागका महानिर्देशक गोविन्द रिजालका अनुसार, २५ जेठमा ३७ नेपाली डिपोर्ट भएर आएयता नियमित जसो एक/दुई जना नेपाली डिपोर्ट भएर आइरहेका छन् ।




‘त्यसबेला चाहिँ अमेरिकाले चार्टर्ड विमानमै उनीहरुलाई पठाएको थियो’, उनले अनलाइनखबरसँग भने, ‘अहिले नियमितजसो एक/दुई जना नेपाली नियमित उडानमार्फत फर्किइरहेका छन् ।’

उनका अनुसार, त्यसपछिको अवधिमा १९ जना डिपोर्ट भएर आइसकेको विवरण विभागसँग छ । अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएसँगै त्यहाँको प्रशासनले कडा अध्यागमन नीति अख्तियार गरेको थियो । त्यसपछि सामान्य कसुरमा पक्राउ परेका केही व्यक्ति पनि डिपोर्ट भएका छन् ।


नेपाल आएका अधिकांश चाहिँ तल्लो बाटो हुँदै अवैध रुपमा अमेरिका प्रवेश गर्न खोज्नेहरु छन् । विभागका अनुसार, ट्रम्प निर्वाचित भएयता मात्र अमेरिकाबाट डिपोर्ट हुनेको संख्या १९७ पुगिसकेको छ ।

डिपोर्ट भएर आएकाहरुले आफूहरुलाई अवैध रुपमा अमेरिका पठाउने गिरोहबारे सूचना दिन्छन् कि भन्ने हिसाबले प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले विमानस्थलमै सोधपुछ गरेको थियो । तर, ३७ जनाले नै प्रहरी कहाँ कुनै किसिमको सूचना दिएनन् । बरु भोलिपल्ट आउने भन्दै राति छुटेका उनीहरुले प्रहरीलाई सम्पर्कसमेत गरेनन् ।

‘मानव तस्करीमा संलग्न गिरोहबारे अनुसन्धान अघि बढाउनलाई सहयोगी हुन्छ भन्ने उद्देश्यले सोधपुछ गर्ने हो’, ब्यूरोका प्रमुख एसएसपी कृष्ण पंगेनी भन्छन्, ‘उहाँहरूबाट प्राप्त सूचनाका आधारमा विस्तृत अनुसन्धान गर्ने उद्देश्य थियो ।’

ब्यूरोमा लामो समयदेखि काम गरिरहेका एक अनुसन्धान अधिकारीका अनुसार, उनीहरूलाई तल्लो बाटोबाट अमेरिका पठाउने व्यक्ति गाउँघरका चिनजानकै व्यक्ति हुने र फेरि विदेश पठाइदिने आश्वसन दिने हुँदा उजुरी गर्न मान्दैनन् ।

प्रहरीका अनुसार, डिपोर्ट भएकामध्ये अवैध बाटोबाट अमेरिका पुगेकाहरुले बिचौलियालाई ५० देखि ९० लाख रुपैयाँसम्म बुझाएका थिए । मध्यपूर्वी मुलुक, युरोप, दक्षिण अमेरिका हुँदै उनीहरुलाई उत्तरी अमेरिका लगेका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: भिक्टोरिया राज्यको ग्रामीण क्षेत्रमा भएको एउटा दुर्घटनामा एउटै परिवारका ३ सदस्यको मृत्यु भएको छ। जसमा एक सानो बच्चा पनि भएको प्रहरीले जनाएको छ। उनीहरू नेपाली भएको पनि प्रहरीले पुष्टि गरेको छ। मेलबर्नदेखि केही टाढा एक ट्रक र कार आपसमा ठोक्किदा यहाँ बस्दै आएका कारमा सवार नेपालीको मृत्यु भएको हो। दुई दिनअघि बलाराटको पश्चिमस्थित ...
। कतारको दोहास्थित नेपाली दूतावासले आफ्नो कार्यालय परिसरमा सेवाग्राहीहरूले अनुशासन पालन गर्न अनुरोध गर्दै सूचना जारी गरेको छ। दूतावासले जारी गरेको सूचनामा बिहान ५ बजेदेखि नै कार्यालय परिसर बाहिर भिडभाड गर्ने, खुला स्थानमा सवारीसाधन पार्किङ गर्ने, ठूलो आवाजमा कुराकानी गर्ने वा होहल्ला गर्ने कार्य नगर्न अनुरोध गरिएको छ । दूतावास परिसर आसपास बसोबास गर्नेहरूले असहज महसुस गरेको ...
। लन्डनमा एक नेपाली विद्यार्थीको सुतेकै अवस्थामा निधन भएको छ । एक वर्षअघिमात्र अध्ययनका लागि बेलायत आएका सल्यानको भल्चौर ७ का योमन चन्दको मंगलबार बिहान ९:३० बजे लन्डन एजवेयरमा निधन भएको उनीसँगै बस्ने मनोज कुँवरले जानकारी दिए । युनिभर्सिटी अफ हर्टफोर्डसायर, ह्याटफिल्डमा एमएस्सी कम्युनिकेसन्स् एण्ड इन्फर्मेसन इन्जिनियरिङ अध्ययनका लागि आएका २६ वर्षीय चन्दले आफ्नो पढाइ उत्तीर्ण गरेर ...
— विभिन्न प्रलोभनमा म्यानमार पुगेका १४ जना नेपालीको उद्धार गरी नेपाल फर्काइएको छ । म्यानमारस्थित नेपाली राजदूतावास र थाइल्याण्डका सम्बन्धित निकायहरूको सहयोगमा उनीहरुको उद्धार गरी थाइल्यान्ड पुर्‍याएर बुधबार नेपाल फर्काइएको हो । थाइल्यान्डस्थित नेपाली दूतावासका अनुसार थाइल्याण्डको टाक प्रान्तको अध्यागमन कार्यालय मेसोट हुँदै बिहीबार नेपाल एयरलाइन्समार्फत् फर्काइएको छ । यस्तै अनुसार म्यानमारमा रहेका थप ११ जना नेपालीको ...
— राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल सुरु भएयता १० महिनामा ३ सय ६ जना नेपालीलाई अमेरिकाबाट निष्कासित गरिएको छ । ट्रम्पको दोस्रो कार्यकाल सुरु भएयता २०२५ जनवरीदेखि अक्टोबरसम्मको १०महिना अवधिमा गैरकानुनी रूपमा अमेरिकामा बसोबास गर्दै आएका ३ सय ६ जना नेपालीलाई निष्कासित गरिएको हो । यूएस इमिग्रेसन एन्ड कस्टम इन्फोर्समेन्ट (आइस) ले गैरकानुनी रूपमा अमेरिकामा बसोबास ...