मुख्य समाचार
अलराउन्डर आन्द्रे रसेलले टी–२० अन्तर्राष्ट्रिय खेलपछि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा
अलराउन्डर आन्द्रे रसेलले टी–२० अन्तर्राष्ट्रिय खेलपछि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा

। वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेलले अस्ट्रेलियाविरुद्ध जमैकामा हुने पहिलो दुई टी–२० अन्तर्राष्ट्रिय खेलपछि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन्।

३७ वर्षीय रसेल सन् २०१९ देखि टी–२०आई मात्र खेलिरहेका छन् र हालसम्म ८४ खेल खेलेका छन्। उनको सन्यास आगामी फेब्रुअरी २०२६ मा भारत र श्रीलंकामा हुने टी–२० विश्वकपभन्दा सात महिना अघि आउने भएको हो। उनले करियरमा १ टेस्ट र ५६ एकदिवसीय खेल पनि खेलेका छन्।




रसेलले भनेका छन्, ‘वेस्ट इन्डिजको प्रतिनिधित्व गर्नु मेरो जीवनको सबैभन्दा गर्विलो उपलब्धि हो। बाल्यकालमा मैले यो स्तरमा पुग्छु भन्ने सोच्दिनथेँ, तर खेलप्रति प्रेम बढ्दै जाँदा उपलब्धिहरू सम्भव हुन्छन् भन्ने महसुस भयो।’

रसेल वेस्ट इन्डिजको २०१२ र २०१६ को टी–२० विश्वकप विजेता टोलीको हिस्सा थिए। उनी विश्वका अधिकांश टी-२० लिगहरू पनि खेल्दै उपाधि जितेका छन् ।


वेस्ट इन्डिजका मुख्य प्रशिक्षक डारेन सामीले रसेल सधैं प्रोफेसनल र प्रतिस्पर्धी खेलाडी रहँदै आएको बताउँदै उनको जोश कहिल्यै नघटेको प्रतिक्रिया दिए।

अस्ट्रेलियाविरुद्ध हुने पाँच खेलको शृंखलाअन्तर्गत बाँकी खेलका लागि म्याथ्यु फोर्डेले रसेलको स्थान लिनेछन्। यसैबीच, युवा खेलाडी जेवेल एन्ड्र्यु र २३ वर्षीय जेडिया ब्लेड्सले पहिलो पटक टोलीमा स्थान पाएका छन्।

वेस्ट इन्डिज टोली: शाइ होप (कप्तान), जेवेल एन्ड्र्यु, जेडिया ब्लेड्स, रोस्टन चेस, म्याथ्यु फोर्डे, शिम्रोन हेटमायर, जेसन होल्डर, अकेल होसिन, अलजारी जोसेफ, ब्रान्डन किङ, इभिन लुइस, गुदाकेस मोटी, रोभमन पावेल, अन्ड्रे रसेल, शेर्फाने रदरफोर्ड, रोमारियो शेपहर्ड।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। एसियन गेम्सको महिला क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले चीनलाई १९ रनले पराजित गरेको छ । नेपालले दिएको १२६ रनको लक्ष्य पछ्याएको चीनले २० ओभरमा ५ विकेट गुमाएर १०६ रन बनायो । कप्तान झु मिङ्गेले सर्वाधिक ३० रन बनाइन् । वान हुइङले २१ रन बनाइन् । वेइ हाइटिङले १८ तथा लि जियापिङले १५ रन ...
। पानामाले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । टोलीमा जोसे कोर्डोबा समावेश छन् । २४ वर्षीय डिफेन्डर कोर्डोबा इंग्लिस क्लब नर्विच सिटीबाट खेल्दै आएका छन् र टोलीमा रहेका एकमात्र बेलायतमा खेल्ने खेलाडी हुन् । पानामा समूह ‘एल’ मा रहेको छ, जहाँ उसले इङ्ल्यान्ड, क्रोएसिया र घानासँग प्रतिस्पर्धा गर्नेछ । इंग्ल्यान्डविरुद्धको ...
। अमेरिकाले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । प्रशिक्षक माउरिसियो पोचेटिनोले टोलीमा टायलर एडम्स र एनटनी रोबिन्सनलाई समेटेका छन् । साथै क्रिस्टियन पुलिसिक, वेस्टन म्याककेनी, जियो रेना र हाजी राइट पनि टोलीमा परेका छन् । आयोजक अमेरिकाले समूह ‘डी’ मा जुन १३ मा पाराग्वे विरुद्ध पहिलो खेल खेल्नेछ । त्यसपछि ...
। मोरक्कोले फिफा विश्वकप २०२६ का लागि आफ्नो अन्तिम टोली घोषणा गरेको छ । टोलीमा कप्तान अचरफ हाकिमी चोटका बाबजुद समावेश भएका छन् । अचरफ हाकिमी अप्रिलमा बायर्न म्युनिखविरुद्धको च्याम्पियन्स लिग सेमिफाइनलमा घाइते भएपछि मैदानबाहिर छन् । तर उनलाई विश्वकप टोलीमा स्थान दिइएको छ । टोलीमा नुसाएर मजराउई, इसा डियोप, ब्राहिम डियाज, सोफियान अम्राबात र बिलाल एल ...
। फिफा विश्वकप २०२६ का लागि स्पेनको अन्तिम टोली घोषणा भएको छ । घोषित टोलीमा रियल मड्रिडका कुनै पनि खेलाडी परेका छैनन् । विश्वकप इतिहासमा पहिलो पटक स्पेनको टोलीमा रियल मड्रिडका एक जना पनि खेलाडी नपरेका हुन् । चोटका कारण डानी कार्भाजाल बाहिर छन् भने डिन हुइसेन पनि अन्तिम टोलीमा अटाएनन् । यता ला लिगा च्याम्पियन बार्सिलोनाबाट ...