मुख्य समाचार
बंगलादेशमा हिंसा नियन्त्रण गर्न प्रहरीले चलाएको गोलीमा ४ जनाको ज्यान गएको छ भने ९ जना घाइते
बंगलादेशमा हिंसा नियन्त्रण गर्न प्रहरीले चलाएको गोलीमा ४ जनाको ज्यान गएको छ भने ९ जना घाइते

। बंगलादेशको गोपालगञ्ज शहरमा बुधबार नेसनल सिटिजन पार्टी (एनसीपी) आबद्ध युवाहरूको नेतृत्वमा गरिएको र्‍यालीका क्रममा हिंसा भड्किएको छ।

हिंसा नियन्त्रण गर्न प्रहरीले चलाएको गोलीमा ४ जनाको ज्यान गएको छ भने ९ जना घाइते भएका छन्। गोपालगञ्ज बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाको गृहजिल्ला हो।




बंगलादेशको समाचार संस्था ‘प्रोथोम आलो’का अनुसार, एनसीपीको र्‍यालीका क्रममा शेख हसिनाको पार्टी अवामी लीगका समर्थक प्रहरीसँग भिडेका थिए।

प्रत्यक्षदर्शीका अनुसार, अवामी लीगका समर्थकहरूले लाठी, ढुंगा, इँटा प्रयोग गरेर प्रहरी, सेना र अर्धसैनिक बलमाथि आक्रमण गरेका थिए ।


प्रदर्शनकारीहरूले प्रहरी र प्रशासन प्रमुखको सवारीसाधनमा तोडफोड गरेका थिए। साथै एनसीपीको जुलुसमाथि पनि आक्रमण भएपछि सुरक्षाबलहरूले जवाफमा गोली चलाए । भिड तितरबितर पार्न अश्रुग्यास र साउन्ड ग्रिनेडसमेत प्रयोग गरिएको थियो ।

हिंसामा मारिएका मध्ये तीनको पहिचान खुलेको र उनीहरू दीप्टो साहा (२५ वर्ष), रमजान काजी (१८ वर्ष), सोहेल मोल्ला (४१ वर्ष) रहेका छन् ।

चिकित्सकका अनुसार उनीहरूलाई गम्भीर घाइते अवस्थामा गोपालगञ्ज जनरल अस्पताल ल्याइएको थियो ।

हिंसाको बाबजुद पनि एनसीपी ले गोपालगञ्जमा र्‍याली सम्पन्न गरेको छ। क्षतिग्रस्त मञ्च र बिग्रिएको साउन्ड सिस्टमकै बीच नेताहरूले सम्बोधन गरेका थिए।

एनसीपीका संस्थापक तथा संयोजक नाहिद इस्लामले र्‍यालीको अध्यक्षता गर्दै भने,’यदि सुरक्षा निकायले न्याय दिन सकेनन् भने हामी आफैंले न्याय लिन्छौं।’

एनसीपी नेता सरजिस आलमले फेसबुक पोस्टमा लेखेका छन्, ‘गोपालगञ्जमा हत्याको नेतृत्व गर्ने हसिनाका गुन्डाहरूले हामीमाथि हमला गरे। प्रहरी तमासे बनेर उभिएको थियो र पछि हट्यो।’

प्रधानमन्त्रीको कार्यालयले गोपालगञ्जमा बुधबार राति ८ बजेदेखि अर्को २२ घण्टासम्मका लागि कर्फ्यु जारी गर्ने आदेश दिएको छ। गोपालगञ्जमा बंगलादेशको अर्धसैनिक बल बीजीपीका करिब २०० जना सैनिक तैनाथ गरिएका छन्।

एनसीपी बंगलादेशको हालै उदाएको नयाँ राजनीतिक दल हो, जुन २८ फेब्रुअरी २०२५ मा गठन भएको हो। यो बंगलादेशको इतिहासमा विद्यार्थी नेतृत्वको पहिलो राजनीतिक दल मानिन्छ । अन्तरिम सरकार प्रमुख मुहम्मद युनुसको समर्थन पनि यस पार्टीलाई प्राप्त छ ।

युनुसले एक्समा लेखेका छन्, ‘युवाहरूलाई उनीहरूको क्रान्तिकारी आन्दोलनको एक वर्ष मनाउन दिइएन, जुन उनीहरूको मौलिक अधिकारको लज्जास्पद उल्लंघन हो।’

उनले हिंसाको दोष शेख हसिनाको अवामी लीग र यसको विद्यार्थी संगठनलाई दिए । युनुसले भने, ‘अपराधीहरूको छिट्टै पहिचान हुनुपर्छ र तिनीहरूलाई पूर्णरूपमा जवाफदेही बनाइनुपर्छ।

यस्तो हिंसाका लागि बंगलादेशको कुनै पनि नागरिकमाथि कुनै ठाउँ छैन। यस्ता धम्कीका बाबजुद पनि र्‍याली जारी राख्ने विद्यार्थीहरूको साहसको हामी सम्मान गर्छौं।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— सिड्नीको बोन्डाइ तटमा आयोजित यहूदी समुदायको हनुक्का कार्यक्रममा गोली चलाएको अभियोगमा पक्राउ परेका व्यक्तिमाथि प्रहरीले ५९ वटा मुद्दा दर्ता गरेको छ । न्यु साउथ वेल्स प्रहरीले उनीविरूद्ध दर्ता गरेका मुद्दामध्ये १५ वटा हत्या अभियोगका छन् । त्यस्तै हत्या गर्ने नियतले गम्भीर शारीरिक क्षति पुर्‍याएको अभियोगमा ४० वटा मुद्दा दर्ता भएका छन् । यसबाहेक आतङ्कवादी गतिविधि गरेको, ...
— आर्टिक क्षेत्रमा तापक्रम अनपेक्षित ढंगले बढ्दै गएको एक नयाँ रिपोर्टले देखाएको छ । जसकारण, यहाँ हिउँ लगातार पग्लिरहेको छ । अमेरिकाको राष्ट्रिय ओशानिक एन्ड एटमस्फेरिक एडमिनिस्ट्रेशन (एनओएए) ले मंगलबार सार्वजनिक गरेको रिपोर्टअनुसार अक्टुबर २०२४ र सेप्टेम्बर २०२५ मा आर्टिक क्षेत्रमा सन् १९०० यताकै सबैभन्दा ठूलो गर्मी मापन भएको थियो । पृथ्वीका बाँकी क्षेत्रको दाँजोमा यहाँ ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएला प्रवेश गर्ने तथा त्यहाँबाट बाहिरिने सबै प्रतिबन्धित तेल ट्याङ्करहरूमाथि पूर्ण नाकाबन्दी लगाउन आदेश दिएका छन्। राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै भेनेजुएलालाई आतंकवाद,लागुपदार्थ तस्करी र मानव बेचबिखनमा संलग्न रहेको आरोप लगाएका छन्। उनले आफ्नो पोस्टमा लेखेका छन्, 'भेनेजुएलाले क्षेत्रीय र अन्तर्राष्ट्रिय सुरक्षामा गम्भीर खतरा उत्पन्न गरिरहेको छ। त्यसैले भेनेजुएला ...
— उत्तरी इटालीस्थित स्टेल्भियो राष्ट्रिय निकुञ्जमा डाइनासोरका हजारौं पदचिन्ह फेला परेका छन् । यी पदचिन्ह झन्डै २१ करोड वर्ष पुरानो हुनसक्ने अनुसन्धानकर्ताहरुले बताएका छन् । केही पदचिन्ह ४० सेन्टिमिटरसम्मका छन् । यी पदचिन्हहरु मिलेर बसेका छन् र धेरैमा औंला तथा नङ्ग्राका स्पष्ट चिन्ह देखिन्छन् । मिलानको उत्तर–पूर्वमा रहेको उक्त निकुञ्जभित्र गत सेप्टेम्बरमा फोटोग्राफर इलियो डेल्ला ...
'अपरेसन ब्लूबर्ड'ले 'ट्विटर' ब्रान्ड दाबी गरेपछि एकाधिकार जोगाउन 'एक्स'को कानुनी दौडधुप