मुख्य समाचार
बलात्कारपछि बालिकाको हत्या गर्नेलाई आजीवन कैद फैसला
बलात्कारपछि बालिकाको हत्या गर्नेलाई आजीवन कैद फैसला

— आठ वर्षीया बालिकालाई बलात्कारपछि हत्या गरेको अभियोगमा रुपन्देहीको मर्चवारी–१, खुरखुरियाका अहमद अली दर्जीलाई जिल्ला अदालतले आजीवन कैद फैसला सुनाएको छ ।


तीन दिनअघि जिल्ला न्यायाधीश अशोककुमार बस्नेतको इजलासले दर्जीलाई आजीवन कैद हुने फैसला सुनाएको अदालतले जनाएको छ ।

जिल्ला अदालतका सूचना अधिकारी पदम अर्यालका अनुसार प्रतिवादी अकबर अलि भनिने दर्जीलाई मुलुकी अपराध संहिता २०७४ को दफा २१९ (१) र (२) को कसुरमा यसैको दफा २१९ (३ क) बमोजिम जन्मकैद र दफा २१९ (३क) को खण्ड (क) बमोजिम ७ लाख रुपैयाँ जरिवाना हुने फैसला सुनाइएको छ ।

त्यसैगरि दफा १७७ (१) को कसुरमा दफा १७७ (२) बमोजिम अन्य कैदको सजाय हुने तथा प्रतिवादीले ८ वर्ष ३ महिनाकी बालिकालाई जबरजस्ती करणी हत्या गरेकाले मुलुकी अपराध संहिता २०७४ को दफा ४१ (च) को कसुरमा दफा ४१ बमोजिम दर्जीलाई जीवित रहेसम्म कैद हुने फैसला सुनाइएको हो । अदालतबाट भएको फैसलामा पीडित परिवारलाई अपराध पीडित संरक्षण कोषबाट ७ लाख रुपैयाँ, प्रतिवादीबाट थप एक लाख ५० हजार क्षतिपूर्ति भराउन उल्लेख गरिएको छ ।

सूचना अधिकारी अर्यालका अनुसार २०८० पुस १३ गते प्रतिवादी दर्जीले बालिकालाई जबरजर्स्ती करणीपछि हत्या गरेर स्थानीय नालीमा फ्याँकेका थिए ।
घटनाक्रम अनुसार विद्यालयबाट फर्किरहेकी बालिकालाई दर्जीले बाटोमा एक्लै भेटेपछि बालिकाका बुबाले खेतमा पानी लगाउँदै गरेकाले त्यहीँ पुर्‍याइदिन्छु भनेर फकाएका थिए । फकाई फुल्याई गरेपछि दर्जीले बालिकालाई उनका बुबा भएको ठाउँमा नलगेर एकान्तमा पुर्‍याएका थिए । बालिकालाई त्यहीँ छाडेर प्रतिवादी दर्जीले मदिरा सेवन गर्न गएका थिए । मदिरा सेवन गरेर फर्किएका दर्जीले बालिकालाई करणी गरे पश्चात हत्या गरेर फालेको मुद्दाको अभिलेखमा उल्लेख छ ।

मुद्दाको विवरण अनुसार दर्जीले बालिकालाई साइकलमा चढाएर लगेको स्थानीयले देखेको बताएका छन् । बालिका लगेको देख्ने व्यक्तिले केरकार गरेपछि पनि दर्जीले केही खुलाएका थिएनन् । घटना जानकारी भएर प्रहरी पुगेपछि भने दर्जीले नै बालिकाको हत्या गरेर फ्याँकेको ठाउँ देखाएका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— गृह मन्त्रालयले अध्यागमन विभागको महानिर्देशक र अध्यागमन कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रमुखलाई सरुवा गरेको छ । विभागका महानिर्देशक गोविन्दप्रसाद रिजाललाई गृह मन्त्रालयले सरुवा गरेको छ । रिजालको स्थानमा गृह मन्त्रालयका रामचन्द्र तिवारीलाई पठाइएको छ । तिवारी गृह मन्त्रालयमा प्रवक्ता तथा शान्ति सुरक्षा महाशाखा प्रमुखको भूमिकामा थिए । विमानस्थलको प्रमुख विष्णुप्रसाद कोइरालालाई पनि गृह मन्त्रालयले सरुवा गरेको ...
— गृहमन्त्री रमेश लेखकले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा तीनै तहका सरकारीबीच समन्वय र सहकार्य जरुरी रहेको बताएका छन् । आज गृह मन्त्रालयमा आयोजित कार्यक्रममा गृहमन्त्री लेखकले संघ, प्रदेश र स्थानीय सरकारको क्षेत्राधिकार बाँडफाँटमा पनि विपद् व्यवस्थापन तीन वटै तहको कार्यक्षेत्रमा पर्ने बताएका हुन् । 'हामी उच्च जोखिमपूर्ण भूगोलमा छौँ,' उनले भने, 'विपद्को सामाना र ...
भारतको गुजरातबाट पाँच नेपाली मजदुरको उद्धार
— चन्द्रागिरि नगरपालिकाको नगरसभाले आर्थिक वर्ष २०८२ /८३ को लागि कूल २ अर्ब ९३ करोड ४६ लाख बजेट बहुमतले पारित गरेको छ । नगरसभाको १६औं अधिवेशनले चालुखर्चतर्फ १ अर्ब २२ करोड ७८ लाख र पुँजीगत खर्च १ अर्ब ७० करोड ६८ लाख रहेको छ । सभामा नगरप्रवक्ता कृष्णप्रसाद खड्गीले सो बजेट तथा कार्यक्रम प्रस्तुत गरेका ...
— मधेश सरकारले संसद् छलेर ल्याएको योजना सार्वजनिक भएको छ । अर्थ मन्त्रालयले आफ्नो वेबसाइटमा ३०२ पृष्ठको पाँच लाखमुनिको योजना सार्वजनिक गरेको छ । यी सबै योजनाहरू योजना सूचना प्रणाली (पीएलएमबीएस) मा लक गरिएको छ । तर, सरकारले संसद्‍मा प्रस्तुत गरेको रेडबुक र सांसदलाई वितरण गर्दा समावेश गरिएको थिएन । चौतर्फी विरोध भएपछि सरकारले वेबसाइटमा अपलोड ...