मुख्य समाचार
भोटेकोशी नदीमा आएको बाढीबाट अवरुद्ध जलविद्युत् आयोजनामध्ये करिब ९० मेगावाट क्षमता बराबरको आयोजना सञ्चालनमा ल्याउन थालिएको बताए
भोटेकोशी नदीमा आएको बाढीबाट अवरुद्ध जलविद्युत् आयोजनामध्ये करिब ९० मेगावाट क्षमता बराबरको आयोजना सञ्चालनमा ल्याउन थालिएको बताए

— ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट अवरुद्ध जलविद्युत् आयोजनामध्ये करिब ९० मेगावाट क्षमता बराबरको आयोजना सञ्चालनमा ल्याउन थालिएको बताएका छन् ।


राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरुको सवालको जवाफ दिँदै मन्त्री खड्काले यस बाढीबाट क्षति पुगेका चिलिमे, देवीघाट, त्रिशूली, सूर्यकुण्ड, बुद्धभूमि, अपरमौलुङलगायतका कुल ९० मेगावाट क्षमता बराबरका जलविद्युत् आयोजना सञ्चालनमा ल्याइएको जानकारी दिए ।

उनले ६० मेगावाट क्षमताको त्रिशूली ‘ए’ जलविद्युत् आयोजना केही दिनमा नै सञ्चालन हुने जानकारी गराएका हुन् । यस्तै बढी क्षमताका आयोजनालाई चाँडो सञ्चालनमा ल्याउन काम सुरु भइसकेको मन्त्री खड्काको भनाइ थियो ।

'सबैभन्दा बढी क्षति भएको १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजना संरचनालाई सञ्चालनमा ल्याउन केही समय लाग्छ,' मन्त्री खड्काले भने, 'बाढीबाट उक्त आयोजनामा बढी क्षति पुगेको थियो । यसको ‘हेडवर्कस’मा पूर्णरुपले क्षति पुगेको छ । यसलाई सकेसम्म चाँडो सञ्चालनमा ल्याउनेगरी काम सुरु गरिसकेका छौँ ।'

सभाको अघिल्लो बैठकमा मन्त्री खड्काले रसुवा बाढीबाट त्रिशूली नदी करिडोरमा सञ्चालनमा रहेका विद्युत् आयोजना र प्रसारण संरचनामा गम्भीर क्षति हुँदा त्यसबाट करिब २६० मेगावाट राष्ट्रिय प्रसारण प्रणालीमा विच्छेद रहेको जानकारी दिएका थिए ।

उनले अहिले उक्त क्षेत्रमा बाढीको बहाव केही घट्दो क्रममा रहे पनि जोखिम यथावत् रहेको भन्दै सचेत रहन आग्रह गरे । विस्तृत अध्ययन तथा मूल्याङ्कन कार्य अघि बढाइएको जानकारी दिँदै मन्त्री खड्काले सावधानीका सबै उपाय अवलम्बन गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— गृह मन्त्रालयले अध्यागमन विभागको महानिर्देशक र अध्यागमन कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रमुखलाई सरुवा गरेको छ । विभागका महानिर्देशक गोविन्दप्रसाद रिजाललाई गृह मन्त्रालयले सरुवा गरेको छ । रिजालको स्थानमा गृह मन्त्रालयका रामचन्द्र तिवारीलाई पठाइएको छ । तिवारी गृह मन्त्रालयमा प्रवक्ता तथा शान्ति सुरक्षा महाशाखा प्रमुखको भूमिकामा थिए । विमानस्थलको प्रमुख विष्णुप्रसाद कोइरालालाई पनि गृह मन्त्रालयले सरुवा गरेको ...
— गृहमन्त्री रमेश लेखकले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा तीनै तहका सरकारीबीच समन्वय र सहकार्य जरुरी रहेको बताएका छन् । आज गृह मन्त्रालयमा आयोजित कार्यक्रममा गृहमन्त्री लेखकले संघ, प्रदेश र स्थानीय सरकारको क्षेत्राधिकार बाँडफाँटमा पनि विपद् व्यवस्थापन तीन वटै तहको कार्यक्षेत्रमा पर्ने बताएका हुन् । 'हामी उच्च जोखिमपूर्ण भूगोलमा छौँ,' उनले भने, 'विपद्को सामाना र ...
भारतको गुजरातबाट पाँच नेपाली मजदुरको उद्धार
— आठ वर्षीया बालिकालाई बलात्कारपछि हत्या गरेको अभियोगमा रुपन्देहीको मर्चवारी–१, खुरखुरियाका अहमद अली दर्जीलाई जिल्ला अदालतले आजीवन कैद फैसला सुनाएको छ । तीन दिनअघि जिल्ला न्यायाधीश अशोककुमार बस्नेतको इजलासले दर्जीलाई आजीवन कैद हुने फैसला सुनाएको अदालतले जनाएको छ । जिल्ला अदालतका सूचना अधिकारी पदम अर्यालका अनुसार प्रतिवादी अकबर अलि भनिने दर्जीलाई मुलुकी अपराध संहिता २०७४ को दफा ...
— चन्द्रागिरि नगरपालिकाको नगरसभाले आर्थिक वर्ष २०८२ /८३ को लागि कूल २ अर्ब ९३ करोड ४६ लाख बजेट बहुमतले पारित गरेको छ । नगरसभाको १६औं अधिवेशनले चालुखर्चतर्फ १ अर्ब २२ करोड ७८ लाख र पुँजीगत खर्च १ अर्ब ७० करोड ६८ लाख रहेको छ । सभामा नगरप्रवक्ता कृष्णप्रसाद खड्गीले सो बजेट तथा कार्यक्रम प्रस्तुत गरेका ...