मुख्य समाचार
स्पेन भ्रमणका क्रममा भिजिट भिसामा मान्छेहरू छोडेर आएको आरोप लगाउने सांसदले नै आत्मालोचना गरिसकेको बताए
स्पेन भ्रमणका क्रममा भिजिट भिसामा मान्छेहरू छोडेर आएको आरोप लगाउने सांसदले नै आत्मालोचना गरिसकेको बताए

— सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणका क्रममा भिजिट भिसामा मान्छेहरू छोडेर आएको आरोप लगाउने सांसदले नै आत्मालोचना गरिसकेको बताएका छन्।


सिंहदरबारमा पत्रकार सम्मेलनका क्रममा बोल्दै उनले प्रधानमन्त्री ओलीसँग स्पेन भ्रमणमा गएका केही मानिसहरू नफर्किएको भन्ने आरोप निराधार रहेको बताए । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले संसदमा प्रधानमन्त्रीसँगै गएका केही मानिसहरू प्रधानमन्त्रीले स्पेनमै छोडेर आएको आरोप लगाएकी थिइन्। आरोप लगाएको भोलिपल्ट सभाको बैठकमा आफूले प्रधानमन्त्रीसँग गएका मानिसहरू नफर्किएको नभनेको बताएकी थिइन्। त्यसपछि लगातार यसबारेमा प्रश्न उठ्दै आएको छ।

यद्यपि सरकारले प्रधानमन्त्री सहभागी हुने कार्यक्रममा भिजिट भिसामार्फत् गएर नफर्किएका मानिसहरू हुनसक्ने भन्दै अनुसन्धान सुरु गरिसकेको छ। प्रधानमन्त्रीको नेतृत्वमा गएका सबै फर्किएको पनि सरकारको दाबी छ। सोही सम्बन्धमा सञ्चारकर्मीहरूले गरेका प्रश्नमा सञ्चारमन्त्री गुरुङले प्रधानमन्त्रीसँग कति जना जाने भन्ने आचारसंहिता नै रहेको र भ्रम फैलाइएकोमा सांसद स्वयंले आत्मालोचना गरिसकेको बताए ।

उनले भने, 'संसदमा प्रश्न गर्नुभएको माननीयज्यूले एक खालको आत्मालोचना गर्नुभएको छ। मैले त्यसो भनेको होइन भनेको होइन भन्नुभएको छ। प्रधानमन्त्रीले लिएर गए र छोडेर आए भन्ने प्रश्न थियो। सम्माननीय प्रधानमन्त्रीज्यूको आचारसंहिता नै छ—कति जना लैजाने, के लैजाने भन्ने। राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री बाहिर जाँदा २१ जना भन्दा बढी नलैजाने भन्ने छ।’

मन्त्री गुरुङले स्पेन भ्रमणका क्रममा संयुक्त राष्ट्र संघको कार्यक्रममा सरकारी सूचीबाट बाहिर रहेर गएका तर नफर्किएकाहरूको बारेमा सरकारले अनुसन्धान गरिरहेको बताएका छन्। प्रधानमन्त्रीसँग गएको मान्छे छोडेर आएको कुरा ३२ सै आना गलत भएको बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— गृह मन्त्रालयले अध्यागमन विभागको महानिर्देशक र अध्यागमन कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रमुखलाई सरुवा गरेको छ । विभागका महानिर्देशक गोविन्दप्रसाद रिजाललाई गृह मन्त्रालयले सरुवा गरेको छ । रिजालको स्थानमा गृह मन्त्रालयका रामचन्द्र तिवारीलाई पठाइएको छ । तिवारी गृह मन्त्रालयमा प्रवक्ता तथा शान्ति सुरक्षा महाशाखा प्रमुखको भूमिकामा थिए । विमानस्थलको प्रमुख विष्णुप्रसाद कोइरालालाई पनि गृह मन्त्रालयले सरुवा गरेको ...
— गृहमन्त्री रमेश लेखकले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा तीनै तहका सरकारीबीच समन्वय र सहकार्य जरुरी रहेको बताएका छन् । आज गृह मन्त्रालयमा आयोजित कार्यक्रममा गृहमन्त्री लेखकले संघ, प्रदेश र स्थानीय सरकारको क्षेत्राधिकार बाँडफाँटमा पनि विपद् व्यवस्थापन तीन वटै तहको कार्यक्षेत्रमा पर्ने बताएका हुन् । 'हामी उच्च जोखिमपूर्ण भूगोलमा छौँ,' उनले भने, 'विपद्को सामाना र ...
भारतको गुजरातबाट पाँच नेपाली मजदुरको उद्धार
— आठ वर्षीया बालिकालाई बलात्कारपछि हत्या गरेको अभियोगमा रुपन्देहीको मर्चवारी–१, खुरखुरियाका अहमद अली दर्जीलाई जिल्ला अदालतले आजीवन कैद फैसला सुनाएको छ । तीन दिनअघि जिल्ला न्यायाधीश अशोककुमार बस्नेतको इजलासले दर्जीलाई आजीवन कैद हुने फैसला सुनाएको अदालतले जनाएको छ । जिल्ला अदालतका सूचना अधिकारी पदम अर्यालका अनुसार प्रतिवादी अकबर अलि भनिने दर्जीलाई मुलुकी अपराध संहिता २०७४ को दफा ...
— चन्द्रागिरि नगरपालिकाको नगरसभाले आर्थिक वर्ष २०८२ /८३ को लागि कूल २ अर्ब ९३ करोड ४६ लाख बजेट बहुमतले पारित गरेको छ । नगरसभाको १६औं अधिवेशनले चालुखर्चतर्फ १ अर्ब २२ करोड ७८ लाख र पुँजीगत खर्च १ अर्ब ७० करोड ६८ लाख रहेको छ । सभामा नगरप्रवक्ता कृष्णप्रसाद खड्गीले सो बजेट तथा कार्यक्रम प्रस्तुत गरेका ...