मुख्य समाचार
क्रोएसियाली कप्तान लुका मोड्रिचले एसी मिलानसँग एक वर्षको अनुबन्ध
क्रोएसियाली कप्तान लुका मोड्रिचले एसी मिलानसँग एक वर्षको अनुबन्ध

— क्रोएसियाली कप्तान लुका मोड्रिचले सोमबार एसी मिलानसँग एक वर्षको अनुबन्ध गरेको इटालीको सिरी ‘ए’ क्लबले जनाएको छ । गत साता मात्रै मिलानका प्रशिक्षक मासिमिलियानो एलेग्रीले सन् २०१८ को बालोन डी’अर विजेता ३९ वर्षीय खेलाडी रियल म्याड्रिडबाट सान सिएरो आउने बताएका थिए ।


उनी सेप्टेम्बरमा ४० वर्षमा पुग्नेछन् । सन् २०१२ मा उनी टोटनहमबाट रियल गएका थिए । रियलसँगको अनुबन्ध यो सिजन समाप्त भएसँगै स्पेन छाड्ने घोषणा गरेपछि उनी इटाली जाने सम्भावना रहेको बताइएको थियो । उनी मिलान पुगिसकेका छन् ।

कुल १९ पल्टको सिरी ‘ए’ विजेता क्लबले भनेको छ, ‘सन् २०२६ को जुन ३० सम्म मोड्रिचले क्लबसँग अनुबन्ध गरेका छन् र यो घोषणा गर्न पाउँदा हामी खुसी छौं । यो सम्झौताअनुसार अनुबन्ध एक वर्ष बढाउन सकिनेछ ।’ मोड्रिच आफैंले पनि मिलानसँग आबद्ध हुन पाएको खुसी व्यक्त गरेका छन् ।

उनले भनेका छन्, ‘मैल मिलानमा आफ्नो खेलजीवनको नयाँ अध्याय सुरु गर्दै छु र म यसका लागि खुसी छु ।’ एलेग्रीको नेतृत्वमा मिलानले सन् २०११ मा लिग उपाधि जितेको थियो । उनी सन् २०१० देखि २०१४ सम्म मिलानमा थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। एसियन गेम्सको महिला क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले चीनलाई १९ रनले पराजित गरेको छ । नेपालले दिएको १२६ रनको लक्ष्य पछ्याएको चीनले २० ओभरमा ५ विकेट गुमाएर १०६ रन बनायो । कप्तान झु मिङ्गेले सर्वाधिक ३० रन बनाइन् । वान हुइङले २१ रन बनाइन् । वेइ हाइटिङले १८ तथा लि जियापिङले १५ रन ...
। पानामाले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । टोलीमा जोसे कोर्डोबा समावेश छन् । २४ वर्षीय डिफेन्डर कोर्डोबा इंग्लिस क्लब नर्विच सिटीबाट खेल्दै आएका छन् र टोलीमा रहेका एकमात्र बेलायतमा खेल्ने खेलाडी हुन् । पानामा समूह ‘एल’ मा रहेको छ, जहाँ उसले इङ्ल्यान्ड, क्रोएसिया र घानासँग प्रतिस्पर्धा गर्नेछ । इंग्ल्यान्डविरुद्धको ...
। अमेरिकाले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । प्रशिक्षक माउरिसियो पोचेटिनोले टोलीमा टायलर एडम्स र एनटनी रोबिन्सनलाई समेटेका छन् । साथै क्रिस्टियन पुलिसिक, वेस्टन म्याककेनी, जियो रेना र हाजी राइट पनि टोलीमा परेका छन् । आयोजक अमेरिकाले समूह ‘डी’ मा जुन १३ मा पाराग्वे विरुद्ध पहिलो खेल खेल्नेछ । त्यसपछि ...
। मोरक्कोले फिफा विश्वकप २०२६ का लागि आफ्नो अन्तिम टोली घोषणा गरेको छ । टोलीमा कप्तान अचरफ हाकिमी चोटका बाबजुद समावेश भएका छन् । अचरफ हाकिमी अप्रिलमा बायर्न म्युनिखविरुद्धको च्याम्पियन्स लिग सेमिफाइनलमा घाइते भएपछि मैदानबाहिर छन् । तर उनलाई विश्वकप टोलीमा स्थान दिइएको छ । टोलीमा नुसाएर मजराउई, इसा डियोप, ब्राहिम डियाज, सोफियान अम्राबात र बिलाल एल ...
। फिफा विश्वकप २०२६ का लागि स्पेनको अन्तिम टोली घोषणा भएको छ । घोषित टोलीमा रियल मड्रिडका कुनै पनि खेलाडी परेका छैनन् । विश्वकप इतिहासमा पहिलो पटक स्पेनको टोलीमा रियल मड्रिडका एक जना पनि खेलाडी नपरेका हुन् । चोटका कारण डानी कार्भाजाल बाहिर छन् भने डिन हुइसेन पनि अन्तिम टोलीमा अटाएनन् । यता ला लिगा च्याम्पियन बार्सिलोनाबाट ...