मुख्य समाचार
इजरायलले पूर्वी लेबनानको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा कम्तीमा १२ जनाको मृत्यु
इजरायलले पूर्वी लेबनानको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा कम्तीमा १२ जनाको मृत्यु

— इजरायलले पूर्वी लेबनानको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा कम्तीमा १२ जनाको मृत्यु भएको लेबनानको सरकारी समाचार संस्था नेसनल न्युज एजेन्सी (एनएनए) ले जनाएको छ । इजरायली सेनाले लेबनानको लडाकु समूह हिजबुल्लाहका लक्ष्यमा प्रहार गरेको पुष्टि गरेको छ । मृतकमध्ये सात जना सिरियाली छन् । आक्रमणमा परी आठ जना घाइते भएका छन् ।


इजरायली सेनाले एक विज्ञप्ति जारी गर्दै ‘हिजबुल्लाहको रेडवान बल’ विरुद्ध ‘हवाई हमला’ गरिएको उल्लेख गरेको छ । हमलामा ‘आतंकवादी आक्रमणको योजना बनाउने र कार्यान्वयन गर्ने’ प्रशिक्षण केन्द्रहरूलाई निसाना बनाएको इजरायली सेनाले दाबी गरेको छ । तर, लेबनानी सञ्चार संस्थाले उत्तरी बेका उपत्यकाको वादी फराहस्थित सिरियाबाट विस्थापितहरूको एक शिविरमा हवाई हमला गरिएको र त्यसमा १२ जनाको मृत्यु भएको दाबी गरेको छ ।

इजरायल र हिजबुल्लाहबीच नोभेम्बरमा युद्धविराम सम्झौता भए पनि इजरायली आक्रमणहरू जारी छन् । युद्धविराम सम्झौताअनुसार हिजबुल्लाहले आफ्ना लडाकु लितानी नदीको उत्तरतर्फ सीमित गर्नुपर्ने र इजरायलले पाँच वटा रणनीतिक स्थानबाहेक अन्य स्थानबाट सेना फिर्ता गर्नुपर्ने थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— सिड्नीको बोन्डाइ तटमा आयोजित यहूदी समुदायको हनुक्का कार्यक्रममा गोली चलाएको अभियोगमा पक्राउ परेका व्यक्तिमाथि प्रहरीले ५९ वटा मुद्दा दर्ता गरेको छ । न्यु साउथ वेल्स प्रहरीले उनीविरूद्ध दर्ता गरेका मुद्दामध्ये १५ वटा हत्या अभियोगका छन् । त्यस्तै हत्या गर्ने नियतले गम्भीर शारीरिक क्षति पुर्‍याएको अभियोगमा ४० वटा मुद्दा दर्ता भएका छन् । यसबाहेक आतङ्कवादी गतिविधि गरेको, ...
— आर्टिक क्षेत्रमा तापक्रम अनपेक्षित ढंगले बढ्दै गएको एक नयाँ रिपोर्टले देखाएको छ । जसकारण, यहाँ हिउँ लगातार पग्लिरहेको छ । अमेरिकाको राष्ट्रिय ओशानिक एन्ड एटमस्फेरिक एडमिनिस्ट्रेशन (एनओएए) ले मंगलबार सार्वजनिक गरेको रिपोर्टअनुसार अक्टुबर २०२४ र सेप्टेम्बर २०२५ मा आर्टिक क्षेत्रमा सन् १९०० यताकै सबैभन्दा ठूलो गर्मी मापन भएको थियो । पृथ्वीका बाँकी क्षेत्रको दाँजोमा यहाँ ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएला प्रवेश गर्ने तथा त्यहाँबाट बाहिरिने सबै प्रतिबन्धित तेल ट्याङ्करहरूमाथि पूर्ण नाकाबन्दी लगाउन आदेश दिएका छन्। राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै भेनेजुएलालाई आतंकवाद,लागुपदार्थ तस्करी र मानव बेचबिखनमा संलग्न रहेको आरोप लगाएका छन्। उनले आफ्नो पोस्टमा लेखेका छन्, 'भेनेजुएलाले क्षेत्रीय र अन्तर्राष्ट्रिय सुरक्षामा गम्भीर खतरा उत्पन्न गरिरहेको छ। त्यसैले भेनेजुएला ...
— उत्तरी इटालीस्थित स्टेल्भियो राष्ट्रिय निकुञ्जमा डाइनासोरका हजारौं पदचिन्ह फेला परेका छन् । यी पदचिन्ह झन्डै २१ करोड वर्ष पुरानो हुनसक्ने अनुसन्धानकर्ताहरुले बताएका छन् । केही पदचिन्ह ४० सेन्टिमिटरसम्मका छन् । यी पदचिन्हहरु मिलेर बसेका छन् र धेरैमा औंला तथा नङ्ग्राका स्पष्ट चिन्ह देखिन्छन् । मिलानको उत्तर–पूर्वमा रहेको उक्त निकुञ्जभित्र गत सेप्टेम्बरमा फोटोग्राफर इलियो डेल्ला ...
'अपरेसन ब्लूबर्ड'ले 'ट्विटर' ब्रान्ड दाबी गरेपछि एकाधिकार जोगाउन 'एक्स'को कानुनी दौडधुप