मुख्य समाचार
प्यूठानमा घाँटी रेटी एक महिलाको हत्या
प्यूठानमा घाँटी रेटी एक महिलाको हत्या

— प्यूठानमा धारिलो हतियार प्रहार गरी एक महिलाको हत्या भएको छ । जिल्लाको सरूमारानी गाउँपालिका ३ गोठेरी बस्ने २८ वर्षीय रूकमनी बरालको घाँटी रेटी हत्या भएको हो ।


ऐरावती गाउँपालिका–२ कात्तिके बस्ने ३० वर्षीय लिला बहादुर बरालले रूकमनीको घाँटी रेटी हत्या गरेका हुन् । हत्या गर्ने बराललाई प्रहरी चौकी बड्डाडा र ईलाका प्रहरी कार्यालय बिजबारबाट खटिएको प्रहरीले नियन्त्रणमा लिएको छ ।

मंगलबार बिहान १० बजेर १० मिनेटमा स्थानीय डिला परियारको घरमा रूकमनीको हत्या भएको स्थानीय दलित वडा सदस्य आशा बिकले जानकारी दिएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी निरीक्षक निरञ्जन रिजालले जानकारी दिए ।

हत्यामा संलग्न लिलाबहादुर बराल र रूकमनी बराल पूर्व श्रीमान्–श्रीमती हुन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— गृह मन्त्रालयले अध्यागमन विभागको महानिर्देशक र अध्यागमन कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रमुखलाई सरुवा गरेको छ । विभागका महानिर्देशक गोविन्दप्रसाद रिजाललाई गृह मन्त्रालयले सरुवा गरेको छ । रिजालको स्थानमा गृह मन्त्रालयका रामचन्द्र तिवारीलाई पठाइएको छ । तिवारी गृह मन्त्रालयमा प्रवक्ता तथा शान्ति सुरक्षा महाशाखा प्रमुखको भूमिकामा थिए । विमानस्थलको प्रमुख विष्णुप्रसाद कोइरालालाई पनि गृह मन्त्रालयले सरुवा गरेको ...
— गृहमन्त्री रमेश लेखकले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा तीनै तहका सरकारीबीच समन्वय र सहकार्य जरुरी रहेको बताएका छन् । आज गृह मन्त्रालयमा आयोजित कार्यक्रममा गृहमन्त्री लेखकले संघ, प्रदेश र स्थानीय सरकारको क्षेत्राधिकार बाँडफाँटमा पनि विपद् व्यवस्थापन तीन वटै तहको कार्यक्षेत्रमा पर्ने बताएका हुन् । 'हामी उच्च जोखिमपूर्ण भूगोलमा छौँ,' उनले भने, 'विपद्को सामाना र ...
भारतको गुजरातबाट पाँच नेपाली मजदुरको उद्धार
— आठ वर्षीया बालिकालाई बलात्कारपछि हत्या गरेको अभियोगमा रुपन्देहीको मर्चवारी–१, खुरखुरियाका अहमद अली दर्जीलाई जिल्ला अदालतले आजीवन कैद फैसला सुनाएको छ । तीन दिनअघि जिल्ला न्यायाधीश अशोककुमार बस्नेतको इजलासले दर्जीलाई आजीवन कैद हुने फैसला सुनाएको अदालतले जनाएको छ । जिल्ला अदालतका सूचना अधिकारी पदम अर्यालका अनुसार प्रतिवादी अकबर अलि भनिने दर्जीलाई मुलुकी अपराध संहिता २०७४ को दफा ...
— चन्द्रागिरि नगरपालिकाको नगरसभाले आर्थिक वर्ष २०८२ /८३ को लागि कूल २ अर्ब ९३ करोड ४६ लाख बजेट बहुमतले पारित गरेको छ । नगरसभाको १६औं अधिवेशनले चालुखर्चतर्फ १ अर्ब २२ करोड ७८ लाख र पुँजीगत खर्च १ अर्ब ७० करोड ६८ लाख रहेको छ । सभामा नगरप्रवक्ता कृष्णप्रसाद खड्गीले सो बजेट तथा कार्यक्रम प्रस्तुत गरेका ...