मुख्य समाचार
ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको ‘रवैया’ ले आफू उनीप्रति निराश भएको टिप्पणी
ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको ‘रवैया’ ले आफू उनीप्रति निराश भएको टिप्पणी

— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको ‘रवैया’ ले आफू उनीप्रति निराश भएको टिप्पणी गरेका छन् । बीबीसीसँगको विशेष टेलिफोन अन्तर्वार्तामा ट्रम्पले भनेका छन्, ‘तर उनीसँगको सम्बन्ध टुटेको भने होइन ।’ त्यसो त उनले आफूले कसैमाथि पूर्ण भरोसा नगर्ने पनि थपे ।


‘हामी निकै दुःखी छौं, म रुससँग दुःखी छु । यदि ५० दिनमा शान्ति सम्झौता भएन भने हामी धेरै कडा भन्सार शुल्क लगाउने छौं, लगभग एक सय प्रतिशत,’ राष्ट्रपति ट्रम्पले भने, ‘रुस र युक्रेनसँगको यो युद्धमा हामीले लगभग ३ खर्ब ५० अर्ब डलर खर्च गरिसकेका छौं र यो अन्त्य भएको हेर्न चाहन्छौं । किनकि यो मेरो युद्ध थिएन, यो बाइडेनको युद्ध थियो ।’ ट्रम्पले सोमबार नै नाटोले अमेरिकाबाट हतियार खरिद गर्ने र त्यो युक्रेनका लागि वितरण गर्ने गरी एउटा सम्झौता पनि गरेका छन् ।

ह्वाइट हाउसस्थित ओभल अफिसबाट भएको २० मिनेट लामो उक्त अन्तर्वार्ता ट्रम्पले युक्रेनलाई हतियार पठाउने योजना र रुसमाथि ५० दिनभित्र युद्धविराम सम्झौता नभए कर एक सय प्रतिशत लगाउने चेतावनी दिएको केही घण्टापछि लिइएको हो । अमेरिकी राष्ट्रपति ट्रम्प अब के रुसी राष्ट्रपति पुटिनसँग साँच्चै अघाएका नै हुन् त ? ‘हो, म उनीप्रति निराश भएको पक्कै हुँ तर यतिमा नै बिच्किसकेको अवस्था भने हैन ।’

युक्रेनसँगको लडाइँ अन्त्य गर्दै पुटिनलाई ‘रक्तपात रोकाउन’ के काम भइरहेको छ भन्ने प्रश्नमा राष्ट्रपति ट्रम्पले भने, ‘हामी यसमा काम गरिरहेका छौं । मलाई लाग्छ, हामी यो काम पूरा गर्न नजिक–नजिक पुगिसकेका छौं ।’

त्यसो त उनले अझै पनि पुटिनले आफूसँग युद्धविरामका विषयमा कुराकानी गर्दा निकै सकारात्मक र मीठा कुरा गर्ने गरेको उल्लेख गर्दै थपे, ‘कुरा गर्दा पुटिनले आफू पनि शान्ति सम्झौताको पक्षमा नै रहेको जिकिर त गर्छन् तर लगत्तै किभका भवन ढाल्न पनि उद्यत देखिने गरेका छन् ।’

Hope IVF
Global IME Updated May 12
Sunrise bank
ट्रम्पले कुराले मात्रै ठिक्क पार्नेभन्दा युद्धका मूल कारणहरू नै पत्ता लगाएर समाधानको बाटोतर्फ लाग्न जोड दिए । रुसले हालैका सातामा पनि युक्रेनी सहरहरूमा ड्रोन र मिसाइल आक्रमणलाई निरन्तरता दिइरहेको छ ।

सोमबार मात्रै नाटो महासचिव मार्क रुटसँग ओभल अफिसमा भेटवार्ता गरेपछि ट्रम्प एकाएक रुसप्रति खनिएका हुन् । उनले नाटोको समर्थनमा पनि शब्द खर्चिएका छन् । यसअघि उनी नाटोप्रति पनि आक्रमक देखिँदै आएका थिए ।




‘नाटो अब पहिलेको जस्तो छैन किनभने यसका सदस्य राष्ट्रहरूले आफ्नो रक्षा खर्च ५ प्रतिशतसम्म बढाउन सहमत भएका छन्,’ ट्रम्पले साना देशलाई ठूला देशहरूविरुद्ध रक्षा गर्न पनि सामूहिक रक्षाको अवधारणालाई आत्मसात् गर्नुपर्ने बताउँछन् । ट्रम्पले बेलायतका प्रधानमन्त्री कियर स्टार्मरको पनि प्रशंसा गर्न भ्याए । ‘उनी उदारवादलाई मान्ने भए पनि मलाई धेरै मन पर्छ,’ उनले बेलायतसँगको विशेष सम्बन्ध र व्यापार सम्झौताको पनि उल्लेख गर्दै बेलायतले ब्रेक्जिटको पूर्ण उपयोग नगरेको तर अब सुधार हुँदै गएको बीबीसीसँगको अन्तर्वार्तामा बताए ।

पछिल्लो समय नयाँ कर लागू गर्ने धम्की दिएर विश्वभरका देशलाई चिढाएका अमेरिकी राष्ट्रपति ट्रम्प यति बेला सम्बन्ध सुधार गर्ने र वार्ताबाट नयाँ सम्झौताका लागि ती देशका प्रमुखहरूलाई दबाब दिने नीतिमा छन् । यही सिलसिलामा उनले सेप्टेम्बरमा बेलायतको दोस्रो राजकीय भ्रमण गर्दै छन् ।

क्यानडाबारे भने उनले ‘वार्ता गरिरहेकाले राम्रोसँग समस्या समाधान हुने’ उल्लेख गरे । घरेलु एजेन्डामा ट्रम्पले अमेरिका–मेक्सिको सीमामा अवैध आप्रवासन घटेकामा पनि खुसी व्यक्त गरेका छन् । उनले आप्रवासीहरूलाई तेस्रो मुलुकमा निर्वासन गर्ने नीतिमा सफलता प्राप्त गरेको र कर तथा खर्चसम्बन्धी विधेयकलाई ‘इतिहासकै ठूलो कर कटौती’ भन्दै प्रशंसा गरे ।

ट्रम्पले आफ्नो विरासतलाई ‘अमेरिकाको पुनरुद्धार’ का रूपमा परिभाषित गर्दै थपे, ‘एक वर्षअघि अमेरिका मृत थियो, अब यो देश महान् बनेको छ ।’ गत साता अमेरिकी विदेशमन्त्री मार्को रुबियोले रुसी समकक्षी सेर्गेई लाभरोभसँगको भेटका क्रममा शान्ति वार्तामा प्रगति नभएकामा अमेरिकी राष्ट्रपति ट्रम्पको ‘निराशा र हताशा’ प्रतिध्वनित गरेको बताएका थिए ।

लाभरोभसँगको भेटपछि गत जुलाई १० मा मलेसियाको क्वालालम्पुरमा पत्रकारसँग कुरा गर्दै रुबियोले रुस र युक्रेनबीचको द्वन्द्वको नतिजा खोज्नमा सबै पक्षलाई संलग्न गराउन अमेरिकाको रणनीति रहेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फासीवाद विरोधी समूह एन्टिफा (फासीवाद विरोधी)लाई आतंकवादी संगठन घोषणा गरेका छन्। एन्टिफाका सदस्य वा यस विचारधारासँग सम्बन्धित व्यक्तिहरूले नव–नाजीवाद, नव–फासीवाद, गोरा सर्वोच्चतावाद र जातीय भेदभाव जस्ता रूढिवादी अति दक्षिणपन्थी विचारधाराविरुद्ध आवाज उठाउँदै आएका छन्। ट्रम्पले सामाजिक सञ्जालमा पोस्ट गर्दै भने,ʻम एक खतरनाक र कट्टरपन्थी वामपन्थी संगठन एन्टिफालाई एक प्रमुख आतंकवादी संगठनको रूपमा ...
: गाजा शहरबाट प्यालेस्टिनीहरूको पलायन जारी छ। एक दिनअघि इजरायलले गाजा सहर कब्जा गर्ने उद्देश्यले आक्रमण सुरु गरेको घोषणा गरेपछि हजारौँ प्यालेस्टिनीहरूले सहर छोड्न थालेका छन्। रातभर बमबारीका बीचमा गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले तीन अलग–अलग आक्रमणमा बाल अस्पताललाई लक्षित गरिएको बताएको छ। मन्त्रालयका अनुसार अस्पतालका आधा बिरामी र उनीहरूका परिवार भाग्न बाध्य भएका ...
: भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको जन्मदिनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फोन गरेर शुभकामना दिएका छन्। भारतीय प्रधानमन्त्री मोदीलाई फोनबाट शुभकामना दिएको ट्र्म्पले जानकारी दिएका छन्। उनले सोही क्रममा रुस र युक्रेन युद्धबारे पनि आफूहरूबिच छलफल भएको बताएका छन्। ट्रम्पले ट्रुथ सोसलमा पोस्ट गर्दै भनेका छन्,'मेरो साथी प्रधानमन्त्री नरेन्द्र मोदीसँग फोनमा धेरै राम्रो कुराकानी भयो। मैले ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सम्पत्तिबारे अष्ट्रेलियाका पत्रकारले सोधेको प्रश्नको कडा जफा दिएका छन्। एक अष्ट्रेलियाका पत्रकारले राष्ट्रपति ट्रम्पलाई राष्ट्रपतिको कार्यकाल सुरू भएदेखि तपाईं कति धनी भन्दै प्रश्न गरेका थिए। त्यसको जवाफमा ट्रम्पले प्रश्नले नै अष्ट्रेलियालाई ठूलो चोट पु्र्‍याएको प्रतिक्रिया दिएका छन्। उनले भने,'मेरो विचारमा तपाईं अहिले अष्ट्रेलियालाई धेरै क्षति पुर्‍याइरहनु भएको छ।' अष्ट्रेलियाका ब्रोडकास्टिङ ...
: अमेरिकी सेनाले अन्तर्राष्ट्रिय पानी सीमामा भेनेजु्एलाको लागुऔषध बोकेको डुंगामा आक्रमण गरी ध्वस्त बनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकातर्फ गइरहेको उक्त डुंगा आक्रमण गरी ध्वस्त बनाएको बताएका छन्। ट्रमका अनुसार उक्त घटनामा तीनजनाको मृत्यु भएको छ। उनले यो कारवाही 'हिंसक लागुऔषध तस्करी गिरोह'विरुद्ध भएको दावी गरेका छन्। यद्दपि उनले डुंगामा लागुऔषध रहेको कुनै प्रमाण दिएका ...