मुख्य समाचार
दुई ठूला राजनीतिक दलहरु मिलेकाले तीनै तहका सरकार स्थिर भए पनि काममा केही गुनासाहरु रहेको बताए
दुई ठूला राजनीतिक दलहरु मिलेकाले तीनै तहका सरकार स्थिर भए पनि काममा केही गुनासाहरु रहेको बताए

— नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले दुई ठूला राजनीतिक दलहरु मिलेकाले तीनै तहका सरकार स्थिर भए पनि काममा केही गुनासाहरु रहेको बताएका छन् ।


उनले अहिले राजनीतिक स्थिरता भए पनि डेलिभरी भएन भन्ने गुनासाहरु रहेको बताउँदै सत्तामा रहेका राजननीतिकर्मीबाटै असन्तुष्टि बाँड्ने काम भइरहेको बताए ।

‘नेपाली कांग्रेस र नेकपा एमाले मिल्दा अहिले संघदेखि स्थानीय तहसम्मका सरकार स्थिर भएका छन्,’ कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा कार्यकर्ताहरुलाई सम्बोधन गर्दै उपसभापति खड्काले भने, ‘चिया–चौतारीहरुमा बसेर असन्तुष्टि बाँड्ने काम भइरहेको छ ।’

उनले केन्द्रमा सात दिनसम्म चलेको बैठकले सर्वसम्मत निर्णय गरेको र उक्त बैठक उपस्थिति, प्रस्तुति र निर्णयका हिसाबले ऐतिहासिक रहेको उनको दाबी छ । उनले बैठकमा संघीय, प्रदेश र स्थानीय तहका सरकारले गरिरहेका कामहरुको समीक्षा भएको बताए ।

‘पार्टी विधानले केन्द्रीय अनुशासन समितिले गरेको निर्णय चित्त नबुझ्‌ने व्यक्तिहरुले केन्द्रीय सभापतिमार्फत केन्द्रीय कार्यसमितिमा पुनरावेदन गर्न पाउने व्यवस्था छ,’ उनले भने ।

उपसभापति खड्काले क्रियाशिल सदस्यता वितरण, नवीकरणलगायतका विषयमा विधानले नै जिल्लालाई अधिकार दिएको बताउँदै सदस्यता वितरण, नवीकरणलगायतका कामलाई तत्काल अघि बढाउन निर्देशन दिए । ‘यो संगठनको नियमित गर्नुपर्ने पहिलो कर्तव्य हो,’ उनले भने, ‘पार्टी सदस्यता वितरण र नवीकरणलाई निरन्तर अभियानका रुपमा अघि बढाउनुहोस् ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— गृह मन्त्रालयले अध्यागमन विभागको महानिर्देशक र अध्यागमन कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रमुखलाई सरुवा गरेको छ । विभागका महानिर्देशक गोविन्दप्रसाद रिजाललाई गृह मन्त्रालयले सरुवा गरेको छ । रिजालको स्थानमा गृह मन्त्रालयका रामचन्द्र तिवारीलाई पठाइएको छ । तिवारी गृह मन्त्रालयमा प्रवक्ता तथा शान्ति सुरक्षा महाशाखा प्रमुखको भूमिकामा थिए । विमानस्थलको प्रमुख विष्णुप्रसाद कोइरालालाई पनि गृह मन्त्रालयले सरुवा गरेको ...
— गृहमन्त्री रमेश लेखकले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा तीनै तहका सरकारीबीच समन्वय र सहकार्य जरुरी रहेको बताएका छन् । आज गृह मन्त्रालयमा आयोजित कार्यक्रममा गृहमन्त्री लेखकले संघ, प्रदेश र स्थानीय सरकारको क्षेत्राधिकार बाँडफाँटमा पनि विपद् व्यवस्थापन तीन वटै तहको कार्यक्षेत्रमा पर्ने बताएका हुन् । 'हामी उच्च जोखिमपूर्ण भूगोलमा छौँ,' उनले भने, 'विपद्को सामाना र ...
भारतको गुजरातबाट पाँच नेपाली मजदुरको उद्धार
— आठ वर्षीया बालिकालाई बलात्कारपछि हत्या गरेको अभियोगमा रुपन्देहीको मर्चवारी–१, खुरखुरियाका अहमद अली दर्जीलाई जिल्ला अदालतले आजीवन कैद फैसला सुनाएको छ । तीन दिनअघि जिल्ला न्यायाधीश अशोककुमार बस्नेतको इजलासले दर्जीलाई आजीवन कैद हुने फैसला सुनाएको अदालतले जनाएको छ । जिल्ला अदालतका सूचना अधिकारी पदम अर्यालका अनुसार प्रतिवादी अकबर अलि भनिने दर्जीलाई मुलुकी अपराध संहिता २०७४ को दफा ...
— चन्द्रागिरि नगरपालिकाको नगरसभाले आर्थिक वर्ष २०८२ /८३ को लागि कूल २ अर्ब ९३ करोड ४६ लाख बजेट बहुमतले पारित गरेको छ । नगरसभाको १६औं अधिवेशनले चालुखर्चतर्फ १ अर्ब २२ करोड ७८ लाख र पुँजीगत खर्च १ अर्ब ७० करोड ६८ लाख रहेको छ । सभामा नगरप्रवक्ता कृष्णप्रसाद खड्गीले सो बजेट तथा कार्यक्रम प्रस्तुत गरेका ...