मुख्य समाचार
बिजयाटारमा एक सय १२ मिटर लामो झोलुङ्गे पुल
बिजयाटारमा एक सय १२ मिटर लामो झोलुङ्गे पुल

— पाँचथरको फालेलुङ गाउँपालिका वडा नम्बर ५ र ७ लाई सिमाना छुट्याएर बग्ने मुवा खोला बिजयाटार एकु दोभानमा १ सय १२ मिटर लामो झोलुङ्गे पुल निर्माण भएको छ ।


पूर्वाधार विकास कार्यालय पाँचथर र स्थानीय उपभोक्ताको लागत साझेदारीमा पुल निर्माण गरिएको हो ।

पूर्वाधार विकास कार्यालय पाँचथरको ४० लाख ६० हजार ६७, स्थानीय उपभोक्ताको १ लाख ४५ हजार ८ सय ५७ रुपैयाँ, २५ लाख ४४ हजार ८ सय रुपैयाँको जिन्सी र ५ लाख ४७ हजार १ सय ४९ रुपैयाँ बराबरको लट्ठासहितका सामग्री गरी कूल ७२ लाख ९२ हजार ८ सय ७६ रुपैंयाको लागतमा झुलुङ्गे पुल निर्माण भएको हो ।

झोलुङ्गे पुलबाट फालेलुङ गाउँपालिका ५ को लुमाङदिन, टेङगाबुङ, बाँस्बोटेसहित वडा नम्बर ७ को एकु र बाँस्बोटे क्षेत्रका नागरिकलाई आवागमनमा सुविधा भएको फालेलुङ गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ५ का अध्यक्ष भरतकुमार खपाङ्गीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— गृह मन्त्रालयले अध्यागमन विभागको महानिर्देशक र अध्यागमन कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रमुखलाई सरुवा गरेको छ । विभागका महानिर्देशक गोविन्दप्रसाद रिजाललाई गृह मन्त्रालयले सरुवा गरेको छ । रिजालको स्थानमा गृह मन्त्रालयका रामचन्द्र तिवारीलाई पठाइएको छ । तिवारी गृह मन्त्रालयमा प्रवक्ता तथा शान्ति सुरक्षा महाशाखा प्रमुखको भूमिकामा थिए । विमानस्थलको प्रमुख विष्णुप्रसाद कोइरालालाई पनि गृह मन्त्रालयले सरुवा गरेको ...
— गृहमन्त्री रमेश लेखकले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा तीनै तहका सरकारीबीच समन्वय र सहकार्य जरुरी रहेको बताएका छन् । आज गृह मन्त्रालयमा आयोजित कार्यक्रममा गृहमन्त्री लेखकले संघ, प्रदेश र स्थानीय सरकारको क्षेत्राधिकार बाँडफाँटमा पनि विपद् व्यवस्थापन तीन वटै तहको कार्यक्षेत्रमा पर्ने बताएका हुन् । 'हामी उच्च जोखिमपूर्ण भूगोलमा छौँ,' उनले भने, 'विपद्को सामाना र ...
भारतको गुजरातबाट पाँच नेपाली मजदुरको उद्धार
— आठ वर्षीया बालिकालाई बलात्कारपछि हत्या गरेको अभियोगमा रुपन्देहीको मर्चवारी–१, खुरखुरियाका अहमद अली दर्जीलाई जिल्ला अदालतले आजीवन कैद फैसला सुनाएको छ । तीन दिनअघि जिल्ला न्यायाधीश अशोककुमार बस्नेतको इजलासले दर्जीलाई आजीवन कैद हुने फैसला सुनाएको अदालतले जनाएको छ । जिल्ला अदालतका सूचना अधिकारी पदम अर्यालका अनुसार प्रतिवादी अकबर अलि भनिने दर्जीलाई मुलुकी अपराध संहिता २०७४ को दफा ...
— चन्द्रागिरि नगरपालिकाको नगरसभाले आर्थिक वर्ष २०८२ /८३ को लागि कूल २ अर्ब ९३ करोड ४६ लाख बजेट बहुमतले पारित गरेको छ । नगरसभाको १६औं अधिवेशनले चालुखर्चतर्फ १ अर्ब २२ करोड ७८ लाख र पुँजीगत खर्च १ अर्ब ७० करोड ६८ लाख रहेको छ । सभामा नगरप्रवक्ता कृष्णप्रसाद खड्गीले सो बजेट तथा कार्यक्रम प्रस्तुत गरेका ...