मुख्य समाचार
ट्रम्पले भारत र पाकिस्तानबीच आणविक युद्ध रोकेको दावी
ट्रम्पले भारत र पाकिस्तानबीच आणविक युद्ध रोकेको दावी

: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीच आणविक युद्ध रोकेको दावी गरेका छन्। नेटो महासचिव मार्क रटसँगको भेटमा ट्रम्पले आफूले युद्ध नरोकेको भए भारत-पाकिस्तानबिच आणविक युद्ध हुनसक्ने खतरा रहेको बताएका छन्।



उनले भनेका छन्,' मैले भारत र पाकिस्तानलाई भनेको थिएँ कि जबसम्म तपाईंहरू यो मुद्दा समाधान गर्नुहुन्न । तबसम्म हामी तपाईंहरूसँग व्यापारको बारेमा कुरा गर्ने छैनौं। त्यसपछि उनीहरू युद्ध रोक्न सहमत भएका हुन्।'



ट्रम्पले भारत र पाकिस्तानबिचको सैन्य युद्ध आफ्ना कारणले रोकिएको पटक पटक दावी गर्दै आएका छन्। तर, भारतले उनको दावीलाई अस्वीकार गर्दै आएको छ।




राष्ट्रपति ट्रम्पले पहिलो पटक मे १० मा सामाजिक प्लेटफर्म 'ट्र्थ सोसल'मा अमेरिकाको मध्यस्थतामा भएको वार्तापछि भारत र पाकिस्तान युद्धविराममा सहमत भएका हुन्। त्यतिबेलामा पनि भारतीय विदेश मन्त्रालयल भारत र पाकिस्तानबिच सैन्य द्वन्द्व रोक्न भएको सम्झौतालाई अस्वीकार गरेको थियो। ट्रम्पले अहिले फेरि त्यही कुरा दोर्‍याएका हुन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— सिड्नीको बोन्डाइ तटमा आयोजित यहूदी समुदायको हनुक्का कार्यक्रममा गोली चलाएको अभियोगमा पक्राउ परेका व्यक्तिमाथि प्रहरीले ५९ वटा मुद्दा दर्ता गरेको छ । न्यु साउथ वेल्स प्रहरीले उनीविरूद्ध दर्ता गरेका मुद्दामध्ये १५ वटा हत्या अभियोगका छन् । त्यस्तै हत्या गर्ने नियतले गम्भीर शारीरिक क्षति पुर्‍याएको अभियोगमा ४० वटा मुद्दा दर्ता भएका छन् । यसबाहेक आतङ्कवादी गतिविधि गरेको, ...
— आर्टिक क्षेत्रमा तापक्रम अनपेक्षित ढंगले बढ्दै गएको एक नयाँ रिपोर्टले देखाएको छ । जसकारण, यहाँ हिउँ लगातार पग्लिरहेको छ । अमेरिकाको राष्ट्रिय ओशानिक एन्ड एटमस्फेरिक एडमिनिस्ट्रेशन (एनओएए) ले मंगलबार सार्वजनिक गरेको रिपोर्टअनुसार अक्टुबर २०२४ र सेप्टेम्बर २०२५ मा आर्टिक क्षेत्रमा सन् १९०० यताकै सबैभन्दा ठूलो गर्मी मापन भएको थियो । पृथ्वीका बाँकी क्षेत्रको दाँजोमा यहाँ ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएला प्रवेश गर्ने तथा त्यहाँबाट बाहिरिने सबै प्रतिबन्धित तेल ट्याङ्करहरूमाथि पूर्ण नाकाबन्दी लगाउन आदेश दिएका छन्। राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै भेनेजुएलालाई आतंकवाद,लागुपदार्थ तस्करी र मानव बेचबिखनमा संलग्न रहेको आरोप लगाएका छन्। उनले आफ्नो पोस्टमा लेखेका छन्, 'भेनेजुएलाले क्षेत्रीय र अन्तर्राष्ट्रिय सुरक्षामा गम्भीर खतरा उत्पन्न गरिरहेको छ। त्यसैले भेनेजुएला ...
— उत्तरी इटालीस्थित स्टेल्भियो राष्ट्रिय निकुञ्जमा डाइनासोरका हजारौं पदचिन्ह फेला परेका छन् । यी पदचिन्ह झन्डै २१ करोड वर्ष पुरानो हुनसक्ने अनुसन्धानकर्ताहरुले बताएका छन् । केही पदचिन्ह ४० सेन्टिमिटरसम्मका छन् । यी पदचिन्हहरु मिलेर बसेका छन् र धेरैमा औंला तथा नङ्ग्राका स्पष्ट चिन्ह देखिन्छन् । मिलानको उत्तर–पूर्वमा रहेको उक्त निकुञ्जभित्र गत सेप्टेम्बरमा फोटोग्राफर इलियो डेल्ला ...
'अपरेसन ब्लूबर्ड'ले 'ट्विटर' ब्रान्ड दाबी गरेपछि एकाधिकार जोगाउन 'एक्स'को कानुनी दौडधुप