मुख्य समाचार
आवश्यक संरचना र पूर्वाधार निर्माणसहति मुस्ताङको कोराला नाका पूर्ण सञ्चालनको तयारी
आवश्यक संरचना र पूर्वाधार निर्माणसहति मुस्ताङको कोराला नाका पूर्ण सञ्चालनको तयारी

: प्रधानमन्त्री केपी शर्मा ओलीले आवश्यक संरचना र पूर्वाधार निर्माणसहति मुस्ताङको कोराला नाका पूर्ण सञ्चालनको तयारी भइरहेको बताएका छन्। मुस्ताङबाट प्रतिनिधित्व गर्ने सङ्घीय सांसद्सहित स्थानीय तहका जनप्रतिनिधिहरूसँग सोमबार राति प्रधानमन्त्री निवास,बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले यसबारे जानकारी गराएका हुन् ।



यही असार २४ गतेको गोसाइकुण्ड गाउँपालिका–२ मा आकस्मिक बाढीका कारण नेपाल–चीन जोड्ने नाका रसुवागढीस्थित भोटेकोशी नदीको मितेरी पुल बगाइ आवागमन बन्द भएकै दिन प्रधानमन्त्री ओलीले सो क्षेत्रको स्थलगत भ्रमण गरी वैकल्पिक मार्ग र नाका पूर्ण सञ्चालनका लागि सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएका थिए।



प्रधानमन्त्री ओलीले आफूले बेनीघाट–कोराला बाटो निर्माण सुरु गरेको, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मुक्तिनाको भ्रमण गराएको, मुक्तिनाथ केवलकार सञ्चालनका लागि प्रक्रिया अघि बढाएको, स्याउको सुपर जोन निर्माण र च्याङ्ग्रापालन आदि काममा प्राथमिकता दिएको पनि स्मरण गराएका थिए।




null

प्रधानमन्त्री ओलीसँग प्रतिनिधिमण्डलले मुस्ताङको माथिल्लो भेगका लोमान्थाङ र लो–घेकार दामोदरकुण्ड गाउँपालिका क्षेत्रमा नेपाल सरकारले निषेधित क्षेत्र घोषणा गरी प्रति विदेशी पर्यटक ५०० अमेरिकी डलर शुल्क उठाउँदा पर्यटकमा कमी आएकाले पर्यटन रोयल्टीबारे पुनः विचार गर्न माग गरेको थियो ।

साथै कालिगण्डकी करिडोरको कागबेनी–कोरला सडक खण्डमा कालोपत्र गर्न र आवश्यक संरचना निर्माण गरी कोरना नाकामा पूर्णरुपमा सञ्चालनमा ल्याउन माग गरिएको थियो । कोराला नाकामा भन्सार, अध्यागमन, एकीकृत सुरक्षा पोष्ट, सुख्खा बन्दरगाहलगायत व्यापारिक प्रतिष्ठानका भौतिक निर्माण आवश्यक रहेको विषयमा ध्यानाकर्षण गराइएको छ । सडक र नाका पूर्ण सञ्चालन नहुँदा तथा निषेधित क्षेत्रको कार्यान्वयनका कारण माथिल्लो मुस्ताङका होटेल तथा स्थानीय व्यवसायी घाटामा रहन बाध्य भएको जनप्रतिनिधिको गुनासो थियो ।

प्रतिनिधिमण्डलमा सङ्घीय सांसद योगेन्द्र गौचन थकाली, लोमन्थाङ गाउँपालिकाका अध्यक्ष टासी न्हर्वु गुरुङ, लोप्साङ छोम्पेल विष्टलगायत सहभागी थिए। कागबेनी–कोरला सडक खण्ड ९७ किलोमिटर कालोपत्रका लागि ठेक्का हुन बाँकी रहेको छ भने तातोपानी खोला, दाना खोला, पाण्डा खोला, तान्ग्बे खोलामा पुल निर्माणमा ठेक्का तोडिएकाले पुनः सुचारु गर्नुपर्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— झन्डै चार दशकपछि भारत, पोल्यान्ड र हंगेरीबाट अन्तरिक्ष यात्रीहरू समावेश एक निजी अन्तरिक्ष उडान मंगलबार प्रशान्त महासागरमा अवतरण गरिएको छ । उनीहरू सवार स्पेसएक्स क्याप्सुल सोमबार अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनबाट अलग भएको थियो । झन्डै २४ घण्टामा ती अन्तरिक्ष यात्रीहरू प्यारासुटको सहायताले दक्षिणी क्यालिफोर्नियाको समुद्री तटमा अवतरण गरेका थिए । तीन साताअघि ह्युस्टन कम्पनी एक्सिओम स्पेसद्वारा गरिएको चार्टर्ड उडानमा चार ...
— राष्ट्रिय सभामा एमाले सांसद सोनाम गेल्जेन शेर्पाले हिमाली क्षेत्रका मानिसहरू दिनमा एकपटक नुहाउनु पनि सकारात्मक परिवर्तन भएको बताएका छन । उनले विदेश पलायन नेपालको मात्रै समस्या नभएको पनि बताए । राष्ट्रिय सभाको मंगलबारको बैठकमा सांसद शेर्पाले मुलुकमा केही भएन भन्ने भाष्य स्थापना गर्न खोजिएको भन्दै आपत्ति जनाएका हुन् । उनले कसैले पनि सकारात्मक कुरा ...
— भरतपुर अस्पतालको सेफ्टीट्याङ्कीमा खसेर एक बालिकाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार सोही अस्पतालमा कार्यरत कर्मचारी विकास मगरकी पाँच वर्षीया छोरी अञ्जनाको मृत्यु भएको हो । मङ्गलबार अपराह्न उनी खेल्ने क्रममा सेफ्टीट्याङ्कीमा खसेकी थिइन् । उनको तत्काल उद्घार गरी सोही अस्पतालमा भर्ना गरिएकामा साँझ मृत्यु भएको ...
— नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले दुई ठूला राजनीतिक दलहरु मिलेकाले तीनै तहका सरकार स्थिर भए पनि काममा केही गुनासाहरु रहेको बताएका छन् । उनले अहिले राजनीतिक स्थिरता भए पनि डेलिभरी भएन भन्ने गुनासाहरु रहेको बताउँदै सत्तामा रहेका राजननीतिकर्मीबाटै असन्तुष्टि बाँड्ने काम भइरहेको बताए । ‘नेपाली कांग्रेस र नेकपा एमाले मिल्दा अहिले संघदेखि स्थानीय तहसम्मका सरकार स्थिर ...
घूस लेनदेनको अडियो सार्वजनिक भएपछि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले पद गुमाएका छन् । भूमि समस्या समाधान आयोग कास्कीको अध्यक्ष नियुक्ति र मालपोत कार्यालय कास्कीका प्रमुखको सरुवा रोक्ने दुई योजनामा घूस ‘डिल’ गरेको विवरण सार्वजनिक भएपछि उनले मंगलबार राजीनामा दिएका हुन् । उनी राजीनामा दिने मनस्थितिमा थिएनन्, तर सञ्चारमाध्यम, सदन र सञ्जालमा जोडदार प्रश्न उठेपछि उनी ...