मुख्य समाचार
बलिउड अभिनेता विद्युत जामवाल हलिउडमा डेब्यु गर्ने तयारीमा
बलिउड अभिनेता विद्युत जामवाल हलिउडमा डेब्यु गर्ने तयारीमा

। बलिउड अभिनेता विद्युत जामवाल हलिउडमा डेब्यु गर्ने तयारीमा छन् । उनले धेरै हिन्दी फिल्म गरे तर समकालिन कलाकारले जति लोकप्रियता पाएनन् ।

उनी अब काम गराइको शैली र स्वाद बदल्ने तयारीमा छन् । ‘कमाण्डो’ अभिनेताले लेजेन्डरी इन्टरटेनमेन्टको आगामी लाइभ-एक्सन ’स्ट्रिट फाइटर’ फिल्ममा ढलसिमको भूमिका निर्वाह गर्ने बताइएको छ ।




यो फिल्म प्रसिद्ध भिडियो गेम फ्रान्चाइजीमा आधारित छ । रिपोर्टका अनुसार, यो फिल्म हलिउडमा उनको डेब्यु हुनेछ ।

जामवाल मार्शल आर्ट प्रेमी हुन् । उनले धेरै फिल्ममा यसको प्रदर्शन पनि गरिसकेका छन् । उनको हलिउड डेब्युमा पनि मार्सल आर्टको कला देख्न पाउने अपेक्षा प्रशंसकले गरेका छन् ।



फिल्ममा उनले निर्वाह गरेको ढलसिमको चरित्र सस्पेन्सले भरिएको छ । उनलाई पहिलो पटक सन् १९९१ मा ’स्ट्रिट फाइटर २’ मा देखाइएको थियो । यो चरित्रले परिवारको रक्षाको लागि संसारसँग युद्ध गर्छ ।

फिल्ममा जामवालबाहेक एन्ड्रयू कोजी, नोआह सेन्टिनियो, कालिना लियाङ, डेभिड दस्तमाल्टियन, कोडी रोड्स, जेसन मोमोआ, कर्टिस ज्याक्सन, ओर्भिल पेरेज, रोमन रेन्स र हर्की गोटो विभिन्न महत्वपूर्ण भूमिकामा देखिनेछन् ।

फिल्मको कथा अझै तय भइनसकेको बताइएको छ । तर ’स्ट्रिट फाइटर’ एक विश्वव्यापी मार्शल आर्ट प्रतियोगिताको वरिपरि घुम्छ जहाँ विश्वभरका योद्धाहरू एकअर्कासँग लड्छन् ।

यो फिल्मले नयाँ पुस्ताका फ्यानलाई फरक तरिकाले कल्ट फ्रान्चाइजी प्रस्तुत गर्ने जनाइएको छ । योसँगै जामवाल हलिउडमा आफ्नो भाग्य खोज्ने बलिउडका अन्य कलाकार इशान खट्टर, दीपिका पादुकोण, आलिया भट्ट जस्ता स्टारहरूको सूचीमा सामेल भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: बलिउड अभिनेता आमिर खानका भान्जा तथा एक्टर इमरान खानलाई भारतको फरेनर्स रिजनल रजिष्ट्रेशन अफिसले नोटिस जारी गर्दै आगामी अक्टोबर २८ भित्र देश छाड्न निर्देशन दिएको छ। मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारविरुद्ध आयोजना गरिएको एक राजनीतिक विरोध प्रदर्शनमा सहभागी भई 'फरेनर्स एक्ट' (विदेशी सम्बन्धी ऐन) को उलंघन गरेको आरोपमा उनीमाथि यो कारबाही अघि बढाइएको हो। यो मामला ...
: भारतीय सिनेमाका वरिष्ठ तथा बहुप्रतिभावान अभिनेता नाना पाटेकर (विश्वनाथ पाटेकर) को ७५ वर्षको उमेरमा निधन भएको छ। भारतको गोवास्थित डोना पाउला क्षेत्रमा रहेको आफ्नै निवासमा बेहोस अवस्थामा भेटिएपछि उनलाई तत्काल अस्पताल लगिएको भए पनि चिकित्सकहरूले मृत घोषणा गरेका थिए। अस्पतालका डाक्टरहरूले उनलाई होसमा ल्याउन करिब ४५ मिनेटसम्म लगातार सीपीआर दिएर बचाउने कोसिस गरे पनि कुनै ...
। लोकप्रिय नेपाली पप ब्यान्ड ‘मंगोलियन हार्ट’ तीन दशकपछि युरोप भ्रमणमा निस्कने भएको छ । ‘मंगोलियन हार्ट युरोप मिनी टूर २०२६’ अन्तर्गत ब्यान्डले ४ देशमा प्रत्यक्ष सांगीतिक प्रस्तुति दिनेछ । फोर ब्रदर्स इभेन्ट म्यानेजमेन्टको व्यवस्थापनमा टूर हुन लागेको हो । ब्यान्डको ८ सदस्यीय टोली २४ सेप्टेम्बरमा त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम छ । टोलीको लिड भोकलिस्टमा राजु लामा, ...
। के-पप समूह ‘स्ट्रे किड्स’ का सदस्य ब्याङ चानले २० करोड वन (१ लाख ४४ हजार २९५ अमेरिकी डलर) दान गरेका छन् । यो रकम दक्षिण कोरियामा पुनर्स्थापना उपचार र नेपालमा गएको भीषण बाढीपछिको पुनर्लाभका कार्यमा प्रयोग हुने जेवाईपी इन्टरटेनमेन्टले शनिबार जनाएको छ । ब्याङ चानले सोल पुनस्र्थापना अस्पताल र युनिसेफका लागि कोरियाली समितिलाई १०-१० करोड ...
। गायक एड सिरनले आफ्नो पछिल्लो सांगीतिक कार्यक्रममा मञ्चमा एक्लै उपस्थित भएर आफ्ना समर्थकहरूसँग माफी मागेका छन्। प्यालेस्टाइनको पक्षमा वक्तव्य दिएका अमेरिकी र्‍यापर म्याकलमोरलाई टुर प्रोग्रामबाट हटाइएपछि सिर्जित विवादलाई सम्बोधन गर्दै उनले केही ‘गल्ती’ भएको स्वीकारेका छन्। सिरनले भने, ‘म कहिल्यै पनि राजनीतिक रूपमा सक्रिय संगीतकार बन्न चाहन्नथेँ। यो घटनाले मलाई वाक् स्वतन्त्रता र विश्वकै सबैभन्दा जटिल ...