मुख्य समाचार
अनलाइन सट्टेबाजीमा संलग्न पाँच जना पक्राउ
अनलाइन सट्टेबाजीमा संलग्न पाँच जना पक्राउ

। काभ्रेको मण्डनदेउपुर नगरपालिका कुन्ताबाट अनलाइन सट्टेबाजीमा संलग्न पाँच जना पक्राउ परेका छन् । उनीहरुबाट १८ थान मोबाइल र पाँच थान ल्यापटप बरामद भएको छ ।

मण्डनदेउपुर नगरपालिका-७ कुन्तामा रहेको नालदूम भिलेज रिसोर्ट र ग्रीन पिस रेस्टुरेंटबाट अनलाइन सट्टेबाजी (जुवा) खेलिरहेको अवस्थामा भक्तपुर नगरपालिका-८ इमाटोल बस्ने ३२ वर्षीय दिगज नकर्मी र भक्तपुर नगरपालिका-४ कमल बिनायक बस्ने २८ वर्षको संजीव कुशी र २४ वर्षीय रोशन प्रजापति, सूर्यविनायक नगरपालिका-७ कटुन्जेका २९ वर्षीय एलिस कुश्म र काठमाडौं महानगरपालिका-१६ शान्तीनगरका ३१ वर्षीय रोजन महर्जनलाई प्रहरीले पक्राउ गरेहो ।




उनीहरूलाई असार ३० गते दिउँसो जिल्ला प्रहरी कार्यालय धुलिखेलबाट खटिएको टोलीले छापा हानेर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख, एसपी कोमल शाहले जानकारी दिए ।

गोप्य सूचनाका आधारमा होटलमा अनलाइनमार्फत जुवा खेलाउने गतिविधि भइरहेको भन्ने जानकारी पाएपछि अनुसन्धानका लागि पुगेको प्रहरी टोलीले घटनास्थलबाट १८ थान मोबाइल फोन, पाँच थान ल्यापटप र सट्टेबाजीसम्बन्धी विभिन्न सामग्रीहरू बरामद गरेको छ ।



उनीहरू रिसोर्टको कोठा भाडामा लिएर अनलाइन एप्स र वेबसाइटमार्फत खेलाडीहरुलाई व्यवस्थापन गर्ने काम गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । ‘मुख्य व्यक्ति को हो भन्ने पहिचान भएको छैन, करोडभन्दा बढीकै कारोबार भको देखिन्छ’, प्रहरी प्रमुख शाहले भने, ‘त्यससँग सम्बन्धित एक्सपर्टलाई बोलाएका छौं, घटनास्थलबाट बरामद १८ थान मोबाइल फोन, ५ थान ल्यापटप र सट्टेबाजीसम्बन्धी विभिन्न सामग्रीहरू अनुसन्धान गरेपछि थप कुरा खुल्ला ।’

प्रहरीले पक्राउ परेका व्यक्तिहरू र बरामद सामग्रीसहितको फोटोसमेत सार्वजनिक गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: भक्तपुरस्थित मालपोत कार्यालयका कर्मचारी घुससहित रंगेहात पक्राउ पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख मालपोत अधिकृत कुमार आचार्य र कार्यालय सहयोगी टिकाराम राउतलाई रंगेहात पक्राउ गरेको हो। मोही तल्सिङको मुद्दा मिलाउने भन्दै उनीहरूले सेवाग्रहीबाट साढे २४ लाख घुस लिँदै गरेको अवस्थामा अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो। भक्तपुरको चाँगुनारायण नगरपालिकामा रहेको १४ रोपनी ४ आना जग्गा ...
। स्पेनको सेभिलामा भएको संयुक्त राष्ट्रसंघीय सम्मेलनमा सहभागी बनाएर असम्बन्धित व्यक्तिलाई लैजाने गिरोहबारे छानबिन गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले समिति बनाएको छ । ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) होविन्द्र बोगटीको नेतृत्वमा मानव बेचबिखन अनुसन्धान ब्यूरोका प्रहरी उपरीक्षक (एसपी) रुगम कुँवरसमेत ६ जना सदस्य रहेको समिति बनाइएको हो । ब्यूरोका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) चन्द्रकुवेर ...
: प्रधानमन्त्री केपी शर्मा ओलीले आवश्यक संरचना र पूर्वाधार निर्माणसहति मुस्ताङको कोराला नाका पूर्ण सञ्चालनको तयारी भइरहेको बताएका छन्। मुस्ताङबाट प्रतिनिधित्व गर्ने सङ्घीय सांसद्सहित स्थानीय तहका जनप्रतिनिधिहरूसँग सोमबार राति प्रधानमन्त्री निवास,बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले यसबारे जानकारी गराएका हुन् । यही असार २४ गतेको गोसाइकुण्ड गाउँपालिका–२ मा आकस्मिक बाढीका कारण नेपाल–चीन जोड्ने नाका रसुवागढीस्थित ...
: संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिएका छन्। गुप्ताको घुस बार्गेनिङ गरेको अडियो सार्वजनिक भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा मन्त्री गुप्ताले राजीनामा दिएका हुन्। घुस लेनदेन गरेको अडियो सार्वजनिक भएपछि मन्त्री गुप्तालाई बर्खास्त गर्न चौतर्फी दबाब बढेको थियो। प्रधानमन्त्री कार्यालय स्रोतअनुसार मन्त्री गुप्तालाई सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रालयमा बोलाएर २४ ...
: हत्कडीसहित फरार भएका थुनुवाहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ। अस्थायी प्रहरी चौकी मैलुङबाट फरार भएका उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो। निर्माणाधिन त्रिशूली २१६ हाइड्रोपावरको ट्रिपरका चालक उत्तरगया गाउँपालिका- २ सिम्लेका २० वर्षीय सुमन भन्ने छिरिङ तामाङ र सोही हाइड्रोमा काम गर्ने सहचालक प्युठानको गौमुखी गाउँपालिका- ३ का २५ वर्षीय तनबीर पुनमगर हतकडीसहित ...