मुख्य समाचार
हत्कडीसहित फरार भएका थुनुवाहरूलाई प्रहरीले नियन्त्रणमा
हत्कडीसहित फरार भएका थुनुवाहरूलाई प्रहरीले नियन्त्रणमा

: हत्कडीसहित फरार भएका थुनुवाहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ। अस्थायी प्रहरी चौकी मैलुङबाट फरार भएका उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो। निर्माणाधिन त्रिशूली २१६ हाइड्रोपावरको ट्रिपरका चालक उत्तरगया गाउँपालिका- २ सिम्लेका २० वर्षीय सुमन भन्ने छिरिङ तामाङ र सोही हाइड्रोमा काम गर्ने सहचालक प्युठानको गौमुखी गाउँपालिका- ३ का २५ वर्षीय तनबीर पुनमगर हतकडीसहित फरार भएको थिए।



उनीहरूलाई मंगलबार डाँडागाउँको सिम्लेबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरूलाई हाइड्रोको सामानसहित पक्राउ गरी अस्थायी प्रहरी पोष्ट मैलुङ रसुवामा राखिएको थियो। हत्कडीसहित फरार रहेका उनीहरू फरार भएको चार घण्टामै सिम्लेबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।



रसुवा उत्तरगया गाउँपालिका -१ मैलुङस्थित अस्थायी प्रहरीपोष्ट मैलुङको चेक पोष्टमा पनेरुको नेतृत्वको टोलीले निर्माणाधिन त्रिशूली २१६ हाइड्रोपावरको पावर चाइना कम्पनीको बाप्र.०१००४क१२७९ नं. को आइचर गाडीलाई रोकेर चेकजाँच गर्ने क्रममा उनीहरू पक्राउ परेको प्रहरीले जनाएको छ ।




उक्त गाडिमा पाँचसय किलोग्राम तौल बराबरको कवाडी सामान हाईड्रोपावरबाट चोरी गरी ल्याउँदै गरेको अवस्थामा उनीहरूलाई पक्राउ गरी हिरासतमा राखिएको थियो। सामानसहितको आइचर र कवाडी सामान अस्थायी प्रहरी पोष्ट मैलुङमा बुझाएको छ भने थुनुवाहरूलाई जिल्ला प्रहरी कार्यालय धुन्चे रसुवा लगिएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— प्यूठानमा धारिलो हतियार प्रहार गरी एक महिलाको हत्या भएको छ । जिल्लाको सरूमारानी गाउँपालिका ३ गोठेरी बस्ने २८ वर्षीय रूकमनी बरालको घाँटी रेटी हत्या भएको हो । ऐरावती गाउँपालिका–२ कात्तिके बस्ने ३० वर्षीय लिला बहादुर बरालले रूकमनीको घाँटी रेटी हत्या गरेका हुन् । हत्या गर्ने बराललाई प्रहरी चौकी बड्डाडा र ईलाका प्रहरी कार्यालय बिजबारबाट खटिएको ...
— झन्डै चार दशकपछि भारत, पोल्यान्ड र हंगेरीबाट अन्तरिक्ष यात्रीहरू समावेश एक निजी अन्तरिक्ष उडान मंगलबार प्रशान्त महासागरमा अवतरण गरिएको छ । उनीहरू सवार स्पेसएक्स क्याप्सुल सोमबार अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनबाट अलग भएको थियो । झन्डै २४ घण्टामा ती अन्तरिक्ष यात्रीहरू प्यारासुटको सहायताले दक्षिणी क्यालिफोर्नियाको समुद्री तटमा अवतरण गरेका थिए । तीन साताअघि ह्युस्टन कम्पनी एक्सिओम स्पेसद्वारा गरिएको चार्टर्ड उडानमा चार ...
— राष्ट्रिय सभामा एमाले सांसद सोनाम गेल्जेन शेर्पाले हिमाली क्षेत्रका मानिसहरू दिनमा एकपटक नुहाउनु पनि सकारात्मक परिवर्तन भएको बताएका छन । उनले विदेश पलायन नेपालको मात्रै समस्या नभएको पनि बताए । राष्ट्रिय सभाको मंगलबारको बैठकमा सांसद शेर्पाले मुलुकमा केही भएन भन्ने भाष्य स्थापना गर्न खोजिएको भन्दै आपत्ति जनाएका हुन् । उनले कसैले पनि सकारात्मक कुरा ...
— भरतपुर अस्पतालको सेफ्टीट्याङ्कीमा खसेर एक बालिकाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार सोही अस्पतालमा कार्यरत कर्मचारी विकास मगरकी पाँच वर्षीया छोरी अञ्जनाको मृत्यु भएको हो । मङ्गलबार अपराह्न उनी खेल्ने क्रममा सेफ्टीट्याङ्कीमा खसेकी थिइन् । उनको तत्काल उद्घार गरी सोही अस्पतालमा भर्ना गरिएकामा साँझ मृत्यु भएको ...
— नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले दुई ठूला राजनीतिक दलहरु मिलेकाले तीनै तहका सरकार स्थिर भए पनि काममा केही गुनासाहरु रहेको बताएका छन् । उनले अहिले राजनीतिक स्थिरता भए पनि डेलिभरी भएन भन्ने गुनासाहरु रहेको बताउँदै सत्तामा रहेका राजननीतिकर्मीबाटै असन्तुष्टि बाँड्ने काम भइरहेको बताए । ‘नेपाली कांग्रेस र नेकपा एमाले मिल्दा अहिले संघदेखि स्थानीय तहसम्मका सरकार स्थिर ...