मुख्य समाचार
सुदूरपश्चिम विश्वविद्यालयको १३ औँ सभाको साधारण बैठकले आगामी आर्थिक वर्षका लागि एक अर्ब ५४ करोडको अनुमानित बजेट स्वीकृत
सुदूरपश्चिम विश्वविद्यालयको १३ औँ सभाको साधारण बैठकले आगामी आर्थिक वर्षका लागि एक अर्ब ५४ करोडको अनुमानित बजेट स्वीकृत

: सुदूरपश्चिम विश्वविद्यालयको १३ औँ सभाको साधारण बैठकले आगामी आर्थिक वर्षका लागि एक अर्ब ५४ करोडको अनुमानित बजेट स्वीकृत गरेको छ । प्रधानमन्त्री निवास,बालुवाटारमा प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा मंगलबार बसेको बैठकमा विश्वविद्यालयका रजिष्ट्रार प्रा. डा. विनोद लेखकद्वारा प्रस्तुत बजेट र कार्यक्रम संशोधनसहित स्वीकृत भएको हो ।



कुलपति ओलीले विश्वविद्यालयको आर्थिक थितिलाई तन्दुरुस्त राख्न आग्रह गर्दै बजेट प्रस्तुत गर्दा यथार्थ चित्रका आधारमा प्रस्तुत गर्न निर्देशन दिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशी तथा विदेशी लगानीकर्तालाई नेपालमा ढुक्कसँग लगानी गर्ने वातावरण बनाउनुपर्ने बताएका छन्। मंगलबार काठमाडौँमा इप्पानको २३औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले लगानीका लागि आउने जोसुकैलाई पनि सहज र सरल माध्यमबाट लगानी गर्ने वातावरण बनाउनुपर्ने बताए। उनले लगानीकर्तालाई दुःख दिने कुरा सरकारले सोच्नै नसक्ने बताए। उनले उत्पादित विद्युत्‌को खपत ...
— मुख्यमन्त्री सतिशकुमार सिंहले खडेरीले मधेश प्रदेशमा चर्किएको खानेपानीको समस्या र सुक्खाग्रस्त क्षेत्र समाधानका लागि प्रदेश सरकारले आफ्नो स्रोतसाधन परिचालन गर्ने बताएका छन् । उनले सहयोगका लागि दातृ निकायलाई आग्रह गरेका छन् । जनकपुरस्थित मधेश सरकारको सचिवालयमा मंगलबार सरोकारवाला मन्त्रालय र दातृ निकायसँग बैठक गर्दै मुख्यमन्त्री सिंहले सुक्खा र खानेपानीको मौजुदा समस्या समाधानका लागि सबैको ...
— म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५ को धार्मिक पर्यटकीयस्थल खयरबाराही (खयरभारानी) ताल जोड्न पदमार्ग निर्माण भएको छ । एक करोड ७० लाख चन्दा सहयोग जुटाएर उक्त पदमार्ग निर्माण गरिएको हो। खयरभारानी थान तथा क्षेत्र संरक्षण साथै व्यवस्थापन समितिको अगुवाइमा १० वर्षमा पाउद्वार गाउँदेखि लरेनी–खोप्रा (खोपारा), खयरखोला हुँदै खयरबाराही ताल जोड्ने पदमार्गको साथै चौतारी निर्माण र खानेपानीको सुविधा पुर्‍याइएको ...
— प्रधानमन्त्री केपी शर्मा ओलीले आवश्यक संरचना र पूर्वाधार निर्माणसहित मुस्ताङको कोरालानाका पूर्ण सञ्चालनको तयारी भइरहेको बताएका छन् । मुस्ताङबाट प्रतिनिधित्व गर्ने संघीय सांसदसहित स्थानीय तहका जनप्रतिनिधिहरूसँग सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले सो जानकारी दिएका हुन् । यही असार २४ गते गोसाइँकुण्ड गाउँपालिका–२ मा आकस्मिक बाढीका कारण नेपाल–चीन जोड्ने नाका रसुवागढीस्थित भोटेकोशी नदीको ...
— प्यूठानमा धारिलो हतियार प्रहार गरी एक महिलाको हत्या भएको छ । जिल्लाको सरूमारानी गाउँपालिका ३ गोठेरी बस्ने २८ वर्षीय रूकमनी बरालको घाँटी रेटी हत्या भएको हो । ऐरावती गाउँपालिका–२ कात्तिके बस्ने ३० वर्षीय लिला बहादुर बरालले रूकमनीको घाँटी रेटी हत्या गरेका हुन् । हत्या गर्ने बराललाई प्रहरी चौकी बड्डाडा र ईलाका प्रहरी कार्यालय बिजबारबाट खटिएको ...