मुख्य समाचार
अभिनेता राजेश हमालसहितका सेलिब्रेटीले धुम्बाराही चोकमा खुलेको ‘होटल स्मार्ट’को उद्घाटन
अभिनेता राजेश हमालसहितका सेलिब्रेटीले धुम्बाराही चोकमा खुलेको ‘होटल स्मार्ट’को उद्घाटन

। अभिनेता राजेश हमालसहितका सेलिब्रेटीले धुम्बाराही चोकमा खुलेको ‘होटल स्मार्ट’को उद्घाटन गरेका छन् ।

सोमबार साँझ हमालसहित प्रमोद खरेल, गायिकाद्धय मिलन नेवार, मेलिना राई, ‘भ्वाइस अफ नेपाल’का निर्देशक लक्ष्मण पौड्याल, होस्ट सुशिल नेपाल र टिभी कार्यक्रम प्रस्तोता प्रकाश सुवेदीले होटल उद्घाटन गरे ।




‘यदि तपाईहरूलाई यो होटल मनपर्‍यो भने पक्कै पनि मेरो घर पनि मन पर्नेछ’ पानसमा बत्ती बालेर उद्घाटन गर्दै हमालले भने, ‘किनभने, यो होटल जसले डिजाइन गर्नुभएको हो, उहाँहरूले नै मेरो नयाँ घर पनि डिजाइन गर्नुभएको हो ।’





केही महिनअघि हमाल बुढानिलकण्ठस्थित नयाँ घरमा सरेका छन् । गायक खरेलसहित मेलिना र मिलनले ‘द भ्वाइस’को नयाँ स्टुडियो पनि नजिकै रहेकाले होटल रिफ्रेसको लागि पायक पर्ने बताए ।

४० करोड रुपैयाँको लागतमा निर्माण भएको होटल स्मार्टमा १७ वटा कोठा सहित ६ सय क्षमताको बैंकेट हल, सय क्षमताको रेष्टुरेन्ट, क्याफे, थकाली घर, स्वीमिङ पुल, साउना स्टिम र जाकुजी सहित रुप टप गार्डेन र रेष्टुरेन्ट छ ।

होटललाई ३५ बर्षीय युवा सुरेश कार्की र उनको समूहले सञ्चालनमा ल्याएको हो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
जुलाईको अन्त्यमा ब्लकबस्टर सुरुवात गरेयता ‘स्पाइडर-म्यानः ब्रान्ड न्यू डे’ लगातार चर्चामा छ। कोलाइडरका चार्ली रिज्लीले यसलाई ‘२० वर्षयताकै उत्कृष्ट स्पाइडी एडभेन्चर’ भनेका छन्। २०२५ मा रिलिज भएका ‘द फ्यान्टास्टिक फोरः फर्स्ट स्टेप्स’, ‘थन्डरबोल्ट्स’ र ‘क्याप्टेन अमेरिकाः ब्रेभ न्यू वर्ल्ड’ अपेक्षाअनुसार सफल हुन नसकेपछि सन् २०२६ को मार्भल सिनेम्याटिक युनिभर्स (एमसीयू) को पहिलो ठूलो फिल्मप्रतिको अपेक्षा यसअघिका ...
। रुससँगको निरन्तर युद्धका बीच युक्रेन सरकारले देशमा भइरहेको एडल्ट कन्टेन्ट (पोर्न) व्यवसायलाई कानुनी दायरामा ल्याएर कर लगाउने तयारी गरेको छ। अमेरिकी पत्रिका द वाल स्ट्रिट जर्नलका अनुसार यसबाट युक्रेन सरकारलाई वार्षिक करिब साढे २ करोड डलर थप आम्दानी हुने अनुमान गरिएको छ। एक युक्रेनी सांसदका अनुसार, यो रकमबाट युद्धका लागि आवश्यक पर्ने करिब ३० हजार ...
: डोमिनिकन रिपब्लिककी २४ वर्षीया मोडल जोहेरी मोलाले 'मिस वर्ल्ड २०२६' (विश्व सुन्दरी) को उपाधि जितेकी छन्। भियतनामको न्हा ट्राङ सहरमा शनिबार साँझ आयोजित ७३औँ मिस वर्ल्ड प्रतियोगितामा उनले यो उपाधि आफ्नो नाममा पारेकी हुन्। यो जितसँगै डोमिनिकन रिपब्लिकले दोस्रो पटक मिस वर्ल्डको ताज हात पारेको छ। यसअघि सन् १९८२ मा मारियासेला अल्भारेजले देशका लागि पहिलो ...
। अस्कर विजेता हलिउड अभिनेत्री मिसेल योहले नेपालमा आएको विनाशकारी आकस्मिक बाढीबाट प्रभावित नागरिकप्रति दुःख व्यक्त गर्दै सहयोगका लागि विश्व समुदायलाई अपिल गरेकी छन् । योहले तिब्बत सीमावर्ती क्षेत्रनजिक आएको बाढीबाट प्रभावित नेपाल र पीडितप्रति आफ्नो सहानुभूति रहेको बताएकी हुन् । उनले हजारौं मानिस अझै बेपत्ता रहेको र केही सेकेन्डमै असंख्य घर बगाएको उल्लेख गरेकी छन् ...
। दक्षिण कोरियाली अभिनेता जंग इल-वू नेपालमा भीषण बाढीबाट प्रभावित नागरिक र बालबालिकाको सहयोगमा जुटेका छन् । गुड नेबर्सले बुधबार अभिनेता इल-वूले नेपालमा बाढीपछिको पुनस्र्थापना र विस्थापित पीडितलाई सहयोग गर्न आर्थिक सहयोग प्रदान गरेको जनाएको छ । उक्त रकम नुवाकोट र गोरखासहित बाढीबाट बढी प्रभावित क्षेत्रमा आपतकालीन राहतका लागि प्रयोग गरिनेछ । प्रभावित नागरिकलाई स्थानीयस्तरमै सहयोग ...