मुख्य समाचार
उत्तर एटलान्टिक सन्धि संगठन (नाटो)का साझेदार देश र युक्रेनबीच अमेरिकाबाट हतियार आपूर्तिका लागि नयाँ सम्झौता
उत्तर एटलान्टिक सन्धि संगठन (नाटो)का साझेदार देश र युक्रेनबीच अमेरिकाबाट हतियार आपूर्तिका लागि नयाँ सम्झौता

। उत्तर एटलान्टिक सन्धि संगठन (नाटो)का साझेदार देश र युक्रेनबीच अमेरिकाबाट हतियार आपूर्तिका लागि नयाँ सम्झौता भएको छ ।

मिडिया रिपोर्टअनुसार, यस सम्झौता अनुसार अमेरिकाले युक्रेनलाई अत्याधुनिक हतियारसहित ३० करोड डलर बराबरको सहायता प्याकेज पठाउने छ । यो सहायता प्याकेजमा प्याट्रियट मिसाइल प्रणाली र मध्यम दूरीका रकेटहरू समावेश हुनेछन् । यद्यपि यी हतियारबारे अन्तिम निर्णय भने बाँकी नै रहेको बताइएको छ ।




अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत बिहीबार नै अमेरिकाले नाटोमार्फत युक्रेनलाई हतियार पठाउने र त्यसको सम्पूर्ण खर्च नाटोले बेहोर्ने बताएका थिए ।

नाटो एक अन्तर्राष्ट्रिय सैन्य गठबन्धन हो । अमेरिका स्वयं नाटोको सदस्य हो । सन् २०२५ सम्म नाटोका ३२ सदस्य राष्ट्र छन् । यसको उद्देश्य सदस्य राष्ट्रहरूको सामूहिक सुरक्षाको सुनिश्चितता गर्नु र बाह्य आक्रमणबाट रक्षा गर्नु हो । अमेरिकाले नाटोले गर्ने खर्चको ६६ प्रतिशत हिस्सा बेहोर्छ ।



ट्रम्पले सोमबार प्रेसिडेन्सियल ड्रडाउन अथोरिटी अन्तर्गत युक्रेनलाई हतियार पठाउने अनुमति दिएका छन् । यो एउटा कानुनी प्रक्रिया हो, जसबाट राष्ट्रपतिको अधिकार अन्तर्गत आपतकालीन अवस्थामा अमेरिकी भण्डारबाट सीधै हतियार पठाउन अनुमति हुन्छ ।

यसअघि ट्रम्प नेतृत्वको वर्तमान सरकारले पूर्वराष्ट्रपति जो बाइडनद्वारा स्वीकृत हतियार मात्र युक्रेनलाई पठाएको थियो ।

पहिले अमेरिकाले सिधै युक्रेनलाई हतियार पठाउँथ्यो, तर अब यो प्रक्रिया नाटोमार्फत हुने ट्रम्पले बताएका छन् । ट्रम्पले भनेका छन्, ‘हामी नाटोलाई हतियार दिनेछौं र नाटोले यसको सम्पूर्ण रकम तिर्नेछ । त्यसपछि नाटोले युक्रेनलाई ती हतियार दिनेछ ।’

रूसी राष्ट्रपति पुटिनप्रति ट्रम्पको असन्तुष्टि

ट्रम्पले यो कदम रूसी राष्ट्रपति भ्लादिमिर पुटिनप्रति बढ्दो असन्तुष्टि पश्चात् उठाएको बीबीसीले जनाएको छ । ट्रम्पले जुलाई ७ मा ह्वाइट हाउसमा पत्रकार भेटघाटमै रूसी राष्ट्रपति पुटिनसँग खुसी नरहेको बताएका थिए ।

उनले भनेका थिए, ‘पुटिनले आफ्ना गतिविधिहरू नरोक्दा म साँच्चै खुसी छैन ।’ ट्रम्पले रुस र युक्रेनबीच युद्धविरामका लागि संवाद गरेका थिए, तर पुटिनले युद्धविराम अस्वीकार गरेका थिए ।

युक्रेनलाई ९० हजार करोडको सहायता

इटालीको राजधानी रोममा गत जुलाई १० र ११ रारिखमा युक्रेनको पुनर्निर्माण सम्बन्धी एक सम्मेलन आयोजना भएको थियो ।

सो सम्मेलनले युक्रेनलाई १० अर्ब युरो (९० हजार करोड रुपैयाँ) सहायता दिने निर्णय गरेको इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीले बताएकी छन् ।

यसैगरी युरोपियन आयोगले २.३ अर्ब युरो (झन्डै २.७ अर्ब डलर) सहायता घोषणा गरेको छ ।

युक्रेन पुनर्निर्माण सम्मेलनमा ३८ देश र कैयौं अन्तर्राष्ट्रिय संस्थाहरू सहभागी भएका थिए । युक्रेनका राष्ट्रपति वोलोदिमिर जेलेन्स्की पनि सम्मेलनमा सहभागी थिए ।

जेलेन्स्कीले सम्मेलनमा रुसका सम्पत्तिहरू युक्रेनको पुनर्निर्माणका लागि प्रयोग गरिनु पर्ने बताएका थिए । उनले रुससँग लड्नका लागि युक्रेनमा हतियार आपूर्ति बढाउने मागसमेत गरेका थिए ।

रुसमाथि नयाँ प्रतिबन्ध लगाउने अमेरिकाको तयारी



यसैबीच अमेरिकी विदेशमन्त्री मार्को रुबियोले रुसका विदेशमन्त्री सर्गेई लावरोभसँग मलेसियामा ५० मिनेट लामो वार्ता गरेका छन् । वार्ताको क्रममा आफूले रुसलाई युद्ध अन्त्य गर्न आग्रह गरेको रुबियोले बताएका छन् ।

नत्र रुसमाथि थप प्रतिबन्ध लगाउने चेतावनी पनि उनले दिए । ‘हामीले यो संघर्ष अन्त्यका लागि तयारी सुरु गर्न आवश्यक छ,’ रुबियोले भने, ‘नत्र ट्रम्प प्रशासन अमेरिकी सिनेटसँग मिलेर रुसमाथि लगाउन सकिने सम्भावित नयाँ प्रतिबन्धबारे विचार–विमर्श गर्नेछ ।’

रुष्ट रुसले युक्रेनमा हान्यो ४ सय बढी ड्रोन र १८ मिसाइल

अमेरिकाले नाटोमार्फत् युक्रेनलाई हतियार सहयोग गर्ने सूचना पाएपछि रुष्ट भएको रुसले बिहीबार बिहान ४ सय बढी ड्रोन र १८ मिसाइल प्रहार गरेको थियो । राष्ट्रपति वोलोदिमिर जेलेन्स्कीका अनुसार, रुसी हमलामा दुई जनाको मृत्यु भयो भने १६ जना घाइते भए ।

जेलेन्स्कीले बताएअनुसार, यस हमलाको मुख्य लक्ष्य राजधानी कीभ थियो । आक्रमण हुँदा अधिकांश मानिसहरू घरमै सुतिरहेका थिए ।

प्रहरीका अनुसार कीभमा रुसले गरेको आक्रमणबाट आवासीय भवन, गाडी, गोदाम, कार्यालय र गैरआवासीय संरचनाहरूमा आगो लागेको थियो । कीभको एक आवासीय भवनको छानामा ड्रोनको टुक्रा खस्दा लागेको आगोले पूरै शहरभरि उज्यालो देखिएको थियो ।

रुसले कीभका ८ जिल्लालाई लक्षित गरेको थियो । गृहमन्त्री इहोर क्लिमेन्कोका अनुसार, कीभको एउटा मेट्रो स्टेसनमा ६८ वर्षीया एक महिला र २२ वर्षका एक प्रहरी अधिकारीको मृत्यु भएको छ । एक प्राथमिक स्वास्थ्य केन्द्रसमेत ध्वस्त भएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
युरोपियन कमिसनले युक्रेनका किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरो रकम दिन अस्वीकार गरेको छ। ब्लुमबर्गका अनुसार युक्रेनका कृषि तथा खाद्य नीति मन्त्री तारास बिसोत्स्कीले यसबारे जानकारी दिएका हुन्। युक्रेनले युरोपियन युनियनसँग आफ्नो कृषि क्षेत्रका लागि थप लक्षित सहायता मागेको थियो। तर युरोपियन कमिसनले किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरोको अनुरोध अस्वीकार गरेको ...
। मलेसियाले मंगलबार करिब एक हजार ५ सय म्यान्मा नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेको छ । यो म्यान्माका पाँच हजार नागरिकलाई स्वदेश फिर्ता पठाउने योजनाअन्तर्गतको पहिलो चरण हो । मलेसिया सरकारले उनीहरूलाई स्वेच्छिक रूपमा स्वदेश फर्काउन लागिएको जनाएको छ । तर, मानवअधिकार तथा आप्रवासी अधिकारसम्बन्धी संस्थाहरूले हिरासत केन्द्रमा रहेका कठिन परिस्थितिका कारण उनीहरू स्वदेश फर्कन ...
। अमेरिका र क्यानाडाबीच बढ्दो व्यापार तनावबीच क्यानाडाबाट आयात हुने मदिरासहित विभिन्न उत्पादनमा अमेरिकाले मङ्गलबारदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिनाको सुरुमा प्रतिबन्ध घोषणा गरेका थिए। प्रतिबन्धमा बियर, स्पार्कलिङ वाइन, ब्रान्डी, सेक तथा अन्य मदिरासहित दुग्धजन्य मट्ठा प्रोटिन र उच्च क्षमताका मोटरसाइकलसमेत परेका छन्। सेप्टेम्बर ८ मा क्यानाडाले अमेरिकी निर्यातमा करिब ...
— म्यान्मारको राखाइन राज्यस्थित एक व्यस्त बजारमा सेनाले गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ । सोमबार मध्याह्न सेनाले क्याउक्ताव शहर नजिककैको नदी किनारस्थित एक बजारमा दुईवटा बम खसालेको थियो । उक्त आक्रमणपछि घटनास्थलमा खटिएका दुई स्थानीय राहतकर्मीले मंगलबार कम्तिमा ५० जनाको मृत्यु भएको पुष्टी गरेका छन् । राहतकर्मी वाइ हुन आउङले ...
। आइतबार यमनको ताइज क्षेत्रमा भएको हवाई हमलामा हुथी समूहसँग सम्बद्ध करिब ३० लडाकु र आठ सर्वसाधारण मारिएका छन्। अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारले भने हुथी सैन्य शिविर र गाडीहरूलाई निशाना बनाएको दाबी गरेको छ। हुथी स्वास्थ्य मन्त्रालयले हमला ताइज प्रान्तको माविया बजारका पसलहरूमा भएको जनाएको छ। हुथी सैन्य प्रवक्ता याह्या सरीले भने, ‘हाम्रो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम